पोखरा फाइनान्स १९ औं बर्षमा प्रवेश

logo (1)
पोखरा, २ चैत/पोखराको न्यूरोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेड १९ औं बर्षमा प्रवेश गरेको छ । १९ औं ब्र्षमा प्रवेश गरेको उपलक्ष्यमा फाइनान्सले बिना धितो व्यक्तिगत आवधिक कर्जा योजना सुरु गरेको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुंगले बताए ।
उनका अनुसार नियमित आम्दानी र पान दर्ता नम्बर भएका ग्राहकहरुलाई अधिकतम छ बर्ष अवधिका लागि रु. ५० हजारदेखि बढीमा रु. १५ लाखसम्म कर्जा प्रवाह गरिनेछ । साथै बार्षिकोत्सवका अवसरमा केन्द्रीय कार्यालय परिसरमा रक्तदान कार्यक्रम गरिनेछ ।
हाल फाइनान्सकोे अधिकृत पूंजी रु. ९८ करोड तथा चुक्ता पूंजी रु. ३३ करोड ७ लाख रहेको छ । फाइनान्सले छिट्टै कास्कीको नयांपुलमा समेत शाखा सञचालन गर्ने फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुंगले बताए ।

Comments are closed.