पाेखरा २१ असार/ नेपालको प्रिमियम डिजिटल केवल सेवा प्रदायक कम्पनी सिम्पल मिडिया नेटवर्क प्राली (सीम टिभी) ले पोखरामा पनि सेवा विस्तार गरेको छ । सीम टिभीले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सेवा विस्तार गरेको हो । देशका मुख्य–मुख्य शहरहरु पोखरा, पोखरा, चितवन, दाङ, नेपालगञ्ज, इटहरी, धनगढी लगायत पूर्वदेखी पश्चिमसम्म सेवा विस्तार गरेको कम्पनीले जनाएको छ । देशभर कम्पनीका ५० हजार भन्दा धेरै ग्राहक भइसकेको कम्पनीको भनाई रहेको छ ।
आगामी २०७४ सालसम्म देशभर डिजिटल सेवा पु¥याउने सरकारको लक्ष्य बमोजिम कम्पनीले आफ्नो सेवा विस्तार गरेको छ । ग्राहकलाई कम्पनीका सेवा सम्बन्धी जानकारी तथा सुविधा लिन कम्पनीले ‘सिम टिभी’ एप गुगल प्लेस्टोरबाट निःशुल्क डाउनलोड गर्न सक्ने व्यवस्था गरेको छ । एपमा रिचार्ज, मासिक शुल्क, च्यानलका बारेमा जानकारी लिन सकिनेछ भने एपमार्फत सेवा लिन सकिनुका साथै एपबाट टोलफ्री नम्बरमा निःशुल्क कल गर्न मिल्ने लगायतका दर्जनभन्दा धेरै सुविधा रहेका छन् ।
Comments are closed.