पोखरामा मास्क नलगाई हिड्ने नियन्त्रणमा

पक्राउ परेकाहरुलाई जनही रु.१००।– (एक सय) जरिवाना

 पोखरा हटलाईन्
असार २५ 

COVID-19 को संक्रमण जोखिम बढ्दै गएको वर्तमान परिप्रेक्ष्यमा नेपाल सरकारबाट स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई न्युनतम २ मिटरको सामाजिक दुरी कायम गर्ने, अनिवार्य रुपमा मास्क र सेनिटाईजर प्रयोग गर्ने साथै पुर्ण रुपमा लकडाउनको पालना गर्नुपर्नेमा नेपाल सरकारको निर्देशनको वेवास्था गर्दै गरेको साथै COVID-19 को थप जोखिम बढ्दै गएकोमा जिल्ला प्रहरी कार्यालय कास्की र मातहत प्रहरी ईकाई समेतबाट माईकिङ गर्ने, सम्झाई बुझाई गर्दै आएकोमा  २०७७।०३।२४ गतेका दिन मास्क नलगाई हिड्ने २१ जना व्यक्तिहरुलाई नियन्त्रणमा लिई संक्रामक रोग ऐन, २०२० बमोजिम कारवाहीको लागी जिल्ला प्रशासन कार्यालय कास्की पठाईएको जिल्ला प्रहरी कार्यालय कास्की का सुचना अधिकारी प्र.ना.उ. सुवास हमाल ले जानकारी दिए ।

पक्राउ परेकाहरुलाई जनही रु.१००।– (एक सय) जरिवाना गरी छाडिएको प्र.ना.उ. सुवास हमाल ले बताए । अत: सम्पुर्ण  नागरिकहरुलाई अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने, न्युनतम सामाजिक दुरी कायम गर्ने र अनावश्यक जमघट नगर्न समेत जिल्ला प्रहरी कार्यालय कास्कीले अनुरोध गरेको छ ।

Comments are closed.