पोखरामा लागुऔषध सम्बन्धि कानुनी प्रवधानको बारेमा एकदिने प्रशिक्षण कार्यक्रम सम्पन

पोखरा हटलाइन,
लामो समय देखि लागुऔषध उपचार र पुनःस्थापन को क्षेत्रमा काम गर्दे आईरहेको रिचमण्ड फेलोसिप पोखरा मा लागुऔषध सम्बन्धि कानुनी प्रवधान को बारेमा एकदिने प्रशिक्षण कार्यक्रम सम्पन भएको छ ।।
वडा प्रहरी कार्यलय रामबजार को सहकार्यमा सम्पन उक्त कार्यक्रममा ६० जाना उपचारत सदस्य हरू सहभागी रहेका थिए ।। कार्यक्रममा प्रशिक्षण दिदै वडा प्रहरी कार्यलय रामबजार का प्रहरी बरिस्ठ नायब निरिक्षक प्रेम जि टि ले कतिपय अवस्थामा लागुऔषधको कानुनी प्रवधान को बिषयमा ज्ञान नहुदा पनि मान्छे लागुऔषधमा फसेको पनि पाईन्छ लागुऔषधको सेवन गर्नु उत्पादन बेचबिखन ओसारपसार र भण्डारण गर्नु लाई कानुनले बन्देज गरेको बताउनु भयो साथै रिचमण्ड फेलोसिप पोखरा ले लागुऔषध प्रयोग कर्ता लाई उपचार गर्नेमा र लागुऔषध बिरूद् का सामाजिक अभियान हरू उल्लेखनीय योगदान गरेकोमा शुभकामना पनि दिनु भयो। संस्था का परामर्शदाता प्रदिप बस्नेतले कार्यक्रम को समापन गर्दे अहिलेसम्म ८०० भन्दा धेरै लागुऔषध प्रयोग कर्ता उपचार गरेको र संस्थाले दिवाकालिन सेवा दिदै आईरहेको बताउनु भयो ।

Comments are closed.