पोखरामा पहिलोपटक अनलाइन सहकारी ट्याव बैंकिङ सेवा

पोखरा, १८ पौष ।

पोखरा ९ नयाँबजारमा प्रधान कार्यालय रहेको मित्र मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले अनलाइन ट्याव बैंकिङ सेवा सुरुवात गरेको छ । आज एक कार्यक्रमकाबिच संस्थाका अध्यक्ष रमण पौडेल र ईन्फोडेभलपर्स प्रालीका गण्डकी प्रदेश ईन्चार्ज सुवास आचार्यले संयुक्तरुपमा उक्त सेवाको सुरुवात गरेका हुन् । यो सेवा सुचारु भएसँगै संस्थाका सदस्यहरुले जहाँबाट पनि रियल टाईम खातामा नगद जम्मा, चेक भुक्तानी, खाताको विवरण प्राप्त तथा अन्य सुविधाहरु प्राप्त गर्नेछन् । सहकारीमा नविननतम प्रविधिको प्रयोगसँगै सदस्यहरुसँगको कारोबार सुरक्षित र विश्वसनिय हुनुका साथै पेपरलेस कारोबारलाई बढावा दिन सहयोग पुग्ने संस्थाका प्रमुख कार्यकारी अधिकृत किरण अधिकारीले बताए । संस्थाले सामाजिक उत्तरदायित्वलाई ध्यान दिँदै सदस्यहरुलाई विभित्र नविनतम प्रविधिमार्फत गुणस्तरीय सेवा दिँदै आईरहेको अध्यक्ष रमण पौडेलले जानकारी दिए । संस्थाले यसअघिनै पोखरामा पहिलोपटक क्युआरकोड सेवा सुचारु गरेको र अनलाइन ट्याब बैंकिङ सेवा पोखरामा पहिलोपटक भएको इन्फोडेभलपर्स प्रालीका प्रदेश इन्चार्ज सुबस आचार्यले बताए ।

Comments are closed.