पोखरामा दुई प्याराग्लाईडिङ आकासमै ठोक्किँदा दुई घाइते

पोखरा— यात्रुसहित (टेण्डम) को प्याराग्लाईडिङ जुधेर पोखरामा सोमबार दुईजना घाईते भएका छन्। घाईते हुनेमा एकजना चिनियाँ पर्यटक र अर्का एक नेपाली पाइलट रहेका छन्। अवतरण गर्नै लाग्दा यात्रुसहित दुईवटा ग्लाइडर एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।  ‘अवतरण गर्ने भन्दा करिब १ सय ५० मिटर माथि आकाशमा दुईवटा ग्लाईडर ठोक्किएछन्। ठोक्किएपछि एउटा ग्लाइडर छुट्यो, अर्को भूइमा बजारिन पुग्यो’ उनले भने, ‘भूइँमा बजारिन पुग्दा चिनियाँ पर्यटक सहित पाईलट घाईते भए।’ घाईते पाइलट न्यौपाने फ्लाई नेपालका संचालक समेत हुन्।

यात्रु सहितका दुईवटा ग्लाइडर ठोक्किएर भएको यो नै पहिलो दुर्घटना हो। यसअघि भएका अधिकांश दुर्घटना सोलो (एकल) उडानका हुने गर्थे। नेपाल हवाई खेलकुद संस्था (एनएए) का उपाध्यक्ष सोबित बानियाँका अनुसार पामेमा अवतरण गर्नै लाग्दा दुईवटा ग्लाइडर एकआपसमा ठोक्किएका हुन्। उनका अनुसार फ्लाई नेपाल र हनुमान प्याराग्ल्लाइडिङ कम्पनीका दुईवटा यात्रुसहितका ग्लाइडर ठोक्किएका हुन्। ग्लाइडर ठोक्किएर भएको दुर्घटनामा प्याराग्लाईडिङ पाइलट ३५ वर्षिय चेतप्रसाद न्यौपाने र चिनियाँ पर्यटक २५ वर्षिय झुङ हुई लिन रहेको कास्कीका प्रहरी प्रवक्ता डिएसपी केदार रजौरेले जानकारी दिए।

घाइते पाइलट न्यौपानेको अहिले काठमाडौस्थित ग्राण्डि अस्पतालमा उपचार भइरहेको छ। न्यौपानेको घुडामा गहिरो चोट लागेको छ। चिनियाँ पर्यटकको अहिले पोखराको फिस्टेल अस्पतालमा उपचार भईरहेको छ। उनको पनि हात भाच्चिएको बानियाँले बताए। न्यौपानेलाइ हेलिकोप्टर चार्टर गरेर काठमाडौं लगिएको थियो।

Comments are closed.