पोखरामा फर्निचर उद्योगमा आगलागी, १ करोडको क्षती

एकराज गिरी/पोखरा २० बैशाख । पोखराको नागढुंगामा रहेको विशेष फर्निचर उद्योगमा आगलागी भएको छ । दुर्गा भटराई र विकास क्षेत्रीको संयूक्त लगानीमा रहेको फर्निचर उद्योगमा अचानक लगानी भएको हो ।

आगलागी हुँदा फर्निचरमा रहेका सामग्रीहरु जल्दा करिब १ करोड रुपैयाँ बराबरको सञ्चालक दुर्गा भटराईले जानकारी दिए । शनिवार विहान ११ः२० बजे उद्योगमा आगलागी भएको हो ।

प्रहरी, दमकल र स्थानीयको सहयोगमा करिब एक घन्टापछि आगो नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय वैदामका प्रमुख यादव ढकालले जानकारी दिए । विद्युत सट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । समयमा नै आगलागी नियन्त्रण हुँदा वरपर रहेका घरमा क्षति हुन पाएन ।

लकडाउनका कारण उद्योगमा मानिसहरु नभएका कारण मानवीय क्षर्ती भएको छैन् । सञ्चालक भटराईका अनुसार लकडाउनका कारण अर्डर गरेर निर्माण गरिएका सामानहरु पठाउन नपाएको र ती सबै जलेर नष्ट भएको बताए । उनले नजिकै रहेका अंकलले फोन गरेपछि मात्रै थाहा पाएको बताए ।

अंकल देवराज डुम्रेले फोन गर्नुभयो त्यसपछि मात्रै थाहा पाएको हुँ उनले भने, म आउदाँ दमकल आइसकेको थियो । त्यसैले थप क्षती हुन पाएन् ।

पाेखरामा भिषण अागलागि भएकाे छ ।अागाे नियन्त्रणकाे पयास जारि

Gepostet von Aakraj Giri am Freitag, 1. Mai 2020

Comments are closed.