पोखरामा बेनेली मोटरसाइकलको एक्सक्लुसिभ शोरुम

  पोखरा,

इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘बेनेली’ मोटरसाइकलको एकमात्र आधिकारिक वितरक केटीएम इन्टरनेशनल ट्रेडिब प्रा. लिमिटेडले आज पोखराको नयाँबजारमा बेनेली मोटरसाइकलको नयाँ एक्सक्लुसिभ शोरुम र सर्भिस सेन्टरको शुभारम्भ गरेको छ। । के टी एम इन्टरनेसनलका निर्देशक आकास गोल्छा को समेत उपस्थीती रहेको कार्यक्रममा  नेपाल अटो मोबाईल एसोसीयसनका अध्यक्ष ध्रुब कुमार थापाले शोरुम को उद्घाटन गरेका थिए।  बेनेलीले आफ्ना ग्राहकहरूको पहुँच बढाउन नेपालभर विभिन्न स्थानहरूमा शोरुमहरू खोल्ने प्रयास जारी राखेको छ। अहिले नेपालमा विराटमोड, दमक, विराटनगर, लहान, कल्याणपुर, गोलबजार, जनकपुर, मलंगवा, छपुर, हेटौंडा, सिमरा, वीरगञ्ज, चितवन, बुटवल, घोराही, नेपालगञ्ज, धनगढी, सुर्खेत, कुपण्डोल, भक्तपुर, गैरीधारा र पोखरा लगायतका २२ वटा शोरुम छन्। पोखरामा नयाँ शोरुम १८०० वर्गफुटमा निर्माण गरिएको छ, जसमा ५० वर्गफुट स्पेयर पार्ट्स र १५०० वर्गफुट सर्भिस सेन्टरको लागि व्यवस्थापन गरिएको छ । यो शोरुममा घक् सुविधा सम्पन्न रहेको छ र यहाँ सबै नयाँ बेनेली मोटरसाइकलहरू उपलब्ध हुनेछन्। पोखरामा नयाँ शोरुम खोलेर बेनेलीले आफ्ना ग्राहकहरूलाई थप उपलब्धता र गतिशीलता प्रदान गर्नेमा विश्वस्त छ । बेनेलीले नयाँ शोरुमको उद्घघाटनको उपलक्ष्यमा रु. ३०,००० छुट, एक्सचेन्जमा न्यूनतम मूल्याङ्कन रु. ४०,०००, न्यूनतम
डाउन पेमेन्ट रु. ६०,०००, र ५०% डाउन पेमेन्टको साथ फाइनान्सिबमा ०% ब्याजदर प्रदान दिने भएको छ । साथै, विद्यमान ग्राहकहरूका लागि बेनेलीले निःशुल्क वाश, श्रम शुल्कमा ५०% छुट र लुब्रिकेन्टमा १५% छुट समावेश गर्ने सर्भिस क्याम्प सञ्चालन गर्ने भएको छ ।

Comments are closed.