नेपालमा १२ लाख बढी पर्यटक धान्ने होटल
पोखरा ३ भदौ/भूकम्पले थलिएको नेपालको पर्यटन व्यवसायलाई अन्तराष्ट्रिय विमानस्थल निर्माण थाल्दै माथि उठाउने सरोकारवाला तथा विज्ञहरुले बताएका छ । काठमाडौंमा भएको होटल एसोसिएसन नेपाल (हान)को ४४ औं साधारणसभामा पर्यटन व्यवसायी र सरकारी अधिकारीले पोखरा र भैरहवा विमानस्थल निर्माण थाल्दै पर्यटन विकासमा जोड दिनुपर्ने बताएका हुन् । पोखरामा अन्तराष्ट्रिय विमानस्थल निर्माण आफ्नो मुख्य प्राथमिकता रहेको शेर्पाको भनाई थियो ।
हानले पटक–पटक पोखरामा विमान स्थल निर्माणमा जोड दिँदै दवावसमेत दिँदै आएको थियो । पोखरासँगै भैरहवा, र निजगढ विमानस्थल निर्माण तत्काल थालेर पर्यटकीय वातावरण बनाउन पोखरा तथा काठमाडौंका व्यवसायीले माग गरेका थिए । कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री कृपाशुर शेर्पाले पर्यटन क्षेत्रको विकासनै निजी क्षेत्रले गर्ने भएकोले नीतिगत सहयोग गर्न सरकार तयार रहेको बताए । ‘पोखरामा विमानस्थल निर्माण सुरु भएको छ’, शेर्पाले भने–‘ विमानस्थल निर्माणसँगै पर्यटन विकासको ढोका खुल्छ ।’ भैरहवा र निजगढ विमानस्थलको समेत काम भइरहेको उनले जानकारी दिए ।
तस्विर- राजेन्द्र ढकाल
होटल व्यवसायीहरुले तत्काल पोखरा लगायतका ठाउँमा सुविधासम्पन्न विमानस्थल निर्माण गर्नुपर्ने भन्दै पूर्वाधार विना पर्यटन विकास असम्भव रहेको बताए । कार्यक्रममा कार्यपत्रप्रस्तुत गर्दै योजना आयोगका पूर्वउपाध्यक्ष डा. शंकर शर्माले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपछि नेपालको पर्यटन क्षेत्रले ठुलो परिर्वतन ल्याउने दावी गरे । होटल संघका अध्यक्ष बिके श्रेष्ठले पूर्वाधारनै पर्यटन क्षेत्रको विकासको पहिलो मेरुदण्ड भएको बताए । ‘सन् २०१८ सम्ममा २ हजार ५ सय भन्दा बढी अन्तर्राष्ट्रिय स्तरका रुमहरु थपिंदै छन,’ श्रेष्ठले भने । होटलहरु अहिले पनि १२ लाख भन्दा बढी पर्यटक धान्न सक्ने अवस्थामा रहेको तर विमानस्थलको अभावमा सवै कुरा रोकिएको श्रेष्ठको भनाइ छ ।
सरकारलाई हानले सन् २०२० सम्ममा २० लाख पर्यटक भित्राउने वातावरण तयार पार्नुपर्नेमा जोड दिएको श्रेष्ठले बताए । भूकम्पपछि पर्यटन क्षेत्र थला परेको बताउँदै श्रेष्ठले सन् २०१६ भित्र सवै पुरानै अवस्थामा आउने दावी समेत गरे । ‘सन् २०१५ मा ५ लाख भन्दा बढी पर्यटक नआउने तर सन् २०१६ भित्र नेपालको पर्यटन क्षेत्र पुरानै अवस्थामा फर्किने छ’ श्रेष्ठले भने ।
अव नेपालमा ८ लाख मात्र पर्यटक भित्राएर नपुग्ने बताउँदै श्रेष्ठले भिजन २०२० मार्फत २० लाख पर्यटकको लक्ष्य पछ्याउनुको विकल्प नभएको बताए । ‘हामीले पूर्वाधार निर्माण भनेको अव विमानस्थल हो,’ श्रेष्ठले भने । सरकारलाई हानले पटक–पटक भैरहवा, पोखरा तथा निजगढ विमानस्थल निर्माणमा जोड दिन सुझाव तथा दवाव दिदैं आएको समेत बताए । नेपाल वायुसेवा निगमलाई बलियो बनाएर जानु पर्नेमा समेत श्रेष्ठले जोड दिए ।
Comments are closed.