पोखरा बृद्धाश्रमलाई महानगरद्धारा मास्र्क, सेनिटाइज र साबुन सहयोग

पोखरा १९ बैशाख । पोखरा महानगरपालिकाले पोखरा बृद्धाश्रमलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । पोखरा महानगरपालिका वडा नम्वर १७ ढुङगेसाँघुमा रहेको बृद्धाश्रमलाई कोरोना संक्रमणबाट ज्येष्ठ नागरिकलाई बचाउन मास्र्क, सेनिटाइज र साबुन प्रदान गरेको हो ।


पोखरा महानगरका अनुगमन अधिकृत किरण कोइरालाले बृद्धाश्रम सञ्चालक समितिका सदस्य श्रीनाथ आचार्यलाई ५ सय मास्र्क, एक लिटरका १० वटा सेनिटाइजर र एक कार्टुन साबुन हस्तान्तरण गरे । सामग्री बुझदै आचार्यले कोरोना संक्रमण विरुद्ध आवश्यक सामग्रीको अभाव भएकाले उपप्रमुख मञ्जुदेवी गुरुङसंग गुनासो राखेको र सामग्री पाउदाँ खुशी लागेको बताए ।

उनले बृद्धाश्रममा विभिन्न खाले औषधीको अभाव रहेको र सरसफाइका लागि किटनासक औषधी समेत उपलब्ध गराइदिन आग्रह गरे । महागनर अनुमगन अधिकृत किरण कोइरालाले आवश्यक सामग्रीको लिष्ट बनाएर पठाए सामग्री उपलब्ध गराउने बताए ।

Comments are closed.