पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सार्वजनिक बस को सुबिधा

पोखरा.
                                      पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको सेवाका लागि सार्वजनिक बस सेवा सञ्चालन गरिने भएको छ ।
विमानस्थल भित्र २ वटा ३ ३ मिनेटको फरकमा, विमानस्थलबाट अमरसिंह चोक–विरेन्द्रचोक–राम बजार–मितेरी पुल–आरटिओ रोड–विरौटाचोक–राष्ट्रबैकचोक हुँदै फिस्टेल गेटसम्म ४ वटा बस १० १० मिनेट को फरकमा र एउटा बस विमानस्थलबाट वेगनासतालसम्म नन स्टप सञ्चालन गरिने भएको हो ।
पोखरा बस यातायात प्रा.लीसँगको सहकार्यमा सञ्चालन गरिएको नियमित सार्वजनिक बस सेवाको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य ज्युले शुभारम्भ गर्नुभएको हो । यसले निजी सवारी साधन नभएका यात्रुहरूका लागि सहजता पुग्ने विश्वास गरिएको छ ।

Comments are closed.