पोखरामा रदिले आफैं ग्याँस बनाएर देखाए

पोखरा, २० कार्तिक
देशमा इन्धनको चरम संकट भैरहेका बेला पोखरामा एक युवाले भने स्थानीय बस्तु र वनस्पतिबाट आफैं ग्याँस बनाई परिक्षण गरि देखाएका छन् । लमजुङ करापुटारका युवा रदि मियाँले आफैंले बनाएको ग्याँस शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरी परिक्षणसहित अहिलेको खाना पकाउने ग्याँसको विकल्पका रुपमा देखाएका हुन् ।ali

उनले उत्पादन गरेको ग्याँस बालेर देखाएका थिए । ‘देशले भोगेको ग्याँसको चरम अभाव देखेपछि मैले यसको विकल्पका रुपमा स्थानीय स्तरमै केकेबाट ग्याँस बन्न सक्छ भने खोजी गरे’ मियाँले भने, ‘करिव १० दिनको खोजी र अनुसन्धानपछि पत्ता लगाउन सफल भएको हूँ ।’ उनले ग्याँस उत्पान गर्नका लागि सालधुप, खिर्रोको चोप, बाँसको पानी, सोडा र डिस्टिल वाटर मिसाएर ग्याँस उत्पन्न हुने भन्दै त्यसलाई मिसाएर बालेर देखाएका थिए ।

‘गाउँमा ठूलो परिणाममा यसरी नै ग्याँस उत्पादन गर्न नसकिएला’, मियाले भने, ‘यसलाई व्यावसायिक रुपमा सोंचेर अझै यसमा थप प्रविधिहरु जोडेर दिर्घकालिन योजनाका साथ विकल्पका रुपमा राम्ररी ग्याँस उत्पादन गर्न सकिन्छ ।’ आफुले यो चर्चा र सामान्य सोंचेर गरेको नभई परिक्षण तथा यसलाई सरकारले विशेष र योजनाका साथ लिए आफैं ग्याँस उत्पादन गर्न सकिन्छ भन्ने सोंचेर नै गरेको स्पष्ट पारे ।

समान्य परिवारमा जन्मेका मियाँले यसअघि पनि रोवट, अल्ट्रालाइट बनाएर सफल परिक्षण गरी देखाइसकेका छन् । उनले बनाएको रोबर्ट तथा अल्ट्रालाइट अहिले पनि पोखराको क्षेत्रीय संग्राहलयमा राखिएको छ । उनले नेपाल सरकारबाट प्रतिभा पुरस्कार पनि प्राप्त गरिसकेका छन् । शिक्षा संकायबाट प्लस टु गरेका मियाँले विशेष रुपमा वैज्ञानिकहरु प्राविधिक सहयोग पाउने हो भने आफुले धेरै कुरा बनाउन सक्ने दाबी गरेका छन् ।

मियाँले चार कक्ष पढ्दा नै गाउँको खोलाबाट सामान्य विजुली निकालेर चार वटा ब्लव बालेर गाउँलाई चकित पारिदिएका थिए । उनले अहिले ९ लाख भन्दा बढी खर्च गरेर अष्ट्रालाई बनाएको र त्यसको परिक्षणका लागि सरकारी अनुमति पाउन नसकेको बताएका छन् । गाउँमा नै विभिन्न आविश्कार गरेका मियालाई पोखरासम्म ल्याएर देखाउने मेसो मिलाउने काम पोखराका नेसन सुवेदी, सुवास मल्ल लगायतले गरेका थिए ।

Comments are closed.