पोखरा, २४ जेठ
गायक भाइ गुरुङ्गले पोखरामा राहत वितरण गरेका छन् । पोखरा नेपाल युके फाउण्डेशनको
सहयोगमा गुरुङ्गले पोखरा–१६ दिपको विभिन्न टोलमा राहत बाडेका हुन । लकडाउनका कारण
दैनिक ज्यालादारी मजदुर, विपन्न परिवारलाई विहान बेलुका हातमुख जोड्न नै समस्या परेको
अवस्थामा राहत वितरण गरिएको गायक गुरुङ्गले बताए ।
दिप क्षेत्रका ३३ परिवारका लागि राहत वितरण गरिएको थियो । त्यस क्षेत्रको पुरानो क्याम्पमा १०
वटा परिवारका लागि १५ तथा २० किलो प्याकेज, अमरदिपमा १, केआइसिंह पुलमा १, माथिल्लो
दिपमा ३, तल्लो दिपमा १६ तथा अर्चलबोटमा २ गरि ३३ परिवारका लागि राहत वितरण गरिएको हो
। राहत वितरण कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर १६ का सदस्य राजेश गुरुङ्ग, जोगी
मणी समाजका अध्यक्ष क्याप्टेन डम्बर गुरुङ्ग, जोगीमणी मार्ग टोल विकास समितीका
अध्यक्ष चक्रपाणी सुवेदी, संगीतकार अमित गुरुङ्ग लगायतको सहभागिता रहेको थियो ।
।।।हामीले अति विपन्न, अपाङ्गता भएका व्यक्ति, शोकमा रहेका परिवार, सुत्केरी महिला तथा
एकल एवम बृद्धा महिलाहरुको पहिचान गरि राहत वितरण गरेका हौं’ राहत वितरण कार्यक्रमका
संयोजक गायक भाइ गुरुङ्गले भने ।।।पोखरा नेपाल युके फाउण्डेसनको सहयोगमा राहत
वितरण कार्यक्रम सम्भव भएको हो ।’ पोखरा महानगरपालिका वडा नम्बर १६ का सदस्य राजेश
गुरुङ्गले अप्ठेरो परिस्थितीमा सहयोग गर्नुनै मानविय धर्म भएको बताए ।
राहत पाएपछि उनीहरुको मुहार खुसी छाएको थियो । लकडाउनका कारण दैनिक ज्यालादारी
मजदुर, विपन्न परिवारले समस्या भोगिरहेका छन् । विहान काम गरेर साँझ विहानको खानाको
जोहो गर्नुपर्ने श्रमिक मजदुरलाई नै बढी लकडाउनको मार परेको छ । उनीहरुको घरमा
चुल्हो बलोस भनेर नैपोखरा नेपाल युके फाउण्डेशन, युकेले विभिन्न संस्था र व्यक्ति
मार्फत राहत वितरणका लागि सहयोग गर्दै आइरहेको छ । पोखरा युके फाउण्डेशन युकेले
यस अघि पोखरा सांगितिक कलाकार संघ मार्फत पोखराका विभिन्न क्षेत्रमा राहत वितरणका लागि
सहयोग गरिसकेको छ । यसै गरि जक्सन डटकम मार्फत पनि फाउण्डेसनले विपन्न परिवारका
लागि राहत वितरणका लागि सहयोग गरेका थियो । संस्थाका अध्यक्ष भिम महेन्द्र गुरुङ्ग र जगत
गुरुङ्गको पहलमा पोखराका विभिन्न संघसंस्था एवम व्यक्तिले राहत वितरण कार्यक्रम सम्पन्न
गरेको हो ।
Comments are closed.