पोखरा अन्तराष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनमा ल्याउन रास्वपा सांसद झाको माग

काठमाडौं, १३ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिश झाले पोखरा अन्तराष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनमा ल्यान नसकिएको भन्दै संसदको ध्यानाकार्षण गराएका छन् ।

आज ९बुधबार० को प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै सांसद झाले २३ अर्ब रुपैयाँ खर्च गरेर पनि हामीले पूर्णरुपमा सञ्चालन गर्न सकिरहेका छैनौं, उनले भने ।

‘पोखरा अन्तराष्ट्रिय विमानस्थल उद्घाटन भएको आज १४६ दिन भयो । लगभग २३ अर्व रुपैयाँ खर्चिएर बनाइएको त्यो विमानस्थल १४६ दिनमा १८ दिन पूर्णरुपमा सञ्चालनमा आएन र पाँच दिन पूर्णरुपमा बन्द रह्यो ।

बनाएको विमानस्थल पूर्णरुपमा सञ्चालन ल्याउन आवश्यक रहेको उनको भनाई छ ।

साथै, नेपालको हवाई यात्रालाई सु्रक्षित र सहज बनाउनका लागि पहल गर्न पनि उनले आग्रह गरेका छन् ।

Leave A Reply