साउन २४,
📝अजित तिमिल्सिना
यट्युबमा मात्र हेर्न र देख्न पाइएको स्ट्यान्ड अफ कमेडि पहिलो पल्ट पोखराका कमेडि लभरहरुले प्रतक्ष रुपमा हेर्न पाएका छन्। स्ट्यान्ड अप कमेडि क्लब पोखराले पहिलो पल्ट पोखरामा स्ट्यान्ड अप कमेडि को आयोजना गरेको हो । उक्त कार्यक्रमको आयोजना होटल माउन्टेन टपमा (अल्टिटिउडमा) भएको थियो।
स्टेजमा आफुले विभिन्न माध्यमबाट कलात्मक रुपमा दर्शकलाई हँसाउन सक्ने प्रतिभालाई नै स्ट्यान्ड अप कमेडि भनिन्छ । पछिल्लो समय युवा सँगै नेपाली युवतीहरू पनि स्ट्यान्ड अप कमेडिमा आकर्षित भएका छन्। युवा युवती वर्गहरूमा निकै लोकप्रिय स्ट्यान्ड अप कमेडि पोखरामा पहिलो पटक आयोजना हुँदा दर्शकहरुको राम्रो साथ रहेको थियो। कुशल बास्तोला, बिबेक गुरुङ, समिर लामिछाने, रेखा क्षेत्री, जिवन सुवेदी, प्रशान्त पन्त, विनिता बराल, सुन्दर सुवेदी आदिले आफ्नो स्ट्यान्ड अप कमेडि प्रस्तुत गरेका थिए।
आफुहरुले पहिलो पल्ट पोखरामा स्ट्यान्ड अप कमेडि को आयोजना गरेको र दर्शकको साथ र सहयोगले आफुहरुलाई थप ऊर्जा मिलेको कुरा आयोजक स्ट्यान्ड अप कमेडि क्लब पोखराका अध्यक्षले बताउदै आउने दिनहरूमा अझै सुधारका साथ आफुहरु लाग्ने कुराको प्रतिबद्धता जनाए।

Comments are closed.