पोखरा। १४ वर्षीया बालिकाले आफूमाथी बाल यौन दुरुपयोग गरेको भन्दै सामाजिक सञ्जालमा आएपछि प्रहरीले घटनाको अनुसन्धान पश्चात एक बालकलाई पक्राउ गरेको छ।
बालिकाले आफूमाथि यौन दुर्व्यवहार गरेको भन्दै टिकटक मार्फत न्यायका लागि अपिल गरेपछि उनको भिडियोमाधेरैले प्रतिक्रिया दिएका छन् ।
पीडित र निजको अभिभावकसंग जिल्ला प्रहरी कार्यालय कास्कीले समन्वय गरी पीडित पक्षबाट बाल यौन दुरुपयोग शिर्षकमा जाहेरी अगाडी बढाई पीडकलाई आज आइतबार पक्राउ गरेको हो।
पीडक बालकको उमेर १८ वर्ष मूनि भएकाले परिचय खुलाइएको छैन।
उनलाई बाल यौन दुरुपयोग सम्बन्धी मुद्दामा जिल्ला अदालत कास्कीबाट म्याद थप गरी अनुसन्धान कार्य अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवण कुमार विकले जानकारी दिएका छन ।
Comments are closed.