पोखरा
२८ कर्तिक
पोखराका केहि सकृय युवा ब्याबसायिहरुको समुहिक सहकार्यमा पोखरा १७ महतगौडामा करीब दस करोडको लागत मा ‘ फेवा रेडी मिक्सचर प्रा. लि.’ लि को स्थापना भएको छ ।बिहिबार प्रा. लि. को प्राङगण महतगौडा मा पोखरा महनगरपालिका का प्रमुख मेयर मान बहादुर जि. सि. को प्रमुख आतित्थ्यमा भएको समुद्घाटन कार्यक्रमको अध्यक्षता फेवा रेडी मिक्सचर प्रा लि का अध्यक्ष जनक प्रसाद काफ्ले ले गरेका थिए ।प्रमुख अतिथी मेयर मान बहादुर जि. सि. ले युवाहरुको ब्याबसाय प्रतिको लगाब र जोसलाई महनगरले मुल्याङ्कन गर्ने बताउदै प्रा. लि. को प्रगती को शुभकामना ब्यक्त गरे ।
बिशेस अतिथी नेपाल निर्मण ब्याबसायी सघ का केन्द्रिय उपाद्यक्ष राजेन्द्र पहारिले पोखरा निर्माण ब्याबसायिहरुको लागि राम्रो ब्याबसायिक भबिस्य भएको ठाउँ भएकोले युवा हरुको यस क्षेत्रमा रुची सकरात्मक रहेको उल्लेख गर्दै शुभकामना ब्यक्त गरे ।अर्का अतिथी पोखरा उद्योग बणिज्य सघ का अध्यक्ष दामु अधिकारि ले सरकारी स्तर बाट सन्चालित उध्योग हरुपनी धारासायी भएर बन्द भैरहेको अवस्थामा निजी क्षेत्रमा यसरि लगानी आउनु उत्साह को कुरा भएको जनाउदै कम्पनी को प्रगतिको लागी शुभकामना ब्यक्त गरे ।अर्का अथिती पो म पा वडा न १७ का वडाध्यक्ष तिर्थ राज अधिकारी ले महतगौडा क्षेत्रमा बन्जि,फन पार्क,रेडी मिक्सचर गरी करीब ५० करोड रुपैया निजी क्षेत्र बाट मात्र लगानी हुनु खुशीको कुरा भएको बताउदै वडा,नगरपालिका , सङ्घिय तथा केन्द्र सम्मको पहल मा अझै धेरै पर्यट्न मुखी योजना हरु शुरु हुन लागेको जानकारी दिए ।कार्यक्रम मा स्थानिय सङ्घ संस्थाको तर्फबाट समजसेवी दिपक आचार्य ले निर्माण उध्योग खुल्नुले यस ठाउँको बिकासको लागि दिर्घकालीन फाइदा पुग्ने बिचार ब्यक्त गरे ।कार्यक्रममा स्थानिय जनप्रतीनिधी वडा न १७ का वडा सदस्य बैकुन्ठ भन्डारी, निर्माण ब्याबसयी सङ्घ कास्कीका अध्यक्ष शुरेश श्रेष्ठ,समाजसेवी श्याम प्रसाद शर्मा लगायत अन्य अथिती हरुले पनि शुभकामना ब्यक्त गरे ।उध्योग स्थापना मा सहयोग पुर्याउने स्था निय ,समाजसेवि,जेष्ठ नागरिक तथा सहयोगी हरुलाई खादा तथा मायाको चिनो प्रदान गरिएको थियो ।
उच्च प्रबिधिको प्रयोग गरेर कन्कृट र सिमेन्टको मिश्रण गरी तयार पारिएको रेडी मिक्स कन्कृट पुल्,बाटो घाटो,घर निर्माण लगायत सबै प्रकार का निर्मण कार्य को लागी गुणस्तरिय सेवा छिटो छरितो उपलब्ध गराउने उदेस्यले कम्पनी को स्ठापना गरिएको अध्यक्ष काफ्ले ले जानकारी दिए ।पो म पा १७ मा ८ रोपनी जग्गामा स्थापित यस फेवा रेडी मिक्सचर प्रा. लि. को आफ्नै अत्याधुनिक ल्याब बाट हरेक दिन उत्पादन हुने उत्पादनको गुणस्तर चेक जाच गरेर मात्र बजार पठाइने प्रा. लि. का अर्का सन्चालक बल बहादुर राना मगर ले प्रस्ट पारे ।कम्पनी को हाल १०८० घनमिटर प्रती दिन उत्पादन क्षमता भएको र बजारको माग अनुसार यसलाई बृद्धी गर्न सकिने कम्पनी का अर्का सन्चालक खिम प्रकास मल्ल ले अवगत गराए ।कार्यक्रम को सन्चालन प्रा. लि. का सन्चालक सदस्य बिनोद के. सि. ले गरेका थिए ।
Comments are closed.