पोखरा फाइनान्स नयाँ पुलमा

पाेखरा ८ साउन/ पोखरामा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले सल्यान गाविस. वडा नयाँ नयांपुल बजारमा आफ्नो चौथो शाखा सञ्चालनमा ल्याएको छ । संस्थाका संस्थापक अध्यक्ष क्या.यम बहादुर गुरुङबाट उद्घाटन गरिएको नयाँपुल शाखाले विभिन्न कर्जा तथा बचत योजना, एटिएम लगायत रेमिटेन्सको सेवा समेत प्रदान गरिने जनाएको छ ।20150723_100843
संस्थाको सामाजिक उत्तरदायित्वप्रतिको भावनाको कदर गर्दै अध्यक्ष भुवन सिंह गुरुङ्द्वारा नयाँपुल, कास्कीका सरस्वती आमा समृ्हको सामाजिक कार्यको सहयोगार्थ दश हजार प्रदान गरेको थियो ।
पोखरा र काठमाडाैँमा शाखा सञ्जाल रहेको २०५३ सालमा खुलेको वित्तीय संस्थाको चुक्ता पृ्ंजी ३३ करोडहरु सात लाख २० हजार रहेको छ भने २०७१÷०७२ मा कुल २ अर्ब ७१ करोड तथा २ अर्ब ३० करोड कायम गर सञ्चालन मुनाफा २५ करोड ५१ कायम गर्न सफल भएको नायव कार्यकारी प्रमुख राजु मोहन भट्टराईले जानकारी दिए ।

Comments are closed.