पोखरामा  भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु,एक गम्भीर घाइते

पोखरामा  भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ पोखरा लेखनाथ बुढीबजार नजिक पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो, मृत्यु हुनेमा कास्कीको मादी गाउँपालिका वडा नं। ५ मिजुरे डाँडाका ४७ वर्षिय सुर्य बहादुर क्षेत्री रहेका छन् । मोटरसाईकलमै सवार सन्दिप केसी गम्भीर घाइते भएका छन् । ग १ च ६८७८ को पिकअप भ्यानले ग १२ प ४०३२ नं। को मोटरसाइकललाई ठक्कर दिएको कास्की प्रहरीले जनाएको छ । सवारी नियन्त्रण लिइएको प्रहरीले जनाएको छ ।पिकअप भ्यानका सवारी धनी सम्पर्कमा रहेका र चालकलाई खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरिक्षक सुवास हमालले जानकारी दिए । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Comments are closed.