पोखरामा प्रचण्ड-माधव समुहको बन्दको प्रभाव।

२२ माघ, पोखरा

प्रचण्डमाधव समूहले आह्वान गरेको आम हड्तालको प्रभाव देशभरका सहरी क्षेत्रमा देखिएको यसको असर पोखरामा पनि देखिएको

पोखरामा लामो दूरीका सवारीसाधन सञ्चालनमा आएका छैनन् भने अत्यावश्यक बाहेकका सवारी साधन चलेका छैनन्।

त्यस्तै पोखराका मुख्य ब्यापारीक स्थानहरूमा व्यवसायहरू संचालनमा आएका छैनन्।

पोखराका विभिन्न चोक बिरौटा चोक, जिरो किलोमिटर , पृथ्वी चोक, अमरसिंह चोक , महेन्द्रपुल , चिप्लेढुङ्गा लगाएतका स्थानमा प्रचण्डमाधव समुहका कार्यकर्ताले प्रदशन गरेका छन्। जिल्ला प्रहरी कार्यालय, पोखराका डीएसपी सुवास हमालका अनुसार हालसम्म जिल्लामा कुनै उछृंखल गतिविधि भएका छैनन् कसैलाई पनि पक्राउ गरिएको छैन

Comments are closed.