पोखरामा नयाँ अवधारणा भित्राउँदै युवा

जीवनाथ बराल/ उच्च शिक्षा हाँसिल गरेपछि विदेशिनु नै पर्छ भन्ने आमधारणलाई गलत सावित गर्दै लेखनाथका नारायण सापकोटाले पोखरामा नै नयाँ अवधारणा सहितको व्यवसाय सुरु गरेका छन । आनन्द एग्रो प्रालि अन्र्तगत आनन्द पेष्ट कन्ट्रोलको नाममा पोखरा सृजनाचोकमा कार्यालय स्थापना गरी पोखरामा आधुनिक तथा प्रभावकारी विधिवाट हानिकारक किरा फट्याङगा नियन्त्रण गर्ने नयाँ व्यवसाय सुरु गरेका हुन ।
narayadnarayadकाठमाडौंको एस कलेज अफ मानेजमेन्टबाट बिबिए र पोखरा विश्वविद्यालमा एमविए गर्दै गरेका सापकोटालाई राम्रो अफरमा विदेश जान सल्लाह दिए । अष्टे«लियामा रहेका दाजुभाउजुले त उनलाई उतै आउन आग्रह पनि गरे । तर, उनले सल्लाह सबैको लिए निर्णय आफ्नै गरे । जसले आज उनलाई अरु हौसला मिलेको छ ।
किरा फट्यांग्रा, मुसा, साङला, धमिरा आदीले किसानलाई आजित हुन्छन् भने घर, कार्यलय, रेष्टुरेन्टहरु यीनको आतंकमा हुन्छन् । तीनको नियन्त्रण प्रभावकारी र कम हानीकारक उपाय नजान्दा एकातिर बजारमा पाइने कम गुणस्तरी किटनाशकमा हजारांै खर्च भइरहेको हुन्छ त अर्कोतिर त्यो प्रयोग भएको विषादीले खानेकुरा र मानवस्वास्थ्यमा असर पारिरहेको हुन्छ । उनी भन्छन्,‘ त्यस्ता देखिने तथा नदेखिने कीरा फट्याङगाहरुको स्थानीय वातावरण, त्यहा रहेका खानेकुरारु, प्रयोग गर्ने मानिस कसैलाई पनि हानि नपुग्ने गरी नियन्त्रण गर्ने प्रविधि उठाइरहेका छौं ।’
करिव ४ महिना अघिमात्र यस्तो प्रविधिको पोखरामा विकास गर्न लागेका सापकोटालाई अहिले सर्वसाधरणको चासो र यसतर्फको जिज्ञासाले गर्दा अझै यो क्षेत्रमा केही नयाँ काम गर्ने जाँगर पलाएको छ । आनन्द पेष्ट कन्टोलका वजार व्यवस्थापक विष्णु पौडेलका अनुसार खाद्य सुरक्षा र खाद्यान्नको गुणस्तरमा ध्यान दिनुपर्छ भन्ने अवधारणा नै विकास नभएको अवस्थामा यो व्यवसायले नाफा भन्दानी जनचेतनाको वृद्धिलाई ध्यान दिइरहेको छ । ‘अहिले सुरुवाती चरणमा होटल, रेष्टुरेन्ट, पार्टीप्यालेसहरुमा पुगी यसको महत्व बुझाइरहेको छौ । हामी नाफा कमाउन भन्दापनि किरा फट्याङ्ग्रा तथा साङ्ला मुसाहरुको नियन्त्रणको आवश्यकता र महत्व बुझाउन लागिरहेका छौं’, उनको भनाई छ ।
आनन्द पेष्ट कन्ट्रोलले प्रयोग गर्ने विषादीहरु प्रयोग गर्नेको स्वास्थ्यमा समेत हानीकारक असर नपार्ने यसका पेष्ट कन्ट्रोल टेक्कनीसियन प्रदीप सापकोटा बताउँछन । उनी भन्छन्–‘हामीले प्रयोग गरेका क्षेत्रमा हामीले हानीकारक कीरा नियन्त्रणमा पूर्ण सफलता पाएका छौं ।’ यो प्रविधिको विकास र प्रचार हुँदै गएपनि पोखराका प्रयोगकर्ता पनि यसवाट खुसी भएका छन् ।
मानिसलाई लाग्ने धेरै रोगहरुको कारण दृश्य तथा अदृश्य कीरा फट्याङगाहरु भएको स्वास्थ क्षेत्रका विज्ञहरु वताउछन् । यीनको नियन्त्रण आधुनिक विधिवाट गर्दा सानो सावधानीले ठुलो क्षतिहुनबाट रोक्न सक्ने भएकाले यसको महत्व बढीरहेको संचालक सापकोटाको भनाई छ । आजको व्यस्त जीवनमा समस्याको समाधान तालिमप्राप्त जनशत्तिले प्रभावित क्षेत्रमा नै आएर समाधान गरीदीने हुँदा यसले समयको बचत र मानिसलाई तनाव पनि कम गर्न सहयोग पु¥याउने देखिन्छ । संचालक सापकोटा भन्छन्,‘हामी एकै पटक ठूलो प्रतिफल हात पार्न खोज्छौं, आफ्नो ज्ञानलाई सानै लगानीबाट सुरुवात गर्न सकियो भने सफलता हात पर्न सक्छ । मलाई आत्मविश्वास छ म एक दिन सफल हुनेछु ।’

Comments are closed.