पोखरा २८ जेठ/दुईपाङग्रे होस् या चारपाङग्रे सवारीसाधन किन्ने पैसा नभएर आफ्नो इच्छालाई मनमै सिमित राख्नुभएको छ भने तपाईका लागि पुराना सवारीसाधन खरिद बिक्री गर्ने रिकन्डिसन सेन्टर उपयुक्त गन्तव्य हुनसक्छ । यस्ता रिकन्डिस सेन्टरहरुले तपाईको बजेट, रुची र आवश्यक्ता अनुसारका मोटरसाईकल तथा गाडीहरु उपलब्ध गराउँछन् । एक व्यक्तिले प्रयोग गरिसकेपछि पुनः डेनपेन्ट र मर्मत गरेर बिक्रीका लागि राखिने भएकाले यी गाडीहरु नयाँको तुलानमा निकै सस्तो हुन्छ । कम आयश्रोत भएका मध्यमवर्गीय सर्वसाधारणले पनि रिकन्डिसन गरिएका सेकेन्ड ह्यान्ड सवारीसाधन प्रयोग गर्ने भएकाले सहरी क्षेत्रमा यो कारोबार फस्टाउदै गएको छ । सानो बजेटमा सवारीसाधन प्रयोग गर्न पाइने भएकाले सेकेन्ड ह्यान्ड सवारीसाधनको कारोबार उच्च हुदै गएको व्यवसायीहरु बताउँछन् ।
पछिल्लो समय पोखरामा यस्ता रिकन्डिसन हाउसहरु पनि खुल्ने क्रम बढिरहेको छ । कम्पनीले पुरानो सवारी साधन बिक्री गरी नयाँ सवारी साधन किन्न चाहाने र रिकन्डिसन गरिएका पुराना सवारीसाधन बिक्री गर्ने सेवा सुरु गरिएको थियो । पोखरामा ५० को दशकपछि मात्र सेकेन्ड ह्यान्ड सवारीसाधनको कारोबार खुबै फस्टाएको हो । बाटाको विस्तार र मध्यमवर्गीय उपभोक्ताको सवारीसाधन मोहका कारण यो व्यवसाय दिनदिनै बढ्दै गएको छ । कुनै निकायमा औपचारिक तथ्याङ्क नभएपनि हाल पोखरामा गाडी तथा मोटरसाइकलका गरी करिव डेढ दर्जन रिकन्डिसन हाउसहरु छन् ।
‘गाडी चढ्न चाहाने तर नयाँ गाडी किन्न नसक्ने उपभोक्तालाई सेकेन्ड ह्यान्डको गाडीको कारोबारले सजिलो बनाइदिएको छ’ बतास इन्भेष्टमेन्टका संचालक शान्तराज बतासले भने ।
पोखरामा गाडीका सिप्रदी ट्रेडिङ प्रालि, बतास ब्रदर्स, लगायत करिव आधा दर्जन रिकन्डिसन हाउस छन् भने मोटरसाइकलनका झण्डै १५ वटा रिकन्डिसन वर्कसपहरु छन् । जसले सेकेन्ड ह्यान्ड गाडीको कारोबार गर्दै आएका छन् । गाडीको तुलनामा मोटरसाईकलको कारोबार धरै हुने भएकाले मोटरसाईकल रिकन्डिसन सेन्टर बढी छन् । बाटोको विस्तार, मध्यमवर्गीय जनसख्याको वृद्वी, रेमिट्यान्सलगायतका आर्थिक काराबारबाट आयश्रोत बढ्दै जाँदा सेकेन्ड ह्याण्ड गाडीको कारोबार पनि विस्तार भइरहेको छ ।
‘गाडी चढ्न चाहाने तर नयाँ गाडी किन्न नसक्ने उपभोक्तालाई सेकेन्ड ह्यान्डको गाडीको कारोबारले सजिलो बनाइदिएको छ’ बतास इन्भेष्टमेन्टका संचालक शान्तराज बतासले भने । पहिला व्यक्तिगत रुपमा मात्र हुने यो कारोबार अहिले संस्थागत र व्यवस्थित रुपमा हुन थालेको र यसमा बैंक तथा वित्तीय संस्थाले समेत लगानी गर्ने भएकाले उपभोक्तालाई फाइदा भएको उनको भनाई छ । सेकेन्ड ह्यान्डको कारोबार बढ्दै गएपछि बैंक तथा वित्तीय संस्थाले पनि यस्तो गाडी किन्दा वित्तीय सेवा दिन थालेका छन् ।
‘अहिले सेकेन्ड ह्यान्ड गाडी र मोटरसाईकलको कारोबार सन्तोषजनक छ’ नयाँबजारमा पवन रिकन्डिसन हाउस संचालन गर्दै आएका प्रेम गिरीले भने, ‘अहिलेभन्दा पहिले धेरै राम्रो थियो । अहिले अलिबढी प्रतिष्पर्धा छ ।’ पोखरामा पुरानो मोटरसाइकल रिकन्डिसन हाउसका रुपमा ए–वान रिकन्डिसन हाउस मानिँदै आएको छ । झण्डै १५ बर्षदेखि रिकन्डिसन हाउस संचालन गर्दै आएको ए–वानले अहिलेसम्म धेरै राम्रो व्यवसाय संचालन गर्दै आएको छ ।
गिरी भन्छन्, ‘कम मूल्यमा सवारी साधन पाउने भएपछि ग्राहकलाई पनि फाइदा हुन्छ हामीलाई पनि फाइदै हुन्छ ।’ सेकेन्ड ह्यान्डका गाडी किन्न पाउनेभएपछि थोरै पैसा हुने व्यक्तिलाई पनि सवारीसाधनको पहुँच दिएको सिप्रदी ट्रेडिङ प्रालिका एक्चेन्च म्यानेचर नवराज गौतम बताउँछन् ।
गौतमका अनुसार रिकन्डिसनमा आफ्नो बजेट अनुसार सेकेन्ड ह्यान्ड गाडी किनेर प्रयोग गर्ने, ड्राइभिङ सिक्नेवित्तीकै केही अवधिसम्म पुरानो गाडी चलाएर हात बसाउने, नयाँ गाडी केही समय चलाएपछि बिक्री गरेर अर्को नयाँ गाडी किन्न चाहाने उपभोक्ताहरु आउँछन् ।
फस्टाउदै गएको रिकन्डिसन व्यवसायका कारण बजेट र रोजाई अनुसारका सवारीसाधान किन्न पाउने अवसर सिर्जना भएको छ । रिकन्डिशन सेन्टरहरुले प्रयोग भइसकेको सवारीसाधनलाई परीक्षण एवं मर्मत गरी पुनः विक्री गर्छन् ।
पोखरामा ५० को दशकपछि मात्र सेकेन्ड ह्यान्ड सवारीसाधनको कारोबार फस्टाएको हो । बाटोको विस्तार, मध्यमवर्गीय जनसख्याको वृद्धि, रेमिट्यान्सलगायतका आर्थिक काराबारबाट आयश्रोत बढ्दै जाँदा सेकेन्ड ह्याण्ड गाडीको कारोबार पनि विस्तार भइरहेको छ ।
पोखरामा धेरै पहिलेदेखि व्यवसाय सुरु गरेको गोरखाली रिकन्डिसन हाउसले पनि दैनिक लाखौंको कारोबार गर्छ । पहिलेको तुलनामा कारोबार धेरै कम भएपनि सन्तोषजनक रहेको गोरखाली सरकन्डिसन हाउसका संचालक रञ्जित रोकाको भनाई छ । उनीहरुले सवारीसाधन गुडेको दुरी र अवस्थाका आधारमा मूल्य निर्धारण गरी ग्राहकबाट किन्ने गर्दछन्, यही गाडीलाई मर्मत गरी त्यसमा केही कमिसन राखेर बिक्री गर्दै आएका छन् । यस्ता गाडीहरु हेर्दा नयाँ जस्तो दखिने तर मूल्य भने सस्तो पर्ने गरको छ । यसबाट सेकेन्ड ह्यान्ड गाडीको कारोबार फस्टाएको र व्यवसाय समेत बृद्वी भएको व्यवसायीहरु बताउछन् । प्रायः ब्राण्डका मोटरसाइकल विक्रेता कम्पनीहरूका आआफ्नै रिकण्डिशन शोरूम खोलेर समेत कारोबार गर्दै आएका छन् ।
कम मूल्य
सेकेन्ड ह्यान्ड गाडीको कारोबार फस्टाउनको पहिलो र मुख्य कारण नै कम मूल्य हो । नयाँ नयाँको तुलनामा करीब ३० देखि ५० प्रतिशतसम्म सस्तो पर्ने भएका गाडीमा सर्वसाधारण उपभोक्ताको पहुँचमा पुगेको छ । सवारी साधनको अवस्था, गुडेको मिटर, पुन बेच्ने मूल्य, गुडेको दुरी आदिका आधारमा गाडीको मूल्य तय गर्छन् । कुच्चिएको, पल्टिएको र अवस्था साह्रै कमजोर हुने गाडी भने खरिद कम्पनीले खरिद नगर्ने सिप्रदीका एक्चेन्च म्यानेजर गौतमले जानकारी दिए । गाडी फेरीरहेने शौखीनहरुका लागि पनि पुरानो सवारीसाधन उचित मूल्यमा बेच्न पाउने भएकाले उनीहरुलाई यो सवारीसाधन फेर्ने शोख पुरा गरेको छ ।
कसका लागि उपयुक्त ?
विषेश गरी थोरै बजेट भएर सवारी साधन खरिद गर्न चाहाने मध्यम वर्गीय उपभोक्ताहरुका लागि उपयुक्त हुने गरेको छ । रिकन्डिसन गरीएका सवारीसाधन ५० प्रतिशत भन्दा कम सस्तोमा पाइने भएकाले उपभोक्ताहरुले थोरै बजेटमा पनि आफ्नै सवारीसाधन चढ्ने रहर पुरा गर्न सक्छन् । यसैगरी भरखरै ड्राइभिङ सिकेका व्यक्तिले सवारी साधन चलाउने बानी पार्नका लागि पनि सेकेन्ड ह्यान्ड गाडी चलाउनु उपयुक्त हो । केही अवधिसम्म पुरानो गाडी चलाएपछि नयाँ गाडी किन्न उपयुक्त हुने व्यवसायीहरु सुझाव दिन्छन् ।
Comments are closed.