पोखरा को पामेमा फिल्म एन्ड म्युजिक फेस्टिभल हुने

पोखरा हटलाईन

भदौ,१४,

नेपाली कला र संस्कृतिको प्रवद्र्धन गर्ने लक्ष्य का साथ अन्तर्राष्ट्रियस्तरको फिल्म एन्ड म्युजिक फेस्टिभल हुने भएको छ  ।पोखरा को पामेमा यही सेप्टेम्बर १ देखि २८ सेप्टेम्बरसम्म चल्ने यस फेस्टिभलमा  विभिन्न फिल्महरुको प्रदर्शन तथा सांगितिक कार्यक्रम हुनेछन् । फेस्टिभलका विभिन्न संगितकार, निर्माता, अभिनेता,  र सांस्कृतिक अभियन्ताहरु पनि सहभागी हुनेछन् ।
विश्वभरका फिचर फिल्म, सर्ट फिल्म र डकुमेन्ट्रीहरु प्रदर्शन गरिने आयेजनाकले जनाएको छ । आयोजकलाई विश्वका विभिन्न देशबाट प्राप्त फिल्महरुमध्ये छनोट भएका १० देशका ४० भन्दा धेरै फिल्म प्रदर्शन गरिनेछ । यससँगै फिल्म सम्बन्धी छलफल, वर्कशप, मास्टर क्लब र सांगितिक प्रस्तुती समेत हुनेछ । भर्चअुल माध्यमबाट आयोजना हुने यस वर्षको फिल्म फेस्टिभल चलचित्र टिभी एपमार्फत प्रदर्शन हुनेछ ।आमा खान्डो, जुनुको जुत्ता, थोत्रो साइकल, लाटो कोशेरो, फुुुर्वा लगायत नेपाली चलचित्रहरुसँगै विदेशी चलचित्रहरु प्रदर्शन गरिने  छ ।

Comments are closed.