पोखरामा भावनात्मक प्रतिभा कार्यशाला सम्पन्न

पोखरा-१७, बैशाख
कोअपरेटिभ म्यानेजर्स क्लब (सिएमसि) कास्कीको आयोजना तथा मनोदर्शन साईकोलोजिकल कन्सर्न को प्राविधिक सहयोगमा शनिबार पोखरामा इमोसनल इन्टेलिजेन्स वर्कसप सम्पन्न भएको छ ।
पोखराको लेकसाइड स्थित माई होटलमा कास्की जिल्ला स्थित सहकारी संस्थाका व्यवस्थापकहरुलाई लक्षित गरि उक्त कार्यशाला सम्पन्न भएको हो ।
सिएमसि कास्कीका मानार्थ सदस्य तथा कुशल सहकारी अभियन्ता भीमबहादुर गुरुङले कार्यक्रम समुद्घघाटन गर्दै यस कार्यक्रम आयोजना गरेकोमा खुशी व्यक्त गरे । तालिम लिनु र प्रमाण-पत्र ग्रहण गर्नु कुनै ठुलो कुरा होइन यसलाई व्यवहारमा उतार्नु महत्वपूणर् रहेको भन्दै यस्ता प्रकारका तालिमले गर्दा समग्र सहकारी अभियानको लागि फाइदा पुग्ने धारणा उनले राखे ।

कार्यक्रममा सहभागीका तर्फबाट मन्तव्य राख्दै सुशिल के.सीले यस्ता खालका कार्यक्रमले हामी व्यवस्थापकहरुलाई थप उर्जा प्रदान गरेको र आगामी दिनमा त्यसलाई व्यवहारमा ल्याउने प्रतिवद्धता व्यक्त गरे । उनले सहभागिका तर्फबाट तालिम आयोजना गरेकोमा सिएमसि कास्की र मनोदर्शन साइकोलोजिकल कन्र्सनप्रति आभार प्रकट गरे । तालिममा मनोदर्शन साइकोलोजिकल कन्र्सनका प्रमुख प्रशिक्षक प्रज्वल आचार्य र प्रशिक्षक दीलिप श्रेष्ठले प्रशिक्षण दिएका थिए । क्लवको वार्षिक कार्यक्रम अनुसार क्लवका उपाध्यक्ष हरीप्रसाद पन्थीको अध्यक्षतामा भएका कार्यक्रममा सभाध्यक्षको मन्तव्य राख्दै उनले आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ सशक्त बनाएर लैजाने र विभिन्न सङ्घ सस्थासँगको सहकार्यमा विभिन्न तालिमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।
क्लबका संस्थापक अध्यक्ष मिलन ढकाल र निबर्तमान अध्यक्ष डम्बर सिंह बस्नेतको विशेष उपस्थिति रहेको कार्यशालामा ३२ जनाको सहभागिता रहेको थियो । क्लबका सचिव मोहनप्रसाद अधिकारीले संयोजन तथा सञ्चालने गरेको कार्यक्रममा समन्वयात्मक भूमिका रियल इभेन्ट म्यानेजमेन्टका ब्यबस्थापक सुशिल पोख्रेल तथा पहल ग्रुपका डाइरेक्ट्रर अशोक पौडेलले गरेका थिए ।

Comments are closed.