पोखरामा भूकम्पको धक्का महशुस

पोखरा, २३ चैत/ पोखरामा आइतबार साँझ भूकम्पको धक्का महसुस भएको छ । साँझ ६ बजेर १७ मिनेटमा पोखरा र आसपासको क्षेत्रलाई केन्द्रविन्दु बनाएको भूकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ३.६ म्याग्निच्यूडको भूकम्प गएको हो । केही सेकेण्डसम्म गएको भूकम्पले कहिँकतै क्षति भने नगरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । भूकम्प गएलगत्तै फेरी पनि जानसक्ने भन्दै घरभित्र रहेका मानिसहरु बाहिर निस्किएका थिए ।

Comments are closed.