पोखरामा एमालेको चुनावी आमसभा-अध्यक्ष ओलीद्वारा सम्बोधन

मत पेटिका कुर्न मतदाता र कार्यकर्तालाई निर्देशन

पोखरा,

नेकपा एमालेले पोखरामा सोमबार चुनावी आमसभा गरेको छ ।आम सभामा सम्बोधन गर्दै नेकपा (एमाले)का अध्यक्ष केपि शर्मा ओलीले एमालेले जितेमात्र देश बिकासको गति अगाडी बढ्ने बताए ।  अध्यक्ष केपी ओलीले वैशाख ३० गते  मतदान गरेपछि काम सकियो भनेर सुत्न नगइकन जाग्राम बसेर भए पनि मत पेटिका कुर्न मतदाता र कार्यकर्तालाई निर्देशन दिए  ।

उनले गठबन्धनले चुनाव जित्न धाँधली गर्ने भन्दै चनाखो बन्न सकेत कार्यकतालाई आग्रह गरे ।
नेकपा (एमाले)का अध्यक्ष केपि शर्मा ओली आँफुलाई पोखरा बासिन्दा भएको बताउँदै पोखरामा बिताएको आफ्नो तीन बर्षे जेल अनुभबको बेलिबिस्तार समेत सभामा सुनाए ।  जेलमा बस्दा पोखरेलीहरुले माया गरेको बताउँदै उनले पोखरेलीहरुप्रति आभार व्यक्त गरे  भने ‘सतर्क हुनुहोला, धाँधली हुनेमा चनाखो हुनुहोला ।’ ओलीले आफ्नो पार्टीले आउँदो संसदीय निर्वाचनमा प्रदेश र संघमा बहुमत ल्याउने निश्चित भएको पनि बताए । एमालेले देशप्रति बेइमानी नगर्ने र जनतालाई धोका नदिने भएकाले आउँदो संसदीय चुनावमा बहुमत ल्याउने निश्चित भएको उनको भनाई छ ।

 

Comments are closed.