पोखरा भ्याली स्पोर्टस् क्लवलाई उपाधि

पोखरा १९ चैत ।पोखरा भ्याली स्पोर्टस् क्लब रामबजारले पोखरामा जारी स्व. बलराम केसी स्मृति अन्तरक्लब कास्की जिल्लास्तरीय लिगकम नकआउट फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ ।जिल्ला खेलकुद विकास समिति कास्कीको आयोजनामा तथा कास्की जिल्ला फुटबल सङ्घको व्यवस्थापनमा जारी चौथो बृहत् खेलकुद महोत्सव–२०७१ अन्तर्गत बुधबार भएको फाइनलमा ड्यामसाइड क्लवलाई ३–२ ले पराजित गर्दै पोखरा भ्याली स्पोर्टस् क्लबले दोस्रोपटक जिल्लास्तरीय लिगकम नकआउट फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको हो ।

unnamed

निर्धारित ४०–४० मिनेटको समय दुई–दुई गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । १०–१० मिनेट खेलाइएको अतिरिक्त समयको १९ मिनेटमा पोखरा भ्याली स्पोर्टस् क्लबका लागि गोविन्द थापाले निर्णायक गोल गरेका थिए । उपाधिसहित पोखरा भ्यालीले नगद २५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो भने उपविजेतामा सीमित डेमसाइडले नगद १५ हजारमा चित्त बुझायो।दोस्रो पुरस्कार स्व. बलराम केसी स्मृति प्रतिष्ठानले प्रायोजन गरेको थियो ।

प्रतियोगितामा गार्डेन एफसीले फेयर प्ले अवार्ड तथा पोखरा भ्यालीका श्रमिक गुरुङले बेस्ट प्लयेरको अवार्ड पाए ।विजेता तथा उपविजेता खेलाडीलाई प्रमुख अतिथि पोखरा उप–महानगरपालिकाका कार्यकारी अधिकृत उदयबहादुर रानामगर, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष एवं नेपाल क्रिकेट सङ्घ क्यानका कार्यबाहक अध्यक्ष दीपक कोइराला लगायतले पुरस्कार प्रदान गरेका थिए ।कास्की जिल्ला फुटबल सङ्घका अध्यक्ष धरमबहादुर लामिछानेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन क्षेत्रीय खेलकुद विकास समितिका नासु डीबी नेपालीले गरेका थिए । चैत ८ गतेदेखि सञ्चालित प्रतियोगितामा जिल्ला फुटबल सङ्घमा आवद्ध १५ क्लबको सहभागिता रहेको थियो ।

Comments are closed.