लायन्स क्लब इन्टेरनेशनल डिस्ट्रिक्ट ३२५ वि १ अन्तर्गतको क्लब ‘लायन्स क्लब अफ पोखरा गण्डकी स्टेट’को वर्ष २०२०/२१ को लागि नयाँ कार्य समिति निर्वाचन प्रक्रियाद्वारा चयन गरिएको छ । फागुन ३० गते शुक्रबार पोखरा–१७, घारीपाटन स्थित फिस्टेल फुडल्याण्डमा उक्त निर्वाचन कार्यक्रम सम्पन्न भएको हो । क्लबका अध्यक्ष शीव प्रसाद गौतमको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा लायन्स क्लब क्लस्टर १६ का प्रमुख ला.अर्जुन बहादुर थापा प्रमुख अतिथि तथा जोन चेयर पर्सन ला. खेम क्षेत्री विशेष अतिथि रहेका थिए ।
लायन्स क्बल अफ पोखरा गण्डकी स्टेटका संस्थापक अध्यक्ष ला.अमृत बराल, अतिथि ला. बाबुराम पन्त र क्लबका अध्यक्ष शीव प्रसाद गौतमको ३ सदस्यीय निर्वाचन मण्डलको संयोजना निर्वाचन सम्पन्न भयो । प्रमुख अतिथि ला.अर्जुन बहादुर थापाले छोटो समयमा क्लबले गरेको प्रगतिको पंशसा गरे ।
त्यस्तै विशेष अतिथि द्वयहरुले क्लबको निति नियमको बारेमा ब्याख्या गरेका थिए ।
निर्वाचन समिति द्वारा वर्ष २०२०÷२१ का लागि नयाँ कार्य समिति चयन गरिएको हो । नयाँ निर्वाचित कार्यसमितिमा अध्यक्ष ला. रविन्द्र कुमार श्रेष्ठ, प्रथम उपाध्यक्ष ला. नारायण बहादुर के.सी. द्वितीय उपाध्यक्ष ला. रमाकान्त गौतम, तृतीय उपाध्यक्ष ला. तेज प्रसाद सापकोटा, मेम्बरसिम चेयर पर्सन ला. जस बहादुर गुरुङ, सचीब ला. राजेन्द्र लम्साल, कोषाध्यक्ष ला. भविन्द्र गुरुङ, सह सचिव ला. चीरञ्जीवी पौडेल, सह–कोषाध्यक्ष ला. मुक्त गुरुङ, एलसिआइएफ कोअडिनेटर ला. रामजी सुनार, क्लब मार्केटिङ ला. राजेन्द्र अधिकारी, क्लब सर्भिस कोअर्डिनेटर ला. हिमलाल श्रेष्ठ, पि. आर ओ. गंगा अधिकारी, टेमर ला. सुनिल गुरुङ, टेल ट्विस्टर, ला. सुन्दर श्रेष्ठ, सदस्यता निर्देशक ला. विकास सुवेदी, प्रमुख निर्देश ला. गोविन्द्र बहादुर थापा, र निर्देशक सदस्यहरुमा ला. सरोज सापकोटा ला. विष्णु बि.क., ला. डिल्लीराम बराल, र लायन मिलन पौडेल निर्वाचित भएका छन् । कार्यक्रममा नव निर्वाचित अध्यक्ष ला. रबिन्द्र कुमर श्रेष्ठले आफ्ना भावी योजना प्रस्तुत गर्नुका साथै उक्त योजनाहरुमा प्रतिवद्धता जनाए ।
Comments are closed.