पोखरा, असार २०
पोखराको नयाँ बजारमा दुईवटा मोटरसाइकल ठोक्किदा अचानक आगलागी भएको छ । महेन्द्रपुलदेखि पृथ्वीचोकतर्फ एकै दिशामा गुडिरहेको मोटरसाइकल नयाँबजारमा ठोक्किएको थियो । आगलागी भएपछि दुबै मोटरसाइकल जलेका छन् । ग १४ प ३८६१ र ग १६ प ४४४१ नम्बरको दुईवटै मोटरसाइकलमा २/२ जना सवार थिए । मोटरसाइकल ठोक्किएपछि चारै जना सामान्य घाइते भएका छन् । उनीहरुलाई उपचार गर्न गण्डकी मेडिकल कलेज लगिएको कास्की प्रहरी प्रवक्ता सुवास हमालले बताए । मोटरसाइकलमा आगोको राँको बलेपछि स्थानीयले पानी हालेर निभाउन खोजेका थिए । तर पानी हालेर पनि आगो ननिभेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । पोखरा महानगरको दमकलले मोटरसाइकलमा लागेको आगो निभाएको थियो ।
Comments are closed.