पोखरामा समाजवादीको चुनावी प्रचारः डमी वाइडबडीसहित

पोखरा, ८ मंसिर । आइतबार समाजवादी पार्टीले पोखरामा वृहत् प्रदर्शन गरेको छ । उपनिर्वाचनलाई लक्षित गरी उक्त प्रदर्शन गरिएको हो ।

समाजवादीले चिप्लेढुङ्गादेखि र्‍याली सुरु गरेको थियो । र्‍याली महेन्द्रपुल, नयाँबजार हुँदै पृथ्वीचोकमा पुगेर सभामा परिणत भएको छ  । चुनावी र्‍यालीमा अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव लगायतका नेता/कार्यकर्ता उपस्थित छन् ।

र्‍यालीमा उपस्थित कार्यकर्ता तथा समर्थकहरुले लालपूर्जामा नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेलको फोटो प्रदर्शनी समेत गरेका छन् । बालुवाटार जग्गा प्रकरणमा मुछिएका पौडेललाई समाजवादीले विरोध स्वरुप प्रदर्शन गरेको हो ।

त्यस्तै डमी वाइडबडी र निर्मलाको पोस्टरमार्फत् सरकारको सांकेतिक विरोध गरिएको छ । चुनावी सभाअघि निकालिएको -यालीमा समाजवादीका कार्यकर्ताहरुले वाइडबडी विमानको प्रतीकात्मक (डमी) पोस्टरसहित प्रदर्शन गरेका हुन् ।

Comments are closed.