पोखरामा बन्दको पूर्ण प्रभाव, गाडी आगजानी तथा तोडफोड  पर्वतमा लखेटिए बन्दकर्ता

IMG_68741
देशभर जस्तै पश्चिमाञ्चलमा पनि बन्दको पूर्ण प्रभाव परेको छ । । एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चा, नेकपा माओवादी लगाएतले मंगलबार गरेको बन्दमा पश्चिमाञ्चलका विभिन्न जिल्लामा बतै गाडी आगजनी तथा तोडफोड कतै झडप भएका छन् । पोखरामा पनि विहानैदेखि बन्दको प्रभाव रह्यो । तनहुँ, स्याङ्जा, पर्वत, लमजुङ, गोर्खा लगायतका सबै जिल्लामा बन्दको पूर्ण प्रभाव परेको खबर छ । पोखरामा बन्दको अवज्ञा गरेको भन्दै बिहान सबेरैदेखि बन्दकर्ताले गाडी जलाउने र तोडफोड गरेका थिए । बन्दको क्रममा पोखराको पस्र्याङमा ग १ ज २९५९ नम्वरको गाडी जलाएका हुन् ।
पोखराको मालेपाटनमा लेकसाइडमा बेकरी लिएर जाने क्रममा ग १ प ९२८२ नम्वरको नीजी गाडी तोडफोड भएको छ । बन्दकर्ताले बा ३५ प २१९८ नम्बरको मोटरसाइकलसहित करिव एक दर्जन सवरी साधनमा तोडफोड गरेका छन् ।
ग्यारेजबाट गाडी लिएर घर फर्कदै गर्दा बन्दकर्ताले ढुङ्गा हानेर गाडी आगजनी गरिदिएपछि आफ्नो गरीखाने भाँडो नै नास भएको गाडी मालीक सुदिप नेपालीले बताए । लेकसाइडको होटल रेष्टुरेण्टकालागि बेकरी लग्दै गर्दा बिहान सवेरै १२ जनाको संख्यामा आएका बन्दकर्ताले गाडी तोडफोड गरेको गाडी मालीक माधव केसीको भनाई छ । यसैगरी पोखराका विभिन्न ठाउँमा मोटरसाइकल तोडफोड भएका छन् ।
बन्दकर्ताहरु पोखरामा बन्द गराउनका लागि चोकचोकमा उपस्थित भएका थिए भने बन्द विरोधमा ¥याली निस्कीए त्यसको प्रतिकारमा जाने तयारी उनीहरुको थियो । बन्दकर्ताले पोखराको पृथ्वीचोकदेखि लेकसाइडसम्म ¥याली निकालेका थिए । बन्दको विरोधमा ¥याली निकालिन लागेको खबरसँगै त्यसको प्रतिकार गर्ने योजना बन्दकर्ताको थियो । तर, बन्दको विरोधमा कुनै ¥याली ननिकालिएका कारण अप्रिय घटना भने पाएन । बन्दकर्ताहरु आफ्नो पार्टीको झण्डा, फलामे रडसहित सडकमा उत्रेका थिए ।

pokhara-todfod
यता बजार बन्द गराउँदै हिँडेका एमाओवादीसहितका ३० दलीय मोर्चाका कार्यकर्ता पर्वतमा लखेटिएका छन् । बन्दकर्ता र बन्द खुलाउन प्रर्दशनमा उत्रिएका स्थानीयबीच झडप हुँदा एमाओवादी नेतृत्वको आन्दोलनका संयोजक गम्भीर घाईते भएका छन् ।
एमाओवादीका जिल्ला अध्यक्ष कृष्ण पराजुली गम्भीर घाईते भएका हुन् । उनको स्थानिय मेडिकलमा उपचार भैरहेको छ । नेकपा एमालेनिकट युवा संघको नेतृत्वमा निस्किएको बजारवासीको प्रतिकार जुलुस र आन्दोलनकारीबीच शिवालयचोकमा आधा घण्टा झडप भएको थियो । झडपपछि कुश्मबजार तनाबग्रस्त भएको थियो ।

strike
बन्दको बिरोधमा उत्रिएका युवाहरुको मोटरसाइकल ¥याली शिवायचोकमा पुगेपछि झडप भएको हो । बन्द आयोजक र विरोधमा उत्रिएकामध्ये आधा दर्जन घाईते भएको बताइएको छ । बन्द आयोजक र बिरोधमा उत्रिएका युवाहरुले ढुंगा हानाहान गरेका थिए ।

Comments are closed.