नाटा र हानले गरे बहिष्कार
पोखरा १० पुस । पोखरा पर्यटन परिषद्को आठौं अधिवेशनमा विवाद उत्पन्न भएको छ । शनिबार पोखरामा भएको परिषद्को अधिवेशनमा अध्यक्ष पदका लागि विवाद भएको हो । दुई जनाको उम्मेदवारी परेको परिषद्मा अध्यक्ष को बन्ने भन्ने कुरामा सहमति हुन नसक्दा अधिवेशन विवादित बन्यो । परिषद्को अध्यक्षका लागि नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाटा) तर्फबाट केदारनाथ शर्मा र टे«किङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) को तर्फबाट सोम थापाको उम्मेद्वारी परेको थियो ।
नाटा र होटल एशोसिएसन अफ नेपाल (हान) पोखराले सहमतिमा अध्यक्ष पद शर्मालाई दिन र अन्यले थापालाईनै नछोडेपछि नाटा र हानले निर्वाचन बहिस्कार गरेका छन् । ‘हामीले बहुमत ल्याउने अवस्था हुँदाहुँदै पनि यसले दिर्घकालिन असर पार्ने भएकाले सहमतिमा अध्यक्ष दिनुस् भनेका थियौं’ अध्यक्षका प्रत्यासी शर्माले भने,‘उनीहरुले एकलौटी लाद्न लागेपछि बहिस्कार गरेका हौं ।’ यस अघि पनि टानकै तर्फबाटै अध्यक्ष बनेकाले यस पटक सहमतिमा शर्मालाई नेतृत्व दिन भनेपनि परिषद्लाई पेवजा जस्तो गराउन खोजेपछि आफुहरुले पनि नाटाको समर्थनमा चुनाव वहिस्कार गरेको हानका भरतराज पराजुलीले बताए । ‘हामीले यसपटक तपाईहरुले छोडिदिनुस् भन्यौं तर निर्वाचनमा जाने कुरा भयो’ पराजुलीले भने,‘परिषद्को भावना र संस्थालाई मजबुत गराउने भन्दा पनि कब्जा गर्ने काम भयो । हामीले बहिस्कार ग¥यौं ।’
लामो समय नेतृत्वमा रहेर काम गरेको र लामो अनुभव पनि भएका कारण आफ्नो उम्मेदवारी दिएको थापाको भनाई छ । ‘मसँग परिषद्लाई हाँक्न सक्ने शक्ति र अनुभव पनि भएका कारण मलाई अध्यक्ष बन्न सक्छु विश्वसले उम्मेदवारी दिएको हुँ’ थापाले भने । कहाँबाट कसले कतिपटक नेतृत्व ग¥यो भन्नु भन्दा पनि को सँग अनुभव र नेतृत्व गर्ने कुशलता छ भन्ने कुरा ठूलो भएको उनको भनाई छ । ‘हामीले सहमतिमा गरौं, नभए निर्वाचन मै गएर भएपनि निर्णय गरौं भनेका हौं, उहाँहरुले मान्नुभएन’ थापाले भने ।
शर्मालाई उम्मेदवार बनाएको नाटा र समर्थन गरेको हानले बहिस्कार गरेपछि प्रक्रिया अनुसार भएको निर्वाचनमा थापा विजयी भएका हुन् । ४० जना प्रतिनिधि भएपनि जम्म २६ मत मात्रै खसेको थियो । जसमा १८ मत प्राप्त गर्दै थापा विजयी भए भने १४ जनाले वहिस्कार ५ मत बदर र ३ मत शर्माको नाममा खसेको थियो ।
परिषदको नयाँ कार्यसमितिका लागि चार जना सदस्य र एक जना एशोसियट सदस्य निर्विरोध भएका थिए । सदस्यमा रामु गौतम, चिरञ्जिवी पोखरेल, नारायणप्रसाद सापकोटा र रामजी घिमिरे निर्विरोध भएका हुन् । एशोसियट सदस्यमा भने महेन्द्र श्रेष्ठ निर्विरोध भएका छन् । परिषदको उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष पद भने अध्यक्षले चुन्नेछन् । परिषदको मातहतमा पोखरा उद्योग वाणिज्य संघसहित विभिन्न ११ वटा संस्था रहेका छन् । तीमध्ये ९ वटा संस्थाका अध्यक्ष कार्यसमितिमा पदेन सदस्य रहने व्यवस्था छ एक जना एशोसियट र एकजना मनोनित सदस्य हुनेछन् । अवको पहिलो बैठकवाट पदाधिकारीको छनौट हुनेछ ।
Comments are closed.