पोखरा अस्पतालमा तालाबन्दी

चीरञ्जीवी पौडेल ,पोखरा ३० चैत्र ःपोखराको प्रसिद्ध अस्पताल पोखरा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिका असन्तुष्ट आन्दोलनरत शेयर होल्डर हरुले अस्पतालका अध्यक्ष डा.गोपीप्रसाद हिराचन र प्रवन्धक निर्देशक सञ्जय कोइरालाको कार्यकक्षमा तालाबन्दी गरिदिएका छन् ।पोखरा अस्पतालमा आबद्ध २९ जना सेयर सदस्यहरु मध्ये १७ जना शेयर सदस्यलाई जानकारी नदिई केही शेयर धनीहरुले आफ्नो मात्र शेयर बृद्धि गरेको असन्तुष्ट पक्षहरुको आरोप रहेको छ ।असन्तुष्ट शेयर होल्डरहरुले उक्त अबैधानिक शेयर वृद्धि विरुद्ध उच्च अदालत पाटनमा मुद्धा दर्ता गराएपछि उक्त पछि थप गरिएको शेयर व्रिक्री सम्वन्धी निर्णय नगर्नु नगराउनु भनि अल्पकालिन ,अन्तरकालिन आदेश जारी गरेको छ ।यसै विच अस्पताल प्रशासनले असन्तुष्ट पक्षका शेयर होल्डर पनि रहेका डाक्टर सुचना दिएर विदामा बस्दा समेत अवैधानिक रुपले अर्कै डाक्टर नियुक्ती गरेकाले आफुहरु बाध्य भएर संघर्षमा उत्रिनु परेको संघर्ष समितिका एक सदस्यले पोखरा हटलाइनलाई जानकारी दिए ।त्यस्तै अस्पतालमा अचानक गुट उत्पन्न गराई संस्थासँग सम्वन्धित सुचनाहरु लुकाएको र स्वार्थीपना हावी भएको आन्दोलनरत शेयरधनीहरुको आरोप रहेको छ। त्यस्तै अध्यक्ष र प्रवन्ध निर्देशकले पदिय दुरुपयोग गरेर अन्य शेयरहोल्डरलाई थाहै नदिईकन आविष्कार इ.एन टी केयर सेन्टरलाई पोखरा अस्पतालमा गाभ्ने सम्मका अवैधानिक कार्यहरु भएकाले आफुहरु आन्दोलनमा उत्रिनु परेको उनिहरुले बताए ।साथै उक्त गाभिएको इ.एन.टी केयर सेन्टर प्रवन्धक निर्देशकको आफ्नै निजि संस्था समेत भएकोले उनीहरुको स्वार्थ स्पष्ट रुपमा देखिएको आन्दोलनमा सहभागि एकजना शेयर होल्डरले बताए ।उक्त असन्तुष्टहरुको आन्दोलनको बारेमा हटलाइनबाट अध्यक्ष हिराचन सँग जानकारी लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

Comments are closed.