पाेखरा २८/पोखरा उपमहानगरपालिकाका नासु भरतरात पौडेल अख्तियारको फन्दामा परेको भोलीपल्दै पोखरा उपत्यका नगर विकास समितिमाथि अख्तियारले छानबिन सुरु गरेको छ । समितिमा व्यापक भ्रष्टाचार भएको भन्दै परेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराले शुक्रबारदेखि छानबिन सुरु गरेको हो । अख्तियारले समितिको आर्थिक तथा प्रशानिक र सो सँग सम्वन्धित कागजात नियन्त्रणमा लिई छानबिन सुरु गरेको बताएकोे ।
अख्तियारको एक टोली खटाई नगरविकास समितिले विभिन्न समयमा गरेका निर्णयसँग सम्वन्धित श्रेस्ता तथा कागजात नियन्त्रणमा लिई छानविन तथा अनुसन्धान सुरु गरेको कार्यालयले जनाएको छ । समितिका अध्यक्ष तथा नेपाली कांग्रेस कास्कीका उपसभापतिसमेत रहेका विष्णुप्रसाद बाँस्तोलाले पोखरामा विभिन्न ठाउँमा भष्ट्राचार गरेको भन्दै विरोध प्रदर्शन भैरहेको थियो । पछिल्लो समय माओबादी विप्लव समुहले त पोखरामा बास्ताला भण्डाफोर अभियान नै चलाएको थियो । वाँस्तोलाले पोखरा बसपार्क, पर्यटक बसपार्क, सुकुम्बासी बस्ती लगायतका विषयमा भ्रष्टाचार गरेको र पोखरामा भवन निर्माण आचार संहिता विपरित घर निर्माण गरेको समेत आरोप छ ।
उनले आफ्नै कार्यालयका लेखाप्रमुख माथि हातपात गरेको पनि सार्वजनिक भएको थियो । आर्थिक चलखेल गरी मापदण्ड थपघट गर्ने र सार्वजनिक जमिनहरु मिच्ने काममा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै उनको व्यापक विरोध समेत भैरहेको थियो । समिति र नगरपालिकाको विवादका कारण धेरै कामहरु नबनेको समेत बताइएको छ । समितिको महातममा रहेको पोखरा सभागृहको जग्गा र नगरपालिकाले सञ्चालन गर्दै आएको सभागृहकोबीचमा पनि विवाद रहेको छ ।
रकम चलखेल गर्दै समागृहको जिम्मा निजी कम्पनीलाई दिन खोजिएको र त्यसमा नगर विकास समितिले घोटाला गर्न खोजेको आरोप पनि लागेको थियो । यसैगरी कोमागाने पार्कका विषयमा पनि समिति विवादित बनेको थियो । सम्पूर्ण कागजात लिई छानबिन सुरु गरिएको र प्रमाणीत भए कारवाहीको दायरामा ल्याउने आयोग पोखराकी प्रवक्ता सरीताकुमारी खतिवडाले जानकारी दिईन ।
Comments are closed.