पोखरामा रगत अभाव छैन ःअर्जुन ज्ञवाली , प्रमुख: क्षेत्रिय रक्त सञ्चार सेवा पोखरा (ब्लड बैंक)

क्षेत्रिय रक्त सञ्चार सेवा पोखरा (ब्लड बैंक, पोखरा) का प्रमुख अर्जुन ज्ञवाली


 मानव शरिर भित्रका कोष तथा नलीहरुमा अनवरत बगीरहने रगतको प्रणाली नै रक्त सञ्चार प्रणाली हो । मानव शरिरमा रक्त प्रवाह हुन्छ भन्ने कुरा सन् १६१६ मा वेलायती वैज्ञानिक डा. विलीयम हार्बेले पत्ता लगाएका थिए । विभिन्न कारणले मानव शरिरमा हुने स्वास्थ्य समस्याका कारण मानव शरिरमा हुने रक्त प्रवाहको कमिलाई पूर्ति गर्न रक्तदान अर्थात अर्को मानव रगत कै आवश्यकता पर्दछ । एउटै रक्त समुह भएको एउटा मानिसले त्यही मानव रगतकै आवश्यकता पर्दछ । एउटै रक्त समुह भएको मानिसले त्यही रक्त समुह भएको अर्को मान्छेलाई रगत दिने प्रक्तिया अर्थात रक्तदान प्रक्रिया बैधानिक तथा स्वास्थ्य सुरक्षित प्रक्रिया हो । सबै देश,धर्म र समाजमा ‘रक्तदान जीवनदान, जीवनदान महादान’ भन्ने नारालाई आत्मसाथ गरिएको छ । नेपालमा पनि नेपाल रेडक्रस सोसाइटी मार्फत रगत संकलन गरेर आवश्यक परेका बिरामीलाई रगतको पूर्ति गरिन्छ । यसको समन्वय जिल्ला स्थित रक्त सञ्चार केन्द्रहरुले गर्ने गर्दछन् । यसै सन्दर्भमा गण्डकी प्रदेशको राजधानी पोखरामा रहेको नेपाल रेडक्रस सोसाइटी, कास्की, क्षेत्रिय रक्त सञ्चार सेवा पोखरा (ब्लड बैंक, पोखरा) का प्रमुख अर्जुन ज्ञवालीसँग पोखर हटलाइन राष्ट्रिय दैनिकसगँको कुराकानी संक्षेप ः
विश्वभरी फैलिरहेको कोभिड १९ ‘कोरोना’ को स्वास्थ्य संकटमा रक्त सञ्चार सेवा पोखराको सेवा प्रवाह कस्तोे रहेको छ ?
 कास्की जिल्लामा रहेका ५५ वटा नेपाल रेडक्रस सोसाइटीका उपशाखाहरु, कास्की लगायत अन्य जिल्लामा रहेका संघसंस्था, बैंक सहकारी, मजदुर संगठन, क्लबहरु, राजनैतिक पार्टी तथा भातृ संगठनहरुको परोपकारी तात्पर्यताका कारण यस क्षेत्रमा उल्लेख्य रक्त दाताहरु छन् । हाम्रो रगत संकलनको मुख्य स्रोत उहाँहरु नै हो । हामी क्षेत्रिय रक्त सञ्चार सेवा पोखराको समुह जसमा टोली प्रमुख, मेडिकल टेक्निेलोजिष्ट, ल्याब टेक्निसीयन र नर्स सहित लगभग महिनाका पुरै दिनहरुमा रक्त संकलन कार्यमा खटिरहेका छौं । गत वर्ष विभिन्न ४०० भन्दा बढी संंघ संस्थाको सहयोगमा २६००० यूनिट रगत संकलन गरेको यस संस्थाले यस वर्ष हालसम्म १४०० यूनिट भन्दा बढी रगत संकलन गरिसकेको छ । कोरोना संक्रमणका कारणले राज्यद्वारा लागु गरिएको लकडाउन चैत्र ११, २०७६ भन्दा यता लकडाउनको अवधिमा मात्र १३०० यूनिट भन्दा बढि रगत संकलन भईसकेको छ । त्यसकारणले हामी फुल फेजमा छौं अर्थात हामीसँग यस क्षेत्रको सम्भावित माग अनुसार रगत संकलन रहेको छ । यो विपद्को घडीमा रक्तदाता तथा आयोजकहरुलाई सामाजिक दुरी कायम गराउदै हाम्रो काम अगाडि बढिरहेको छ ।
विशेषत कस्ता मानिस तथा बिरामीहरुलाई बढि रगतको आवश्यकता पर्दछ ?
सामान्यतया गर्भावस्थाका महिला, किड्नी डायलासिस, क्यान्सर जस्ता बिरामीहरुलाई नियमित र अलि बढि रगत अवश्यक पर्दछ । यस बाहेक दुर्घटनाका बिरामीहरुलाई पनि आकस्मिक र धेरै रगतको आवश्यकता पर्दछ । त्यस्तै हेमोफोलीया, थ्यालेस्नेमिया, सिकल्सेल, एनीमीय, एप्लाष्टिक, एनिमीया, रक्त अल्पता, जी आई ब्लीडिङ, सर्पले टोकेको जस्ता बिरामीहरुलाई रगतको महत्वपूर्ण आवश्यकता रहेको पाइन्छ ।
हाल रगतको माग र आपूर्तिको अवस्था छ ?
रगत आपूर्तिमा गुप्र सटेज संवेदनशील विषय रहेको छ । अहिलेको अवस्थामा पहिला भन्दा उच्च प्रविधि युक्त अस्पतालहरु पनि स्थापन भएकाले पहिला विदेश जाने बिरामीहरुको पनि यही उपचार सम्भव भएको छ । यस कारणले पनि रगतको माग दिन प्रतिदिन बढि हरेको छ । सामान्य अवस्थामा रक्त सञ्चार सेवा कास्कीबाट दैनिक सरदर ७० यूनिट रगतको माग हुँदै आएकोमा हाल यो लकडाउनको अवधिमा पनि दैनिक ४० देखि ४५ यूनिट रगतको माग पूर्ति भइरहेको छ ।
अर्कोतर्फ हामिले ब्द्य नेगेटिभ जस्ता दुर्लभ रक्त समुहको रगतको लागि ‘दुर्लभ रक्तदाता समुह’ ‘आकस्मिक रक्तदाता समुह’ जस्ता संघ संस्थाबाट रक्त दाताहरु आह्वान गर्दछौं । विभिन्न संघ संस्थाले आयोजना गर्ने रक्तदान कार्यक्रम बाहेक ‘नेपाल स्वयम सेवी रक्तदाता समाज’, दारी ग्या­·, लगायतका संघ संस्थाहरु रक्त सञ्चार सेवा, पोखराको सम्पर्कमा रहेर आकस्मिक, सेवा दिने गर्दछन् । यस लकडाउनको अवधिमा पनि हाम्रो समुह स्याङ्जा, तनहुँ, कास्की जिल्लाका संघसंस्थाको अनुरोधमा विभिन्न ठाउँमा पुगेर रगत संकलनको काम चलिरहेको छ । केही वर्ष पहिला सम्म रक्तदानको कार्यक्रमहरु शनिबार वा विदाको दिन पारेर महिनामा केही मात्र हुने गर्थे तर अहिले हामी महिनाका ३० वटै दिनमा रगत संकलनमा हुन्छौं । गुणस्तरीय रगत व्यवस्थापनको लागि रक्त दान कार्यक्रमहरु पनि रक्त सञ्चार सेवाको अनुरोध क्यालेण्डर तथा माग अनुसार मात्र गर्दा राम्रो हुन्छ ।
अन्तमा ः विश्वब्यापी रुपमा फैलिरहेको कोरोना त्रास सबैजना सरकारको आदेश गरेको नियम पालना गरी आफ्नो र समाजप्रति उत्तरदायी बनौं । रक्त सञ्चार सेवा कास्की यहाँहरुको सेवामा सदैव हाजिर छ । धन्यवाद ।

प्रस्तुति:चिरन्जिबी पौडेल,पोखरा हट्लाईन

Comments are closed.