पोखरा उपमहानगरपालिकाका नायव सुब्बा विरुद्ध विशेष अदातलमा मुद्धा दायर

पोखरा ९ बैशाख । घुस लिदालिदै पक्राउ परेका पोखरा उपमहानगरपालिकाका नायव सुब्बा भरत पौडेल विरुद्ध विशेष अदातलमा मुद्धा दायर भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भष्टाचार ठहर भएको भन्दै बुधबार विशेष अदातलमा मुद्धा दायर गरेको हो ।नायव सुव्वा पौडेलले सम्बन्ध विच्छेदको उजुरी सम्बन्धी फाईल अगाडी बढाईदिन्छु भनि भुषण थापासंग दश हजार घुस लिएको आरोपमा अख्तियारले पक्राउ गरेको थियो ।

11148687_693535587438884_5085039278510253161_n
अनुसन्धान हुदाँ ‪भ्रष्टाचार‬ निवारण ऐन २०५९ को दफा ३९१० द्वारा परिभाषित कसुर गरेको पुष्टि हुन आएकोले निज नायव सुव्वा भरत पौडेल उपर विगो दश हजार कायम गरी सोहि ऐनको दफा ३९१० र ३९१०९क बमोजिम सजाय हुन माग दावी लिई विशेष अदालत काठमाण्डौमा आरोपपत्र दायर भएको अख्तियारले जनाएको छ ।

Comments are closed.