पोखरा–१६, भाद्र ।
कÞानून व्यवसायी तथा मानव अधिकारकर्मी इबु्र तिम्तिकलाई टर्कीको सत्ताले सेप्टेम्बर २०१७ मा गिरफ्तार गर्यो । उनलाई उनको प्रोग्रेसिभ लयर्स एशोसियसनका आफ्ना १८ जना सहकर्मीसँगै गिरफ्तार गरिएको थियो । परिवर्तन, न्याय र समताको पक्षमा आवाज उठाउने उनीहरुलाई टर्कीको सत्ताले प्रतिवन्धित पार्टी Revolutionary People’s Liberation Front को सदस्य भएको आरोप लगाउँदै आतंकवादी करार गर्यो । तिमिकलाई गत मार्चमा १३ वर्ष ६ महिनाको लामो कारावासको सजायँ सुनाइयो । कठोर कारावासमै तिम्तिकले जनवरी २ देखी स्वच्छ सुनुवाइ, स्वतन्त्र न्यायलय जस्ता न्यायपुर्ण मागहरु राखी भोक हडताल शुरु गरेकी थिइन । लामो समयको भोक हडतालका कारण उनको स्वास्थ्यमा गम्भीर समस्या पैदा भएपछी बन्दी अवस्थामा नै उनलाई जुलाई ३० मा हस्पिटल भर्ना गरेको भए पनी आफ्ना माग पुरा नभए सम्म कुनै औषधी उपचार लिन इन्कार गरीन । अन्तत अगष्ट २७ मा २३८ दिन लामो भोक हडतालसँगै उनले शाहदत प्राप्त गरीन् ।
टर्कीमा तिम्तिक सहित राजनीतिक परिवर्तनका निम्ति भोकहडताल गर्दै यो वर्ष मात्रै चारजनाले शाहदत वरण गरेका छन् ।
प्रमुख अतिथि नेकपाका कास्कीका युवा नेता त्रिभुवन पौडेलले तिम्तिकको साहसी जिवनको बारेमा चर्चा गर्नु भएको कार्यक्रममा क्षितिज सापकोटा बिशाल तमाङ, सन्जय जैसि, प्रमिस सापकोटाले श्रद्धाञ्जली मन्तव्य राख्नु भएको थियो ।
हार्दिक श्रद्धाञ्जली तिमिक !
Comments are closed.