पोखरा उपमहानगरका कर्मचारी पौडेल घुस लिँदालिँदै पक्राउ

पोखरा २६ चैत । पोखरा उपमहागनरपालिका एक कर्मचारीलाई घुस लिदालिदै अख्तियारले पक्रा गरेको छ । पोखरा– पोखरा उपमहानगरपालिकाका कर्मचारी भरतराज पौडेललाई १० हजार रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले विहिबार पक्राउ गरेको छ । बिहीबार दिउँसो पौडेलले सेवाग्राही नेपालभुषण थापासँग १० हजार रुपैयाँ घुस लिँदालिँदै आयोगको पश्चिमाञ्चल क्षेत्रीय कार्यालयका कर्मचारीले समातेका हुन्।

थापाले आफ्नी श्रीमतीसँग सम्बन्ध विच्छेदका लागि दिएको निवेदनको फाइल अगाडि बढाउन आग्रह गर्दा कर्मचारी पौडेलले घुस मागेका थिए। थापाले १ वर्ष अघिदेखि दिएको निवेदनउपर घुस नदिएकै कारण कारवाही अघि नबढेको बताए।कानुनअनुसार श्रीमतीले सम्बन्ध विच्छेदका लागि सिधै अदालतमा मुद्दा दर्ता गर्न सक्ने प्रावधान छ। पुरुषले भने स्थानीय निकाय हुँदै जानु पर्ने प्रावधान छ।

Comments are closed.