पोखरा हटलाइन,
पोखरा-९,नयाँबजार स्थित पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २० औँ स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा संस्थाका उपाध्यक्ष शम्भुराज बास्तोलाले मिति २०७९ बैसाख १२ गते आश्रम परिसरमा आयोजित एक समारोहका बीच पोखरा—२५, हेम्जा स्थित मानवसेवा आश्रममा आश्रमका सञ्चालकलाई २५ हजार रुपैयाँ नगद सहयोग हस्तान्तरण गर्नुभयो ।
उहाँले संस्थाको बार्षिकोत्सवको अवसरमा मानवसेवा आश्रम जस्तो पवित्र परोपकारी संस्थालाई सहयोग गर्न पाउँदा खुसी लागेको बताउनु भयो । उक्त अवसरमा संस्थाका सदस्य, कर्मचारी लगायत सञ्चालक एवम् सल्लाहकारहरुको साथै आश्रमका सञ्चालकहरु एवम् त्यहाँ आश्रितहरुको उपस्थिति रहेको थियो ।
बि.सं. २०५९ साल बैसाख १२ गते स्थापित पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा चार हजार भन्दा बढी शेयरसदस्य रहेका छन् । कुल १० करोड ४८ लाख शेयरपूँजि रहेको उक्त सहकारीले आ.व. २०७७/०७८ मा दुई करोड २९ लाख ६३ हजार खूद मुनाफा आर्जन गर्न सफल भएकोे संस्थाका कोषाध्यक्ष हिरामणि दहालले जनाएका छन् ।
पोखरा-९, नयाँबजार स्थित आफ्नै भवनमा प्रधानकार्यालय रहेको पोखरा बचत सहकारीले पोखरा-८, सिर्जनाचोक र अमरसिंहचोक स्थित दुईवटा सेवाकेन्द्रहरुबाट समेत आफ्ना शेयरसदस्यहरुलाई विभिन्न वित्तिय सेवाहरु प्रदान गर्दै आइरहेको छ । सदस्यहरुको सुविधाका लागि संस्थाले विभिन्न रेमिटेन्स सेवाहरु पनि प्रदान गर्दै आएको छ ।
अर्ब क्लबमा प्रवेश गर्न सफल कास्की जिल्ला भरि कार्यक्षेत्र रहेको उक्त सहकारी संस्थाले विगतका वर्षहरुमा विभिन्न अवसरमा विद्यालयहरुमा छात्रवृत्ति, स्टेशनरी, झोला, विद्यालय तथा खेलकूद पोशाक, रक्तदान, भूकम्प एवम् बाढीपहिरो पीडितलाई राहत सहयोग, राष्ट्रिय अविस्कार केन्द्र, मन्दिर एवं गुम्बा जस्ता सामाजिक संघ-संस्थाहरुलाई विभिन्न जिन्सी एवम् आर्थिक सहयोग गरी सामाजिक उत्तरदायित्व वहन गर्दै आएको जनाइएको छ ।
Comments are closed.