पोखरा २६ चैत ।पोखरामा दुई मोटरसाइकल एक आपसमा ठोक्किदा चार जना घाइते भएका छन् । पोखराको जाल्पारोडमा बिहीबार साँझ दुईवटा मोटरसाईकल आपसमा ठोक्किँदा एकै उमेरका चारजना घाईते भएका हुन् । ग ९ प ८१७९ र ग ८ प ६७६२ नम्बरको मोटरसाईकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परी मुस्ताङ्गको जोमसोम घर भई पोखरा बस्दै आएका २० बर्षीय असिम शेरचन, गोरखा घर भई पोखरा बस्ने २० बर्षकै धिरेन श्रेष्ठ, पोखरा नयागाउँका २० बर्षकै सागर शर्मा र सोही ठाउँका २१ बर्षका तिलबहादुर राना घाईते भएका हुन् । घाईतेमध्ये शेरचनको पोखराको फिस्टेल अस्पताल र अन्य तीन जनाको मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । शेरचन र श्रेष्ठ एउटा तथा शर्मा र राना अर्को मोटरसाईकलमा सवार थिए । घाईते सबैको अवस्था मध्यम रहेको छ ।
Comments are closed.