पोखरामा थपियो फेवा टेलिभिजन

पोखरा, ८ बैशाख/ पोखरामा अर्को एक टेलिभिजन थपिएको छ । युवा उद्यमीहरुको लगानीमा पोखरामा खुलेको फेवा टेलिभिजनले मंगलबारदेखि नियमित प्रशारण सुरु गरेको हो । पोखरामा विभिन्न व्यवसाय गदै आएका युवाहरुले तिन करोडको लगानीमा टेलिभिजन संचालनमा ल्याएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जनकारी दिइएको हो ।11069309_337602906433228_1783115040303448490_n

फेवा टेलिभिजन लिमिटेडमा एक सय जना शेयर सदस्य रहेको तथा तिन करोड लगानी र डेढ करोड चुक्ता पुजी रहेको टेलिभिजनका प्रवन्ध निर्देशक प्रकाश गिरीले जानकारी दिए । ‘एक जनाबाट एक लाखदेखि एक लाख ५० हजार रुपैयाँसम्म शेयर संकलन गरेको छौं’ गिरीले भने । केही महिनादेखि परिक्षण प्रशारण सुरु गरेको टेलिभिजनले अक्षय तृतियाको अवशर पारी नियमति प्रसारण सुरु गरेको हो । “पश्चिमाञ्चलको पहिचान समाजः रुपान्तरणको हाम्रो अभियान”भन्ने नारासहित प्रशारण सुरु गरेको टिभिले सञ्चार माध्यमहरुको भीडमा आफ्नो छुट्टै पहिचान निर्माण गर्न तथा समाजभित्र लुकेर रहेका सिप, कला र क्षमताको प्रष्फुटन गर्ने संचालक टिमको दाबी छ । टेलिभिजन पत्रकारीताकोे माध्यमबाट समाजका विविध पक्षलाई उजागर गर्ने टेलिभिजनका अध्यक्ष तेजेन्द्र पौडेलले बताए ।

पोखरामा गोल्डेन आई, गण्डकी, पोखरा टेलिभिजन संचालनमा रहेका छन् भने फेवासंगै पोखरामा टेलिभिजनको संख्या चार पुगेको छ । पोखराबाट संचालन हुने सवै टेलिभिजन केबुल मार्फत प्रशारण हुँदै आएका छन् ।

टेलिभिजनले हाल दैनिक १७ घण्टा प्रशारण हुने र भविष्यमा २४ सै‌ घण्टा प्रशारण गर्ने लक्ष्य राखेको अध्यक्ष पौडेलले बताए । दुई वर्ष लामो अध्ययनपछि मात्रै टेलिभिजन संचालनमा ल्याएको बताउदै प्रवन्ध निर्देशक गिरीले टेलिभिजन धराशायी हुन नदिने बताए ।
आफुले विगतमा पनि टेलिभिजन पत्रकारीता गरेको र सबै देखेपछि नयाँ सोंच र तवरबाट मात्रै फेवा टेलिभिजन स्थापना भएको स्टेसन म्यानेजर हेमराम अधिकारीले बताए ।

कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी माधव शर्माले पत्रकारीता क्षेत्रमा गतल प्रबृत्ति हावी भैरहेको बताउँदै गलत प्रबृत्तिको विरोध गर्दै समुन्नत समाज निर्माणमा लाग्न आग्रह गरे । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले पत्रकारीता क्षेत्रमा समस्यहरु हुदाँहुदै पनि ठूलो लगानीमा संचार माध्यम संचालन हुनु खुशीको कुरा भएको बताए । टेलिभिजनका बजार प्रमुख उदिपराज ढुङगानाले टिभिले केही समयमा नै राम्रो कामको नतिजा दिने दाबी गरे ।

Comments are closed.