पोखरामा विश्व कविता दिवस कवि गोष्ठी

logo

पोखरा ४ चैत/पोखरेली युवा सांस्कृतिक परिवारले मार्च २१ अर्थात ७२ औं विश्व कविता दिवसको अवशरमा विशेष कवि गोष्ठी तथा समता काब्य सन्ध्या गर्ने भएको छ । कला साहित्य र संगितको विकास र प्रवद्र्धनमा काम गर्दै आएको परिवारले हरेक बर्ष जस्तै यस बर्ष पनि विश्व कविता दिवस विशेष कार्यक्रम गर्न लागेको हो । यूनेस्कोले औपचारिक रुपमा मार्च २१ लाई विश्व कविता दिवसको रुपमा १९९९ मा घोषणा गरी त्यसको एक बर्षपछिबाट यो दिवस मनाउन सुरु गरिएको हो । नेपालमा २००२ देखि मजाउन सुरु गरिएको कविता दिवस पोखरामा गएको चार बर्षदेखि पोखरेली युवा सांस्कृति परिवारले विशेष कार्यक्रम गरी मनाउँदै आएको छ ।

‘गएका बर्षहरुमा जस्तै यस बर्ष पनि विशेष कार्यक्रम गरी विश्व कविता दिवस मनाउन लागेका छौं’ परिवारका अध्यक्ष सुरेश रानाभाटले भने,‘पोखरा र आसपासका गरी झण्डै बिस जना कविका उत्कृष्ठ कविताहरु सुन्नेछौं ।’ नेपाली कविताले लिएको बाटो र अहिलेको अवस्थाका विषयमा चर्चा समेत हुन आयोजकले जनाएको छ । परिवारले हरेक महिनाको पहिलो शनिबार गर्दै आएको ‘समता काब्य सन्ध्या’लाई पनि दिवसकै अवशरमा सँगै कार्यक्रम गर्न लागेको कार्यक्रम संयोजक प्रकाश ज्ञवालीले जानकारी दिए । पोखरा उद्योग वाणिज्य संघको अमृत कक्षमा शनिबार ४ बजे सुरु हुने कार्यक्रममा पोखरा बाहिरका कविहरुको बिशेष सहभागीता रहने परिवारले जनाएको छ ।