पोखरा महानगरपालिकाको नवौं नगरसभा आज बाट

पोखरा महानगरपालिका प्रमुख मान बहादुर जि सि द्वारा नवौं नगरसभामा सार्बजनिक गरिएको नगरको आगामी निती तथा कार्यक्रम(पुर्ण पाठ सहित)

नगर सभासदज्यूहरु,
राष्ट्रसेवक कर्मचारी एवं पत्रकार मित्र,
उपस्थित सम्पूर्ण महानुभावहरु ।
 पोखरा महानगरपालिकाको नगर प्रमुखको रुपमा यस महानगरको नवौं नगर सभामा पाँचौं वर्षको वार्षिक नीति तथा कार्यक्रम पेश गर्न यहाँहरुको बीचमा उभिदा आफूलाई गौरव महसुस गरिरहेको छु ।
 राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र र जनजीविका प्राप्तिको आन्दोलनका विभिन्न कालखण्डमा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु साथै घाइतेहरुको स्वास्थ्य लाभको कामना गर्दछु । सहिदको सपना र मार्ग दर्शन अनुरुपको विकासलाई सार्थक तुल्याउने यात्रामा हामी सबैलाई प्रेरणा मिल्ने अपेक्षा यस घडीमा गर्न चाहन्छु ।
 विश्व अहिले कोरोना भाइरसको दोस्रो लहरबाट आक्रान्त छ । विगत एक वर्षमाकोरोनाको पहिलो र दोस्रो लहरले विश्वमा ३५ लाख भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । नेपालमा पनि ८ हजार भन्दा बढीको ज्यान गइसकेको छ भने २०७८÷०३÷०७ गते सम्म पोखरामा ६ सय ७२ ले ज्यान गुमाइ सक्नुभएको छ भने त्यसमा पोखरा महानगरवासी ३ सय ३५ जनाको निधन भएको छ भने बाँकी अन्य जिल्लाका नागरिकको पोखरामा उपचारका क्रममा ज्यान गएको छ । कोरोना भाइरसको कारणले ज्यान गुमाउने दाजुभाइ दिदी बहिनीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै
संक्रमति भई उपचाररत नगरवासी, सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी लगायत सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
 कोरोना भाइरसबाट पोखरा महानगरलाई सुरक्षित राख्न महानगरको क्षमताले भ्याएसम्म प्रयास गरिरहकै छ

 महानगरवासीले पनि नगरलाई सुरक्षित राख्न आफ्नो तर्फबाट भूमिका निर्वाह गर्न
आह्वान गर्दछु । साथै कोरोना रोकथाम, उपचार र नियन्त्रणमा महानगरलाई साथ
दिनुहुने सबैमा हार्दिक आभार व्यक्त गर्दछु । अग्रपंक्तीमा रहेर स्वास्थ्य सेवा प्रवाह गर्ने
सम्पूर्ण स्वास्थ्यकर्मीप्रति सम्मान व्यक्त गर्दछु ।
 संघीयता कार्यान्वयनपछि तथा स्थानीय तहहरुको स्थापना भएपछिको पहिलो
जनप्रतिनिधिहरुको टिमको तर्फबाट हामी हाम्रो कार्यकालको अन्तिम नीति तथा कार्यक्रम
तथा वार्षिक बजेट तर्जुमाको क्रममा रहेकोले, यस अवसरमा हामीले जनतासँग गरेका
बाचाहरु के कति पूरा गर्न सक्या

ैं तथा कति प्रतिवद्धताहरु अधरुा रहनेअवस्था भयोभन्ने

समेत विषयमा समिक्षात्मक विवरणको साथ उपस्थित भएको छु ।
 विगतका अनुभवहरुबाट सिक्दै महानगरपालिकाले दीर्घकालीन दृष्टि निर्माण गरी सो मा
आधारित रहेर यस वर्षको नीति तथा कार्यक्रम तर्जुमा गरेका छौं ।
 विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ संक्रमणको कारण उत्पन्न असहज
परिस्थितिले मानव समुदायको आवश्यकता र प्राथामिकतालाई नै बदलिदिएको छ । यस
परिस्थितिबाट विश्वलेछुटकरा पाउन थप समय लाग्न सक्नेहुनालेयसका असरहरुलाई
न्यूनीकरण गरेर जनजीवनलाई नियमित तुल्याउन नयाँ रणनीति अवलम्बन गर्नुपर्ने
देखिएकाले हाम्रा विकासका लक्ष्य तथा प्राथामिकताहरुलाई समेत पुर्नपरिभाषित गर्नुपर्ने
अवस्था सिर्जना भएको छ ।
 यस महामारी पश्चात भएको लकडाउनले समग्र राष्ट्रिय अर्थतन्त्रमा नै प्रतिकुल प्रभाव
पारेकोहामी सबल

ाइ थाहा न

छ ।

 महानगरका सबै आर्थिक गविविधिहरु ठप्प भएका छन् जसले गर्दा महानगरपालिकाको
आन्तरिक राजश्व संकलन, विकासका कार्यक्रमहरु र नियमित सेवा प्रवाहमा प्रतिकुल
असर परेको छ । महानगरपालिका भित्र रोजगारी, आय आर्जन र जीविको पार्जनका
अवसरहरु निकै नै नराम्रोसँग प्रभावित भइरहेको यो अवस्थामा विकास निर्माणका
प्राथामिकता र योजना मुताविकका क्रियाकलापहरु सञ्चालनमा समेत निकै प्रतिकुलता
सिजर्न ा भएकोछ ।

 यसर्थ विषम परिस्थितिको सामाना गर्दै यस महामारीका सम्भावित असरहरुलाई
न्यूनीकरण गर्न र महानगरवासीहरुको जीवन रक्षा गर्दै विकास गतिविधिहरुलाई
निरन्तरता दिने गरी योजना बनाउनु आजको आवश्यकता हो ।
 अब म, विगत चार वर्षमा पोखरा महानगरपालिकाले लिएका नीति कार्यान्वयनको
अवस्था विश्लेषण गर्ने अनुमति चाहन्छु ः
१) चार वर्षको अवधिमा वडा तथा महानगरपालिका स्तरका २६८ सडक ढलान योजना,
८२१ सडक कालोपत्रे एवं मर्मतका योजना, २९१ सडक ग्राभेल तथा स्तर उन्नतिका
योजना र ४१ वटा नयाँ ट्र्याकका योजना सम्पन्न भएका छन् । जस अनुसार
अहिलेसम्म २३१ किमी सडक ग्राभेल, १३७ किमी सडक कालोपत्रे, ८३ किमी साना तथा
मझौला सडक ढलान, ३७ किमी सडक मर्मत एवं स्तर उन्नति कार्य सम्पन्न भएको छ
। मुख्य सहरी सडकहरुको स्तरोन्नति गर्ने क्रममा पोखरा महानगरपालिका, सडक विभाग
र प्रदेश सरकारको सहकार्यमा रु.४० करोड लागतमा २२ किमी सडक अस्फाल्ट कंक्रिट
गर्ने काम धमाधम भइरहेको छ । विजयपुर बेगनास सडक खण्डमा १४ किमी सडक
अस्फाल्ट हुने गरी निर्माण भइरहके ो छ । प्राविधिक कारणले रोकिएको मेयर नमुना
सडक निर्माण अन्तर्गत पोखरा वडा नं. १७ को बिरौटादेखि तीनकुनेसम्म (आरटिओ)
सडक निर्माण भइरहेको छ भने वडा नम्बर १० को राममार्ग सडक निर्माण कार्य भएको
छ ।
२) योजना तर्जुमा गर्दा बजेटले कार्यक्रम माग्ने भन्दा कार्यक्रमले बजटे को माग गर्ने
परिपाटी बसाउन प्रस्तावित योजनाको लागत स्टिमेट गरी सो आधारमा योजना तथा
बजेट प्रस्ताव गर्ने पद्धतिको थालनी गरियो । यसलाई सहयोग पुग्ने गरी तीन वर्षीय
महानगर आवधिक योजनाको मस्यौदा तयार गरिएको छ । हरेक वडाहरुमा इन्जिनियर
एवं जुनियर इन्जिनियरहरु व्यवस्थापन गरी योजना, घरनक्सा, राजश्व तथा वडा स्तरीय
योजनाको भुक्तानी वडाबाट हुने गरी व्यवस्था मिलाइएको छ । साविकमा कायम भएको
विभिन्न किसिमका मापदण्डलाई विज्ञ सम्मिलित समितिहरु बनाएर समितिको सिफारिस
बमोजिम समयानुकुल मापदण्ड परिमार्जन गरिएको छ ।

द्ध

३) नदी तथा खोलाक्षेत्रको जमीन कटान, पहिरो नियन्त्रण लगायतको २७ योजना
संचालन (सुइखेत खोला नदी कटान, सेती खोला, फिर्के खोला पहिरो नियन्त्रण, काली
खोला लगायत नदी नियन्त्रण) का योजना सम्पन्न भएका छन ।
४) वडा नं. २,७, ११, १२, १९, २२, २८, २९, ३०, ३२ मा नयाँ भवन निर्माण कार्य
सम्पन्न भएको छ भने केही निर्माण कार्य सम्पन्न हुने चरणमा रहके ो छ । वडा नं. ३,
४, ९, १०, १३, १५, १६, २४ र ३३ को भवन मर्मत गरिएको छ भने वडा नं. ५, ६, ८,
९, १४, १७ २०, १८, २६,२७, र ३१ मा नयाँ कार्यालय बन्ने गरी प्रक्रिया अगाडि
बढाइएको छ । यी भवन निर्माण सकिएपछि नागरिकहरुले वडा स्तरबाटै सहज रुपमा
सेवा पाउने छन् भन्ने विश्वास छ ।
५) ६५ वटा आमा समूहका भवन निर्माण एंव मर्मत सहयोग, २४ स्थानमा दाह संस्कार
स्थल तथा घाट निर्माण गरिएको छ भने १०४ वटा सामुदायिक भवन निर्माण तथा
मर्मतका लागि सहयोग गरिएको छ । संघ सरकारको सहयोगमा पोखरा १० मा विद्युतीय
शवदाह गृह निर्माणको क्रममा आएकोसमस्या समाधानकोपहल भइरहके ो छ ।
६) विगत लामो समयदेखि समस्याको रुपमा रहेको पालिखेचोक क्षेत्रलाई फराकिलो पारी
सौन्दर्यकरण गरिएको छ । पृथ्वीचोक, अमरसिंहचोक, जिरो किमी, बिरौटाचोक, हरिचोक
र मुस्ताबचोकका आइल्यान्डलाई घटाई ट्राफिक व्यवस्थापनलाई चुस्त र सुन्दर
बनाइएको छ ।
७) सराबकोटमा जग्गा व्यवस्थापन गरी राष्ट्रिय विभूति तथा सहिद पार्क निर्माण
गरिएको छ । १७ ठाउँमा खलु ा क्षेत्र संरक्षण तथा पार्क निर्माणको अवधारणासँग

खुला
व्यायामशाला पार्क, ड्यामसाइडमा माछापुच्छ«े प्रतिबिम्ब पार्क, वडा नं. ३० मा विकल्प
पार्क, जनता पार्क, वडा नं. २९ मा लेखनाथ भ्यू पार्क, भण्डारढिक व्यायामशाला पार्क,
वडा नं. ५ मा बगैंचा बाटिका, लगायत ९१ ठाउँमा सानाठूला पार्क तथा खेल मैदान
निर्माण कार्य सम्पन्न भएको छ । एक वडा एक खेल मैदान अन्तर्गत २९ स्थानमा
ब्याडमिन्टन र भलिबल कोर्ट निर्माण गर्नुका साथै पोखरा २० मौजामा हाइअल्टिच्युड
खेल मैदान, वडा नं. १३ मा सेभेन ए साइड फुटबल मैदान निर्माणको काम अगाडि
बढेको छ ।

८) फेवातालको दीर्घकालीन संरक्षणका लागि जलाधार क्षेत्रबाट बगेर आउने मुख्य ४
वटा खोलामा प्रदेश सरकारसँगको सहकार्यमा सिल्टेसन ड्याम निर्माण गरिएको (२८
करोड लागतमा) छ । गाइघाट, बंगालामुखी र खपौंदीमा खहरे खोलाले बगाएर ल्याएको
माटोजन्य पदार्थ निकालेर तालको आकार बढाइएको छ ।
९) फेवातालसँगै बेगनासताल, रुपाताल, खास्टेताल, न्युरेनी, मैदी, दीपाब, गुँदे तालको
सिमांकन गर्नुका साथै तालहरुको विशेषता अनुसार सौन्र्दयकरण र दीर्घकालीन
संरक्षणको योजना तयार पारिएको छ । साथै फेवाताल संरक्षणको योजनासहित अध्ययन
प्रतिवेदन सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएको छ । सोही आधारमा
फेवाताल संरक्षणको थप काम अघि बढेको छ । लामो समयदेखि बिना सीमांकन रोक्का
राखिएका जग्गाहरु फुकुवा गर्न पहल सुरु भएको छ ।
१०) निर्माण सामग्रीको गुणस्तर कायम गर्नका लागि नयाँ बजारमा निर्माण सामग्री
गुणस्तर मापन प्रयोगशाला स्थापना र सञ्चालन गरिएको छ ।
११) योजना तथा नीति निर्माणका कामहरुलाई पारदर्शी ढंगबाट सञ्चालन गर्नका लागि
सहरी योजना आयोग गठन गरिएको छ । पोखरालाई खेलकुदको सहर बनाउने
अभिप्रायका साथ महानगर खेलकुद विकास समिति गठन, पोखरा क्षेत्रको प्राज्ञिक
उन्नयनका लागि पोखरा प्रज्ञा प्रतिष्ठान स्थापना र युवाहरुलाई स्व–उद्यमशिल
बनाउनका लागि महानगर युवा परिषद् गठन गरी काम अघि बढेको छ ।
१२) साँघुरो भवनबाट काम चलाउनुपर्ने, ठाउँठाउँमा कार्यालय चहार्दा नागरिकलाई
परेको सास्ती निराकरण गर्दै एकीकृत सेवा दिनका लागि महानगरपालिकाका
महाशाखाहरु एकै ठाउँमा राख्ने गरी पोखरा ८ को पुरानो दमकलको जग्गामा नयाँ भवन
निर्माणको प्रक्रिया सुरु भएको छ । यसका लागि २२ करोड लागतमा बोलपत्र समेत
आह्वान भइसकेको छ । साथै पोखरा १२ माटेपानीमा महानगरको प्रशासकीय भवन
सहितको सचिवालय क्षेत्र निर्माण गर्न जग्गा प्राप्ति प्रक्रियासँगै निर्माणका लागि डिपिआर
तयार हुँदैछ ।
१३) ।।।हामी बनाउँछौं, हाम्रो महानगर’ कार्यक्रम सञ्चालन गरी भित्री तथा साना सडक र
खानेपानी आयोजना निर्माणको काम अगाडि बढाइएको छ ।

स्थानीय उपभोक्तासँगको ५० प्रतिशत साझेदारीमा सञ्चालित कार्यक्रमबाट स्थानीय
स्तरमा रोजगारी सिजर्न ा हुनुका साथ

धलु ेसडक विस्थापनमा सहयोग पुगेकोछ ।
१४) महानगरपालिकाको कार्यालयबाट सबै वडाहरुको केन्द्रसम्म जोड्ने २७ वटा पहुँच
मार्ग (कनेक्टिब) निर्माण धमाधम भैरहेको छ । प्राथमिकताका आधारमा पहिलो चरणको
काम पूरा भैसकेको छ भने दोश्रो चरणको कार्य चलिरहेको छ । यसबाट विकटमा रहेका
वडाहरु निकट आउने विश्वास छ । खासगरी सडक चक्ल्याउने, नाली र कल्र्भट निर्माण,
ग्राभेलिब तथा कालोपत्रेगर्ने काम योआयोजनाबाट भइरहके ोछ ।
१५) ४३ वर्षदेखि बाटो चक्लाबन्दी गर्न नसकिएको पृथ्वी राजमार्गदेखि विजयपुर ब्यारेक
सिमाना सम्मको सडकलाई फराकिलो बनाई १० मिटर कायम गरिएको छ । मोहरिया,
लामस्वाँरा, स्याबखुदी आनन्दज्योति लप्सीडाँडा सडक निर्माणको पहिलो चरणको काम
सम्पन्न भएको छ । पोखरा महानगरले रणनीतिक सडकका रुपमा अगाडि बढाएका
सडकहरुमा बहवु र्षीय ठक्ेका प्रक्रिया सकेर निर्माण चलिरहेकोछ । चालुआर्थिक वर्षमा
विजयपुर कालिका हुँदै बेगनास सडकलाई ३२ करोड लागतमा अस्फाल्ट गर्ने कार्य
अगाडि बढाइएको छ भने बैदाम, पामे, घाँटछिनाहुँदै दमदमे, सिदाने र मणिपाल, मौजा
सडक बहुवर्षीय ठेक्का सम्झौता गरेर काम थालिएको छ ।
१६) सिर्जनाचोकमा निर्माणहँुदै गरेको आकाशेपुल निर्माणको अन्तिम चरणमा पुगेको छ ।
चालु आ.व. मा नै उक्त पुल निर्माण सकिएर प्रयोगमा आउने छ । यसले बढ्दै गरेको
सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुग्नेछ ।
१७) ठेक्कामा लागेका १५ वटा मोटरेबल पुलहरु मध्ये घोरकुना मोटरेबल, भोटिखोला
मोटरेबल पुल, स्यानी खोला पुल, बगादी खोला र स्याबखुदी खोलाको पुल सम्पन्न
भएका छन् भने बाँकी पुलहरुको भूमिगत संरचना तयार भएको छ । थप ६ वटा ठूला
पुलको निर्माण कार्य अगाडि बढाउनका लागि डिपिआर तयार गरिएको छ ।
१८) जनप्रतिनिधि निर्वाचित भएदेखि हालसम्म कुल ३२ वटा साना खोल्साहरुमा कल्भर्ट
निर्माण सम्पन्न भएका छन् भने यस आवमा ७ वटा कल्भर्ट सम्पन्न हुने चरणमा रहेका
छन् । यी आयोजनाहरु वडा स्तर र महानगर स्तरीय बजेटबाट कार्यान्वयनमा आएका
हनु ् ।

१९) उज्यालो पोखरा अभियान अन्तर्गत नेपाल विद्युत प्राधिकरणको सहकार्यमा १३
करोड लागतमा ८० किलोमिटर सडक बत्ती व्यवस्थापन कार्य अगाडि बढेको छ ।
पोखरा महानगरपापलिकाले विद्युत शल्ुक तिर्ने र व्यवस्थापन विद्युत प्राधिकरणले गर्ने
गरी सम्झा

ता भई काम अगाडी बढेकोछ ।

२०) वडा नं. ३, ४, ७, ८, ९, १०, १२, १८ र ३३ मा नयाँ सहरी स्वास्थ्य केन्द्र स्थापना
गरी कर्मचारी व्यवस्थापन र संचालन गरिएको छ । हाल आयुर्वेद अस्पताल सहित ४६
वटा स्वास्थ्य चौकी, सहरी स्वास्थ्य केन्द्र मार्फत सेवा प्रवाह गरिरहेको छ । अर्मला,
लामाचौर, राखी, बेगनासमा नयाँ स्वास्थ्य चौकी भवन निर्माण गरिएको छ भने हेम्जा र
कास्कीकोटमा नयाँ भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।
२१) बढ्दो कोभिड संक्रमण र महामारीबाट नागरिकको सुरक्षाका लागि महानगरले
आफ्नो छुट्टै कोभिड उपचार युनिट स्थापना गरेको छ । १५ शैड्ढयाको शिशवु ा
अस्पतालमा विशेषज्ञ सेवासहित अहिले ५० शैड्ढया पु¥याइएको छ । छुट्टै कोभिड
अस्पताल निर्माण सम्पन्न गररे सञ्चालनमा ल्याइएको छ । यसबाट नागरिकहरुले
सहज उपचार पाउने विश्वास लिइएको छ । यस बाहेक कोरोना रोकथाम तथा
नियन्त्रणका लागि क्वारेन्टाइन र आइसोलेसन संचालन, पिसिआर स्वाव संकलन
लगायतका कामलाई निरन्तरता दिइएको छ ।
२२) महानगरको सहयोग तथा व्यवस्थापनमा ५ वटा एम्बुलेन्स संचालन गरिएको छ
भने थप एक शव वाहन र एक एम्बुलेन्स खरिद कार्य अन्तिम चरणमा पुगेको छ ।
स्वास्थ्य संस्थाहरु मार्फत ज्येष्ठ नागरिक स्वास्थ्य शिविर संचालन निरन्तर गर्नुका साथै
सरुवा रोग नियन्त्रणमा अग्रपंक्तिमा रही कार्य गरिरहेको छ । २८ वटा वडाहरुमा
आधारभूत स्वास्थ्य केन्द्रको स्थापना एवं व्यवस्थापन गरी वडास्तरमा नागरिकहरुलाई
निशुल्क आधारभूत स्वास्थ्य सेवा प्रदान गरिएको छ भने ६ वडामा मुख स्वास्थ्य
कार्यक्रम सञ्चालन गरिएको छ ।
२३) समुदायस्तरमै महिलाहरुको विशेष स्वास्थ्य समस्या जस्तैः पाठेघर मुखको क्यान्सर,
स्तन क्यान्सरको स्क्रिनिंग तथा उपचारको रेफर गर्ने गरिएको छ । निशुल्क औषधी तथा
स्वास्थ्य सामग्रीको नियमित आपूर्तिको सुनिश्चितता गरिएको छ ।

गर्भवती एवं सुत्केरी महिला तथा शिशहुरुकोपोषण प्रवद्र्धन एवं खोप सेवाकोनियमितता
गरिएको छ । वडा स्तरमै बर्थिब सेन्टर सन्चालन गरिएको छ । स्वास्थ्य संस्थामा प्रसूति
हनु े आमा तथा जन्मिने बच्चाको स्वास्थ्य रक्षाको लागि न्यानो कपडा एवं यातायात
खर्चको व्यवस्था गरिएको छ ।
२४) महानगरभित्र सन्चालित ९० वटा सामुदायिक विद्यालय मर्मत गर्नुका साथै चीनको
गोन्जाओ शहरको सहयोगमा वडा नं. २२ मा रहके ो शुक्रराज बलभद्र माविमा
अत्याधुनिक छात्रावास भवन निर्माण गरिएको छ ।
२५) संघ सरकारसँगको साझेदारीमा कुल ४० वटा विद्यालयहरुमा शौचालय निर्माण,
१९ वटा विद्यालयहरुमा कम्प्युटर ल्याब निर्माण गरिएको छ भने १३ वटा विद्यालयमा
विज्ञान प्रयोगशाला, शीतलादेवी सामुदायिक विद्यालय, श्रीकृष्ण मावि र जनप्रकाश
माविमा नमूना आइसिटी ल्याब निर्माण कार्य सम्पन्न भएको छ । कालो पाटी विस्थापन
कार्यक्रम अभियानकै रुपमा संचालन गरी धुलो मुक्त कक्षा कोठा अभियान सम्पन्न
भएको छ ।
२६) संघ सरकारसँगको साझेदारीमा सबै सामुदायिक विद्यालयमा सुरक्षित सेनेटरी प्याड
व्यवस्थापन गरिएको छ । इसिडी सञ्चालन गरिएका विद्यालयमा शिक्षिका तथा सहयोगी
कार्यकर्ताहरुलाई नेपाल सरकारले दिएको तलवमा महानगरले अतिरिक्त रकम थप
गरिदिएको छ । २१३ शिक्षिका र सहयोगीहरु यसबाट लाभान्वित भएका छन् ।
२७) गण्डकी बहुप्राविधिक शिक्षालय स्थापना गरी डिप्लोमा इन सिभिल इन्जिनियरिब र
डिप्लोमा इन अटोमोवाइल इन्जिनियरिबको पढाई सुरु गरिएको छ । आगामी शैक्षिक
सत्रदेखि थप ४ वटा विषयमा (एचए,फार्मेसी, जियोम्याटिक इन्जिनियरिब र वन विज्ञान)
पढाई थाल्ने गरी सिटिइभिटीसँग विषय थपको माग गरिएको छ । गण्डकी बहुप्राविधिक
शिक्षालय मार्फत ११ वटा विषयमा निशल्ुक तीन महिने तालिम सञ्चालन गरिएकोर
२२० जनालाई निशुल्क तालिम लिई स्वरोजगार बन्न सहयोग गरिएकोछ । बहपु्राविधिक
शिक्षालयको ल्याव, शैक्षिक तथा प्रशासकीय भवन निर्माणको लागि जग्गा खोजी गरी
भवन निर्माण कार्य अगाडी बढाइएको छ । पोखरा २९ खल्याँडमा ल्याब भवनको निर्माण
सुरु भएको छ ।

२८) महानगरपालिकाले स्थानीय पाठ्यक्रम तयार गरी १ देखि ५ कक्षासम्म यस
ैशैि
क्षक
सत्रदेखि लागू गरेको छ । ६ देखि ८ कक्षासम्म आगामी शैक्षिक सत्रमा पाठ्यक्रम तयार
गरी कार्यान्वयनमा लगिने छ । १० वर्षे महानगर शैि

क्षक योजना तयार गरी

कार्यान्वयनको चरणमा छ ।
२९) नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, संघ तथा प्रदेश कानुनले निर्देश
गरे बमोजिम २५ वटा ऐन, १६ वटा नियमावली, २८ वटा कार्यविधि, २१ निर्देशिका गरी
९० वटा ऐन कानुन निर्माण गरी कार्यान्वयनमा लगिएको छ ।
३०) महानगरपालिकाको संगठन संरचना व्यवस्थित गर्न संगठनात्मक मानव संशाधन
पदपूर्ति तालिका तयार गरी कर्मचारी व्यवस्थापन सोही अनुसार गर्न सुरुवात गरिएको छ
। साथै कर्मचारीहरुको क्षमता विकासका लागि छोटो अवधिका तालिमहरु सन्चालन
गरिएको छ ।
३१) न्याय सम्पादनको जिम्मेवारी स्थानीय तहलाई दिइएकोमा न्यायिक समिति गठन
भई जिम्मेवारी अनुसार नियमित कार्य सम्पादन भइरहेको छ । वडा स्तरमा मेलमिलाप
केन्द्र स्थापना गरी मेलमिलाप कर्ता सूचीकृत गरिएकोछ । जसलेस्थानीय स्तरमा हनु े
सामान्य बमे ेलका घटनाहरु समाधान भइरहेका छन् । साथै पोखराको न्यायिक इजलास र
न्याय सम्पादनबारे अध्ययनका लागि देशभरबाट न्यायिक समिति र जनप्रतिनिधिहरु
अध्ययनका लागि आउने क्रम बढेको छ ।
३२)महिलाहरुको क्षमता अभिवृद्धि गरेर आर्थिक रुपमा सवल र सक्षम बनाउन
उद्यमशिलताको विकास गराउने उद्देश्यले उपप्रमुखसँग महिला कार्यक्रम सञ्चालन
गरिएको छ । यो कार्यक्रमबाट ३ सय ३५ जना महिला लाभान्वित भएका छन् । हिंसामा
परेका महिलाहरुकोसहायताकोलागि निशुल्क कानुनी परामर्श सेवा प्रदान गर्नुका साथ

महिला हिसं ा न्यूनीकरणको लागि पुरुष ऐक्यवद्धता कार्यक्रम अभियानको रुपमा
सञ्चालन गरी पुरुष समसचेतता कार्यक्रम सञ्चालन गरिएको छ ।
३३) स्मार्टसिटी पूर्वाधार अन्तर्गत सबै वडा कार्यालयमा केन्द्रिकृत इन्टरनेट इन्ट्रानेट
प्रणाली जडान गरी महानगर र वडाका सेवालाई प्रविधि मैत्री बनाउँदै लगिएको छ ।
मुख्य चोकहरुमा सिसिटिभी क्यामरा जडान गरिएको छ ।

ज्ञण्

व्यक्तिगत घटना दर्ता, घरनक्सा पेश एवं् कर प्रणालीलाई सूचना प्रविधिको उपयोग गरी
विद्यतु ीय पद्धतिमा लगिएको छ । पूराना कागजातहरुलाई (घरनक्सा तथा पञ्जीकरण)
डिजिटल अभिलेखीकरण गरिएको छ । भण्डारढिकमा रहके ो दीपशिखा पुस्तकालयमा
आरएफआइडी जडान गरिएको छ ।
३४) जनप्रतिनिधिले जिम्मेवारी सम्हालेपछिको पहिलो निर्णय अनुसार पोखरा
महानगरपालिका भित्रका ज्येष्ठ नागरिकलाई नेपाल सरकारले दिएको सामाजिक सुरक्षा
भत्तामा १० प्रतिशत थपेर वितरण गर्दै आएको छ । अपांगता भएकाहरुलाई नियमित
परिचयपत्र वितरण गर्दै आएको छ ।
३५) लेखनाथ साना सहरी, बेगनास, भरतपोखरी, माझठाना, सराबकोट, कास्कीकोट,
अर्मला, पुरुन्चौर, काहूँ, निर्मलपोखरी लगायत ठाउँमा एक घर एक धारा अवधारणा
अन्तर्गत ८७ खानेपानी आयोजना छनोट गरी कार्यान्वयनमा लगिएको छ ।
३६) प्रदेश सरकारसँगको समन्वयमा महिला सुरक्षित आवासगृह सञ्चालन गरिएको छ ।
महानगरभित्रका ८९ जना सडक बालबालिकाको उद्धार गरी पुनस्र्थापना गरिएको छ ।
३७) महानगरभित्र रहेका सहकारीहरुलाई व्यवस्थित गर्नका लागि छुट्ट

ै सहकारी समिति
गठन गरिएको छ । प्रत्येक सहकारीलाई उत्पादनमुलक क्षेत्रमा लगानी बढाउन प्रेरित
गरिएको छ ।
३८) कृषकहरुलाई सहज उपकरण प्रदान गर्न कष्टम हायरिब सेन्टर स्थापना गरिएको छ
। कृषक परिचय पत्र वितरण थालिएको छ । सहरी क्षेत्रमा कौशी खेतीतर्फ आकर्षण
बढाइएको छ । अर्गानिक उत्पादनमा किसानलाई जोडिएको छ । उत्पादनमा आधारित
अनुदान कार्यक्रमलाई बढवा दिइएको छ । किसान र उपभोक्तालाई जोड्न ५ स्थानमा
किसान बजार निर्माण र सञ्चालन गरिएको छ । पोखराको ब्रान्डको रुपमा रहके ो
जेठोबुढो धान, हेमजाको आलूको न्युनतम मूल्य निर्धारण गरी सहकारी मार्फत बा्रन्डिब
गर्ने काम सुरु भएको छ । मेयर प्रविधि मैत्री परियोजना सञ्चालन गरी किसानलाई
आर्थिक सहयोग गरिएको छ भने पशु पन्छीको निशुल्क उपचारको व्यवस्था गरिएको छ ।
३९) हाल सञ्चालनमा रहेको ल्यान्डफिल साइटलाई विस्थापित गरी नयाँ ल्यान्डफिल
साइटको खोजी गर्न समिति गठन गरिएको छ ।

ज्ञज्ञ

सेन्ट्रल ट्रिटमेन्ट सुविधाबाट नेपालमै पहिलो पटक अस्पताल जन्य फोहोर मैलाको
व्यवस्थापन निजी क्षेत्रसँगको सहकार्यमा अगाडि बढाइएको छ ।
४०) सडकमा छोडिएका चौपायाका कारण दैनिक दुर्घटना बढिरहेको अवस्थामा छाडा
चौपायालाई नियन्त्रण गर्नका लागि पोखरा १४ मा छाडा चौपाया व्यवस्थापन केन्द्र
सञ्चालन गरिएको छ ।
४१) सार्वजनिक निजी साझदे ारी कार्यक्रम अन्तर्गत फेवा तालको स्रोत नदीमा बनेका
सिल्टेसन ड्यामको मर्मत र थप पूर्वाधार निर्माण आयोजनाको सम्झौता भएको छ भने
अन्य २ वटा आयोजना (पाताले छाँगो र सेती खोंच) सम्झौताको चरणमा रहेको छ ।
अन्य आयोजनाहरु सञ्चालनका लागि थप अध्ययन भइरहके ो छ । यसबाट पोखरामा
पर्यटकीय गन्तव्य थप हनु ेछ भनेआम्दानी समेत बढ्ने विश्वास लिइएको छ ।
४२) विश्वका विभिन्न देशका सहरहरुसँग भगिनी सम्बन्ध विस्तार गर्ने कार्य निरन्तर
चलिरहेको छ । पोखराले अहिलेसम्म जापानको कोमागाने, चिनको लिन्जी, कुन्मिब,
गुञ्जाओ, छिन्चु, छुसाओ, नानिब, युबिन, हाइकाउ, बेलायतको लन्डन बार्नेट तथा
दक्षिण कोरियाको ग्यांबुक गु सहर, फिलिपिन्सको सन फरनान्डोसँग पनि भगिनी सम्बन्ध
कायम गरिसकेको छ । साथै नेपालको धरान र भरतपुरसँग पनि सिस्टर सिटी सम्बन्ध
कायम भएको छ । भगिनी सम्बन्ध कायम भएका अन्तर्राष्ट्रिय सहरहरुबाट आवश्यक
सहयोग नियमित प्राप्त भइरहेको छ ।
४३) शान्तिनगरचोकदेखि बुला

ैंदीसम्म रंिगन क्लस्टर अन्तर्गत सडक पेटी निर्माण
गरिएको छ । पालिखेचोकदेखि महन्ेद्रपुल, चिप्लेढुंगासम्म, केआइसिंहपुलेदेखि नदीपुरसम्म
अपांगमैत्री फुटपाथ निर्माण गरिएको छ । ४ वर्षको समयमा साना तथा ठूला फुटपाथ
निर्माणका ४१ योजना सञ्चालन भएका छन् ।
४४) चार वर्षको अवधिमा वडास्तर तथा महानगर स्तर गरी ५८ वटा सार्वजनिक
प्रकृतिका शौंचालय निर्माणका योजना सम्पन्न भएका छन् । हल्लनचोकमा व्यवस्थित
शौंचालय निर्माणको काम अगाडि बढेको छ ।
४५) यस अवधिमा ७७ वटा साना ठूला गरी मठ, मन्दिरका योजना सम्पन्न भएका छन्
भने सराबकोटको शिव मन्दिर, पुम्दीभुम्दीकोटको विशाल शिव मन्दिर निर्माणमा

ज्ञद्द

महानगरकोसाझदे ारी रहके ोछ । साना तथा ठूला गरी ६० वटा चा

तारा निर्माण र ३४

वटा चौतारा मर्मत गरिएको छ ।
४६) पोखरालाई कार्यक्षेत्र बनाई कार्यरत पत्रकारहरुको सामाजिक सुरक्षाको लागि
पत्रकार महासंघ कास्कीसँगको सहकार्यमा पत्रकार कल्याणकारी कार्यक्रम कार्यान्वयनमा
ल्याइएको छ । आगामी दिनमा मजदुर तथा श्रमिकहरुको सामाजिक सुरक्षा कार्यक्रम
लागू गर्ने नीति लिइएको छ ।
४७) गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र सञ्चालनको लागि वडा नम्बर १५, प्रदेश
ट्राफिक प्रहरी कार्यालय स्थापनाको लागि वडा नम्बर ३०, वडा प्रहरी कार्यालय बैदामको
भवन निर्माणको लागि वडा नम्बर ६ मा जग्गा व्यवस्थापन गरी संघ सरकारलाई
सिफारिस गरेको छ । वडा नम्बर १ मा रहेको साइनो अस्पतालको जग्गामा मुटु उपचार
केन्द्र बनाउने गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई, वडा नम्बर ३२ मा गण्डकी
विश्वविद्यालय स्थापना र सञ्चालनको लागि गण्डकी विश्वविद्यालयलाई, वडा नम्बर २६
मा गण्डकी आयुर्वेद औषद्यालय स्थापनाको लागि, वडा नम्बर ३० मा मालपोत कार्यालय
लेखनाथ र नापी कार्यालय लेखनाथको लागि, वडा नम्बर ३३ मा विद्युत प्राधिकरणको
सब स्टेसन निर्माणको लागि, वडा नम्बर ३३ मा विद्याश्रम निर्माणको लागि, वडा नम्बर
३३ मा औद्योगिक क्षेत्र निर्माणको लागि जग्गा व्यवस्थापन गरी संघ सरकारलाई
सिफारिस गरिएको छ ।
४८) स्थानीय तहबीचको अनुभव आदान प्रदान तथा सम्बन्ध विस्तारको लागि वार्षिक
रुपमा राष्ट्रिय मेयर सम्मेलन आयोजना गर्ने कार्य थालनी भएको छ । उक्त अवसरमा
स्थानीय तहका प्रमुखहरुको साइकल दौड प्रतियोगिता गरी पोखराको पर्यटन प्रवद्र्धन
गरिएको छ ।

ज्ञघ

सभासद मित्रहरु
पोखरा महानगरपालिकाको दीर्घकालीन सोच ।।।समुन्नत पर्यटकीय पोखरा’ लाई व्यवहारमा
रुपान्तरण गर्न ७ वटा मार्ग निर्देशित सिद्धान्तहरु तय गरिएको छ ।
१. नागरिकको मौलिक हकको संरक्षण, सामाजिक सुरक्षा एवं आत्म सम्मानको सुनिश्चित
गर्ने ।
२. नागरिकहरुलाई संगठित गर्दै सहभागितामूलक तवरले स्थानीय स्तरमा पूँजी निर्माण गरी
ज्ञान, सिप र प्रविधिमा आधारित हरित अर्थतन्त्रको विकास गर्ने ।
३. विकास साझेदारहरुसँग सहकार्य गर्दै वातावरणीय सन्तुलन, जैविक विविधता, प्राकृतिक
स्रोतहरु, सामाजिक तथा सांस्कृतिक स्रोतहरुको संरक्षणसहितको दिगो, समावेशी र
उत्थानशील भौतिक पूर्वाधारहरु निर्माण गर्ने ।
६. पारदर्शिता, जवाफदेहिता, सदाचारसहितको सार्वजनिक प्रशासन, सुसूचित
नागरिकसहितको सहभागितामूलक पद्धति प्रवद्धर्न गद
र्
ै सामाजिक न्याय तथा सुशासन

सुनिश्चित गरिने छ ।
७. दिगो विकासको लक्ष्य स्थानीयकरण गरी सामाजिक न्यायसहितको समाजवाद उन्मुख
समाज निर्माणको आधार तयार गर्ने ।
अब म, आगमी आर्थिक वर्ष २०७८÷०७९ कोलागि यस महानगरपालिकालेतर्जमुा गर्न
प्रस्ताव गरेको वार्षिक नीति तथा कार्यक्रम वाचन गर्ने अनुमति चाहन्छु ।
कोभिड नियन्त्रण सम्बन्धी नीतिहरु
१. कोभिड १९ नियन्त्रणको लागि नेपाल सरकारले जारी गरेको नीति तथा प्रतिकार्यको
खाकामा स्थानीय तहले सम्पादन गर्नु पर्ने भनी गरेको व्यवस्थाको पूर्ण पालना गर्दै त्यस
भन्दा अघि बढेर स्थानीयवासी दाजुभाइ दिदीबहिनीको जीवन रक्षाको लागि
महानगरपालिकाले हर संभव कार्य गर्नेछ । यस क्रममा, विगतबाट संचालित आइसोलेसन
तथा हालै स्थापित अस्पताल वार्डको सुसंचालन, जनशक्ति व्यवस्थापन, पिसिआर परीक्षण,

ज्ञद्ध

कन्ट्राक्ट ट्रेसिब लगायतका कार्यहरुलाई निरन्तरता दिइने छ । अग्र पंक्तिमा खटिने
स्वास्थ्यकर्मीहरुको जोखिम भक्तालाई निरन्तरता दिइने छ ।
२. कोभिड १९ बाट निधन भएका व्यक्तिहरुको शव व्यवस्थापनको कार्यलाई गुनासो रहित
तवरमा व्यवस्थापन गरिनेछ । कोभिडबाट निधन भएका व्यक्तिहरुको शव व्यवस्थापनको
लागि उपयोग गरिएको स्थानलाई पार्कको रुपमा विकास गर्ने नीतिलाई कार्यान्वयन गरिनेछ

३. कोभिड १९ को कारणले विभिन्न व्यवसायमा प्रभाव पर्न गएका व्यवसायीहरुलाई समय
सिमा दिई विभिन्न प्रकारका कर छुट तथा राहतको व्यवस्था गरिनेछ भने वैदेशिक
रोजगारीबाट फर्केका व्यक्तिहरुलाई लक्षित गरिएका कार्यक्रमहरुलाई निरन्तरता दिइनेछ ।
४. कोभिड नियन्त्रणको लागि गत आर्थिक वर्षमा विनियोजित बजेटको आधारमा तथा दोस्रो
लहरबाट हामीलाई प्राप्त सिकाइको आधारमा, एवं तेस्रो लहर समेत आउन सक्ने
आँकलनका साथ आवश्यक रकम कोभिड नियन्त्रण सम्बन्धी कोषमा विनियोजन गरिनेछ ।
पूर्वाधार क्षेत्रसँग सम्बन्धित नीतिहरु
५.विकटलाई निकट ल्याउने अठोटका साथ सुरु गरिएको कनेक्टिब सडक कार्यक्रमलाई
निरन्तरता दिइने छ । चालु आर्थिक वर्षको लागि विनियोजित भएको र कोभिडको कारणले
भएको निशेधाज्ञा समेतले प्रभाव पारी सम्पन्न हुन नसकेका आयोजनाहरु आगामी आर्थिक
वर्षमा प्राथमिकताका दिई सम्पन्न गरिनेछ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलदेखि
बेगनासताल र विमानस्थलदेखि लेकसाइडसम्म फास्ट ट्र्याक निर्माणको सम्भाव्यता अध्ययन
गरिने छ ।
६.मुख्य सहरी सडकमा गरिएको अस्फाल्ट पिचको कारणले आम जनतामा सकारात्मक
सन्देश प्रवाह भएको हुँदा यस कार्यलाई सहरको अन्य क्षेत्रमा पनि विस्तार गरिनेछ । यस
कार्यको लागि सडक निर्माणमा संलग्न राज्यका अन्य निकायहरुसँग सहकार्य गरिनेछ ।
७.अस्फाल्ट पिच गरेको सडक कुनै पनि प्रयोजनको लागि कम्तिमा २ वर्ष खन्न नपाउने
नीति निर्धारण गरिनेछ र पिच गर्नु पूर्व स्थानीयवासीहरुलाई आफ्नोआवश्यकताका कार्यहरु
सम्पन्न गर्न प्रेरित गरिनेछ ।

ज्ञछ

८.उज्यालो पोखरा अभियान संचालनको लागि नेपाल विद्युत प्राधिकरणसँग गरिएको
सहकार्यलाई निरन्तरता दिइने छ । आगामी आर्थिक वर्षमा उक्त कार्य सम्पन्न गरिनेछ ।
९. विश्व बैंकको सहयोगमा संचालित तालचोक बगे नास सडकको निर्माण कार्य आरम्भ
गरिनेछ भनेउक्त आयोजना माफर्त ् संचालन हुने अन्य योजनाहरुको छनोट गरिनेछ ।
१०. निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सन २०२१ भित्र सम्पन्न गर्न
आवश्यक सम्पूर्ण सहयोग महानगरपालिकाले उपलब्ध गराउनेछ ।
११. पोखरा क्षेत्रको समग्र ढलको व्यवस्थापनका लागि जापान सरकारको आर्थिक सहयोग
तथा संघीय खानेपानी विभागको प्राविधिक सहयोगमा संचालित गुरुयोजना निर्माण कार्यलाई
तिव्रताका साथ अगाडि बढाइनेछ । ढल प्रशोधन गर्ने प्रयोजनको लागि जग्गाको खोजी गरी
जग्गा प्राप्ति तर्फको कामलाई अगाडि बढाइने छ ।
१२.बेलायत सरकारको सहयोग निकाय युके एडको सहयोगमा सञ्चालित सुदृढ
परियोजनालाई महानगरपालिकाको क्षमता विकास, तालिम, तथा अध्ययन अनुसन्धान गर्ने
कार्यमा परिचालित गरिनेछ । कार्बन तटस्थ नीति निर्धारण तथा हरित सहर एवं अर्थतन्त्र
निर्माण गर्ने सम्बन्धी कार्यमा उक्त संस्थाको विशेषज्ञता उपयोग तथा नमूना क्रियाकलापहरु
संचालन गरिनेछ ।
१३. पूर्वाधार संरचनाहरुको प्राथमिकीकरण गर्दा आगामी आर्थिक वर्षमा सम्पन्न हुने
योजनाहरुलाई प्राथमिकतामा राखिने छ । वडा समितिको सिफारिस साथ प्राप्त सडक
आयोजनालाई प्राथमिकताका साथ बजेट विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षमा
जनताले विकासको प्रतिफल महसुस गर्न पाउने गरी, नयाँ योजनाको घोषणा गर्ने होइन,
क्रमागत योजनाहरु सम्पन्न गरी उपभोक्तालाई सुम्पने नीति लिइएको छ ।
१४.५० लाख भन्दा बढी लागत भएका योजनाहरुको मर्मत सम्भार गरी दिगोपना ल्याउने
उद्देश्यले २ प्रतिशत का दरले मर्मत सम्भार कोष कट्टा गरिने छ ।
१५.उपभोक्ताको श्रम, सिप र प्रविधिमा आधारित २५ लाख सम्मका योजनाहरु उपभोक्ता
समिति मार्फत् सञ्चालन गर्न प्रोत्साहित गरिने छ ।
१६.सडक निर्माण तर्फको बजेट विनियोजनलाई भौगोलिक हिसाबले सन्तुलित बनाइने छ ।
पोखरा उपत्यकासँग जोडिएका ग्रामीण बस्ती र वडाहरुलाई सहरी क्षेत्रसँग जोड्ने, विपत्मा

ज्ञट

उद्दार गर्दा वा स्वास्थ्य आपतकाल परी एम्बुलेन्स मगाउँदा बीचैमा अलपत्र पर्नु नपर्ने
अवस्थाको सुनिश्चितता गर्दै सडक तर्फका पूर्वाधारहरुको प्राथमिकता निर्धारण गरिएको छ ।
१७.सहरी क्षेत्रमा सडक बोर्ड मार्फत् मर्मत संभार गर्ने तथा बस्ती स्तरका छोटा बाटोहरु
५०–५० प्रतिशत उपभोक्ता तथा महानगरपालिकाले योगदान गर्ने गरी कार्यान्वयन गर्ने
नीति निर्धारण गरिएको छ ।
१८.भवन निर्माणको हकमा वडा कार्यालय तथा महानगरको प्रशासकीय भवन निर्माणलाई
पहिलो प्राथमिकतामा राखेर स्वास्थ्य तर्फका भवनहरु, कृषि एवं पशु सेवा तर्फका सेवा
केन्द्रहरु, विद्यालयका भवनहरु र सामुदायिक भवनहरु निर्माण गर्ने गरी प्राथमिकताको क्रम
निर्धारण गरिएको छ ।
१९.निर्मित भवनहरुको मर्मत संभारलाई प्राथमिकतामा राखिएको छ । आगामी आर्थिक
वर्षमा नमूनाको रुपमा विद्यालय भवनहरुमा एउटै रंग लगाउने नीति कार्यान्वयन गरिनेछ ।
२०.जापान सरकारको आर्थिक सहयोगमा पोखरा उपत्यकामा संचालित खानेपानी
योजनालाई अविलम्ब सम्पन्न गर्न महानगरपालिकाबाट सहयोग र समन्वय गरिनेछ । उक्त
खानेपानी आयोजनाले खनेका र मर्मत संभार नभएका सडकहरु तत्काल मर्मत संभार गर्न
पहल गरिनेछ ।
२१.ग्रामीण परिवशे मा संचालनमा रहेका साना ठूला खानेपानी आयोजनाहरु निर्माणलाई
तिव्रता दिइनेछ । खानेपानीको स्रोत तथा मूल दर्ता गर्ने कार्यविधि तर्जुमा गरी कार्यान्वयन
गरिनेछ ।
२२. स्रोत अभाव तथा मागमा कमीको कारणले सिँचाई क्षेत्रमा पर्याप्त बजेट विनियोजन
गर्न सकिएको छैन । आगामी आर्थिक वर्षमा वडा कार्यालयहरुबाट यस क्षेत्रमा विनियोजन
भएको रकमको अलावा, साना सिंचाइका कार्यक्रमहरु कार्यान्वयन गरिनेछ ।
२३.पोखरा सभागृहको जीर्णोद्धारको कार्य थालनी गरिनेछ । यस कार्यमा गण्डकी प्रदेश
सरकारसँग साझेदारी गरिनेछ । पोखराको सिटी बस टर्मिनल निर्माण तथा लामेआहालमा
प्रस्तावित बसपार्कको निर्माणको लागि पोखरा उपत्यका नगर विकास समिति एवं गण्डकी
प्रदेश सरकारका सम्बन्धित कार्यालयहरुसँग सहकार्य गरिनेछ । पोखरा १४ बिपी मार्ग
नजिकै स्थानीय बसपार्क निर्माण कार्य अगाडि बढाइने छ ।

ज्ञठ

२४. निर्माण सामग्री गुणस्तर मापन प्रयोगशालाको क्षमता स्तर उन्नति गरी आयोजना
कार्यान्वयन र अनुगमनको छुट्टाछुट्ट

एकाइ बनाइनेछ । निर्माण सामग्री गुणस्तर तथा
नियन्त्रण प्रयोगशाला गण्डकी बहुप्राविधिक शिक्षालयको मातहत रहने गरी संचालन गरिनेछ

२५. सुदृढ परियोजना मार्फत जोखिम संवेदनशील भू–उपयोग योजना तर्जुमा गरी
कार्यान्वयन गरिने छ भने नगर यातायात गुरुयोजनालाई अन्तिम रुप दिइर्, पोखरा भित्रका
महत्वपूर्ण सडकको सडक अधिकार क्षेत्र निर्धारण गरिनेछ । कोरिया सरकारको सहयोगमा
तयार भएको ग्रीन ट्रान्स्पोर्टेसन मेनेजमेन्ट मास्टर प्लानलाई कार्यान्वयनमा ल्याइने छ भने
पोखराको बाहिरी चक्रपथ निर्माणको पूर्व सम्भाव्यता अध्ययन समेतका आधार विस्तृत
सम्भाव्यता अध्ययन थालिने छ ।
२६.निर्माणाधीन पुल निर्माण आयोजना सम्पन्न गरी आवश्यकता एंव प्राथमिकता
समेतका आधारमा थप मोटरेबले पुल निर्माण सुरु गरिनेछ ।
२७.नक्सापास नगरी भौतिक संरचना तथा घर निर्माण गर्ने र स्वीकृत मापदण्ड विपरीत
कार्य गर्ने कार्यलाई निरूत्साहित गरी कानुनी दायरामा ल्याइनेछ । मुख्य सहरी सडकमा
नक्सा पास गरी भवन बनाउँदा अन्डर ग्राउन्ड पार्किब अनिवार्य गर्नुका साथै कोरोनाको
समयले अस्तव्यस्त भएको पर्यटन क्षेत्रलाई उकास्नका लागि व्यावसायिक तथा व्यापारिक
भवन निर्माणमा नक्सा पास दस्तुर छटु गर्ने नीति लिइनेछ । साथ

घर नक्सा पास गर्दा

अनिवार्य रुपमा गुगल प्लस कोड अंिकत गरिनेछ ।
२८.महानगरपालिकाको मुख्य बजार क्षेत्रमा दिनानुदिन बढेको ट्राफिक व्यवस्थापनको
जटिलतालाई न्यूनीकरण गर्न सडकका चोकहरुको आधुनिक डिजाइन गरी यसलाई
सरलीकरण गर्ने पूर्वाधारहरु निर्माण गरिनेछ ।
सुशासन तथा सेवा प्रवाहसँग सम्बन्धित
२९.नेपाल सरकारले कर्मचारीको हकमा लागू गरेको भत्ता वृद्धि, पर्यटन काज, बालविकास
सहयोगी कार्यकर्ताहरुकोलागि वृिद्ध गरेकोसुविधा, महिला स्वास्थ्य स्वयं सेविकाहरुकोलागि
वृद्धि गरके ोसुविधा, तथा प्रहरी कर्मचारीको हकमा वृद्धि गरेको राशन खर्च जस्ता निर्णयको

ज्ञड

कारणले सिर्जना हुने आर्थिक दायित्व वहन गर्ने गरी बजेट तर्जुमा गरिने छ । आन्तरिक
पर्यटनमा टेवा पु¥याउन जनप्रतिनिधिलाई पनि ५ दिनको पर्यटन बिदा उपलब्ध गराइने छ ।
३०.समग्र कर्मचारीहरुको मनोबल उकास्न तथा कर्मचारीहरुको बीचमा टिव वर्कको भावना
विकास गर्न स्थानीय कर्मचारी सेवा ऐनको समसामयिक परिमार्जन गरिनेछ । साविकका
स्थानीय निकायमा नियुक्त भई कार्यरत कर्मचारीहरुको समायोजन गर्न आवश्यक व्यवस्था
गरिने छ ।
३१. जनतालाई पायक पर्ने गरी महानगरको प्रधान कार्यालय पोखरा मनपा वडा न. १२
मा निर्माण कार्य यस

वर्ष सुरु गरिनेछ । वडा न. ८ मा रहके ो पुरानो दमकलमा
महानगरका महाशाखाहरु रहने गरी भवन निर्माण कार्य सम्पन्न गर्नुका साथै स्थानीय
सेवा प्रवाहको पहिलो सम्पर्क विन्दुको रुपमा रहेका वडा कार्यालयहरुको भवन निर्माण
अभियानलाई निरन्तरता दिइने छ । जमीनको व्यवस्थापन भएको स्थानमा वडा भवन
निर्माण आरम्भ गरिनेछ ।
३२. शान्ति सुरक्षा, कानुन कार्यान्वयन, महिला सुरक्षा लगायतका कार्यमा बहउु पयोगी हुने
गरी सहरमा सिसिटिभीको नेटवर्क जडान गरी जिल्ला प्रहरी कार्यालयमा कन्ट्रोल रुम
स्थापना गर्ने तथा नगर प्रहरी तथा अन्य सुरक्षा अंगले त्यसको उपयोग गर्ने गरी स्थानीय
प्रशासनसँग साझेदारीमा संचालन गरिनेछ ।
३३. सार्वजनिक सम्पत्ति माथि विभिन्न स्वरुपमा अतिक्रमण गर्ने एवं बाध्य नभई कानुनको
पालना नगर्ने परिपाटी अझै पनि विद्यमान रहेकोले यसको निगरानी तथा नियन्त्रणको लागि
नगर प्रहरीलाई थप जनशक्ति तथा स्रोत साधनयुक्त बनाइनेछ । नगर प्रहरी सेवालाई
ब्यारेक प्रणालीमा रुपान्तरण गरी २४ घण्टा नै ड्युटीमा खटाउने गरी व्यवस्थापन गरिनेछ ।
३४.महानगरपालिकाबाट प्रदान गरिने सेवालाई सूचना प्रविधितर्फ अग्रसर गराइनेछ ।
व्यवसाय करलाई डिजिटल वालेट मार्फत् भुक्तानी गर्न सकिने पूर्वाधार निर्माण गरी सेवा
आरम्भ गरिनेछ । महानगरपालिकाको अभिलेख व्यवस्थापनमा सूचना प्रविधिको प्रयोग र
विस्तार गरिनेछ ।

ज्ञढ

३५. वडा कार्यालयलाई जनशक्ति तथा थप स्रोत साधनयुक्त बनाइनेछ । जनताले प्राप्त गर्ने
आधारभूत सेवाहरु वडा कार्यालयबाट नै प्राप्त गर्न सक्ने नीति लिइनेछ । खर्च केन्द्रको
रुपमा विकास गरिएको वडा कार्यालयलाई थप अधिकार र जिम्मेवारी प्रदान गरिनेछ ।
३६. प्रशासनिक खर्च कटौतिको लागि प्रविधितर्फ आकर्षित हुन नसकेका तथा उत्पादकत्व
कमहँुदै गएका कर्मचारीहरुलाई लक्षित गरी स्वेच्छिक अवकाशको नीति तर्जमु ा गरिनेछ ।
अत्यावश्यक बाहके , यस्ता दरबन्दीहरु पुनः पदपूर्ति गरिनेछ

न ।

३७. तत्कालीन नगर पञ्चायत, नगरपालिका, उपमहानगर पालिका, लेखनाथ नगरपालिका
साथै गाभिएका सम्पूर्ण गाविसहरुबाट आएका भौतिक सम्पत्ति, निर्णय तथा कर्मचारीहरुको
अभिलेखलाई डिजिटल गरिनेछ ।
३८. संस्थागत विकाससँग जोडिएका कर्मचारीहरुको क्षमता विकासमा जोड दिँदै
आवश्यकता अनुसार क्षमता विकासको अवसर प्राप्त गर्ने गरी कार्यक्रमहरु तर्जुमा गरिने
छन् । कर्मचारीलाई कार्यसम्पादनका आधार पुरस्कार र दण्डको नीति लिइनेछ ।
३९. फिर्के खोला, विजयपुर खोला, सुइखेत खोला, भोटी खोला, स्यानी खोला, स्याबखुदी
खोला, गुप्तेश्वर गुफा क्षेत्र र फुस्रे खोला क्षेत्रको मापदण्ड परिमार्जनको लागि विज्ञ
सदस्यहरु समेतको कार्यदल गठन गरिएकोले उक्त समितिको सिफारिसको आधारमा नगर
कार्यपालिकाले उक्त मापदण्ड परिमार्जन गर्न सक्ने कानुनी प्रबन्ध गरिनेछ ।
शिक्षा
४०.सबैका लागि शिक्षा कार्यक्रमलाई विशेष प्राथमिकता दिई बाल विकास केन्द्रको क्षमता
अभिवृद्धि गर्दै गुणस्तरीय शिक्षामा जोड दिनुका साथै व्यवस्थित कक्षा कोठा तथा सिकाइ
केन्द्र निर्माण गर्दै लगिनेछ । सबैका लागि शिक्षा कार्यक्रमलाई निरन्तरता दिँदै ४ वर्ष उमेर
समूहका सबै बालबालिकाहरूलाई पूर्व प्राथमिक कक्षाको अनुभवसहित कक्षा १ मा भर्ना गर्ने
व्यवस्था गरिनुका अतिरिक्त विद्यालय उमेर समूहका विद्यार्थी विद्यालय बाहिर नरहने
वातावरण तयार गरिनेछ ।
४१.सिकाइका लागि अनुभव, शिक्षामा नवीनताका लागि दक्ष शिक्षक अवधारणालाई अगाडि
बढाइ विद्यालय शिक्षकहरूका लागि छोटा अवधिका विषयगत पुर्नताजगी तालिमहरू

द्दण्

संचालन गर्दै लगिनेछ । पूर्व प्राथमिक शिक्षाका शिक्षकहरूलाई अनिवार्य रूपमा तालिम
प्रदान गरिनेछ ।
४२.गण्डकी बुहुप्राविधिक शिक्षालयमा विषयहरु थप गरी अध्ययनको दायरा फराकिलो
बनाइनेछ । विशेष अनुदान तथा नगरपालिकाको दायित्व समेतबाट बहुवर्षीय खरिद मार्फत
भवन निर्माण गरिने तथा शिशुवा अस्पतालको स्तरोन्नति गरी नर्सिबतर्फको कार्यक्रम थप
गरिनेछ । सामुदायिक विद्यालयहरुलाई क्रमशः प्राविधिक विद्यालयमा स्तरोन्नति गर्ने, बाल
विकास केन्द्र, आधारभूत विद्यालय, माध्यामिक विद्यालय, सामुदायिक सिकाइ केन्द्रहरुको
स्तरोन्नति गर्दै प्राविधिक शिक्षाको अनुपात वृद्धि गरी रोजगार मूलक शिक्षामा जोड दिइनेछ ।
४३.महानगर शिक्षा परिषद् र वडा शिक्षा समिति, विद्यालय व्यवस्थापन समितिहरुलाई
सवलीकरण गरी विद्यालय अनुगमनलाई प्रभावकारी बनाइँदै सबै प्रकारका विद्यालयको स्तर
वृद्धिमा जोड दिइनेछ ।
४२. दश वर्षे शिक्षा योजनालाई कार्यान्वयन गर्दै स्थानीय बजार र सम्बन्धित
प्रतिष्ठानहरूको माग अनुसारका व्यावसायिक विषयहरूको अल्पकालीन एवं मध्यकालीन
तालिमहरू सञ्चालन गर्दै लगिनेछ । यसका लागि नेपाल सरकारबाट पूर्व निर्धारित
पाठ्यक्रम अनुसरण गर्नुका साथै आवश्यकता अनुसार स्थानीय माग बमोजिमको पाठ्यक्रम
निर्धारण गरी व्यावसायिक तालिम सञ्चालनको अवधारणा बनाइनेछ ।
४४.कोरोना संक्रमणका कारण विद्यालय सञ्चालन गर्न नसक्दा विद्यार्थीमा परेको असर
समेतलाई मध्यनजर गद
र्
ै आगामी दिनमा विद्यालयहरूमा वबे साइट निर्माण, इन्टरनेट,
इन्ट्रानेट सुविधा विस्तार गरी कक्षा कोठा प्रविधि मैत्री बनाउँदै एक विद्यालय एक प्राविधिक
कक्ष निर्माण कार्य अनिवार्य गर्दै लगिने छ ।
४५.स्थानीय विषयवस्तु र परिवेश समेटी तयार गरिएको स्थानीय पाठ्यक्रम आगामी
शैक्षिक सत्रबाट कार्यान्वयनमा ल्याइने छ ।
४६.स्थानीय तहभित्र सञ्चालन गर्न सकिने सम्भाव्य प्राविधिक कार्यक्रमहरू र त्यसका लागि
आवश्यक भौतिक पूर्वाधारहरू, जनशक्तिको विश्लेषण गरी स्थानीय बजारका आवश्यक
जनशक्ति स्थानीय स्तरमै उत्पादन गरी रोजगारमूलक शिक्षामा जोड दिइने छ ।
४७.फरक तथा विशेष क्षमता भएका विद्यार्थीहरूको सिकाइलाई निरन्तरता दिइने छ ।

द्दज्ञ

४८.महानगरस्थित निजी तथा सामुदायिक शैक्षिक संघ संस्था तथा प्रतिष्ठानहरुसँग सहकार्य
गरी शैक्षिक तथा वा

ैद्धिक गतिविधिहरुलाई बढवा दिइनेछ ।

४९.सामुदायिक स्वास्थ्य संस्थाहरुको सहकार्यमा एक विद्यालय एक प्राथमिक उपचार एकाइ,
एक विद्यालय एक स्वास्थ्यकर्मी कार्यक्रम कार्यान्वयन गर्दै लगिनेछ ।
५०.समुदाय र विद्यालयको साझदे ारीमा विद्यालय हरियाली कार्यक्रम सञ्चालन गरी
विद्यालयमा हरियाली प्रवद्र्धन गरिने छ ।
खेलकुद
५१.महानगरीय खेलकुद विकास समितिका मार्फत् वडास्तरमा खेल प्रतियोगिता तथा
प्रशिक्षण संचालन गरिनेछ । पोखरा महानगरलाई खेलकुद सहरका रुपमा विकास गर्न नेपाल
सरकार र प्रदेश सरकारको सहकार्यमा राष्ट्रिय, स्थानीय र अन्तर्राष्ट्रियस्तरका खेल पूर्वाधार
निर्माण र भएका पूर्वाधारको स्तरोन्नति गर्ने कार्यलाई निरन्तरता दिइने छ ।
५२.विद्यालयमा खेल मैदान निर्माण कार्यलाई प्रोत्साहन दिँदै विद्यालय स्तरमा
महानगरस्तरीय मेयर कप खेलकुद प्रतियोगिता सञ्चालन गरिनेछ ।
५३.स्वास्थ्यका लागि व्यायाम कार्यक्रमलाई निरन्तरता दिँद

एक टोल, एक खुल्ला क्षेत्र, एक
खुल्ला क्षेत्र एक व्यायामशाला कार्यक्रम सञ्चालन गरिनेछ । महानगर वर्ष खले ाडी छनोट
गरी सम्मान गर्ने व्यवस्था गरिनेछ ।
भाषा, कला, साहित्य, संस्कृति
५४.पोखरा महानगरपालिका वडा नम्बर २७ अर्चलेस्थित कवि शिरोमणि लेखनाथ
पौड्यालको जन्मस्थललाई साहित्य अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने कार्यलाई
निरन्तरता दिइनेछ ।
५५.महानगर रत्न चयन गरी सम्मान गरिनेछ । पोखरा साहित्य महोत्सव सञ्चालन गर्नुका
साथै महानगरवासी स्रष्टाहरूको अभिलेख तयार गरी व्यवस्थित गरिनेछ ।
५६. विद्यालयस्तरमा कला, साहित्य भाषा संरक्षण तथा विकासका लागि आवश्यक कार्यक्रम
संचालन गर्दै बालबालिकालाई भाषा साहित्य कला संगीतमा रूचि बढाउनका लागि
विद्याालय स्तरमा कार्यक्रम संचालन गर्दै लगिनेछ ।
युवा तथा स्वरोजगार प्रवद्र्धन कार्यक्रम

द्दद्द

५७.युवा परिषद् मार्फत् वडास्तरमा नै युवा गुनासो सुनाइ तथा सहयोग कक्ष स्थापना गरी
युवालाई व्यवसाय तथा उद्यम मूलक कार्यमा जोडिनेछ ।
५९.केन्द्र सरकारबाट अगाडि बढाइएको युवा सभासद कार्यक्रम निरन्तरता दिनुका साथै एक
वडा एक उत्पादन कार्यक्रम अगाडि बढाइनेछ ।
६०.विपद् उत्थानकार्यमा युवाहरू परिचालन गर्न एक वडा एक विपद् उद्धार समूह तयार
गरी परिचालन गरिनेछ ।
स्वास्थ्य तथा सामाजिक विकास तर्फ
६१.स्वास्थ्य सेवालाई जनताको सहज पहँचू मा पु¥याउन एम्बुलेन्सहरुको एकीकृत सेवाको
अवधारणा विकास गरिनेछ । तीन अंकको कल सेवा तथा रेडियोयुक्त एम्बुलेन्सहरुको लागि
साझेदार संस्थाको खोजी गरी सहकार्य गरिनेछ । नगरपालिका भित्र एम्बुलेन्स स्टेसन
स्थापना गरिनेछ ।
६२.सीमान्तकृत तथा एकल महिलाहरुलाई लक्षित गरिएको उपमेयरसँग महिला कार्यक्रमको
उत्साहजनक प्रतिक्रिया प्राप्त भएकोले उक्त कार्यक्रमलाई विस्तार गरिनेछ ।
६३.महानगरले प्रदान गर्नु पर्ने आधारभूत स्वास्थ्य सेवाको लागि स्वास्थ्य सेवा केन्द्रहरुको
म्यापिब गरिनेछ । जनसांख्यिक बनोटमा भइरहके ो परिवर्तन तथा बढ्दो सडक संजाल
समेतको विश्लेषण गरी स्वस्थ्य संस्थाहरु एकीकृत र व्यवस्थित गरिनेछ ।
६४.स्वास्थ्य कार्यालयहरुबाट प्रदान गरिने निशुल्क औषधीको लागि नपुग बजेटको व्यवस्था
गरिनेछ । आवश्यकताको आधारमा स्वास्थ्य क्षेत्रको जनशक्ति सम्बन्धी संरचना परिमाजर्न
गरिनेछ ।
६५.साविकको लेखनाथ नगरपालिका भवनमा हाल निर्मित कोभिड वार्डलाई क्रमशः शिशुवा
अस्पतालकोमूख्य संरचनाकोरुपमा विकास गरिनेछ । ५० शड्ढ

याकोउक्त अस्पतालमा ५०
शैड्ढया थप गरी क्रमशः १ सय शैड्ढयाको अस्पतालको रुपमा विकास गरी आत्मनिर्भर रुपमा
संचालित हुनेतर्फ अग्रसर गराइनेछ ।
६६.युवा क्लबहरु, आमा समूह तथा टोल विकास संस्थाहरुलाई सामाजिक अभियानका
कार्यक्रममा परिचालन गरिनेछ । उत्कृष्ट कार्य गर्ने यस्ता संस्थाहरुलाई उचित अवसरमा
सम्मान गर्ने नीति लिइनेछ ।

द्दघ

६७.ज्येष्ठ नागरिकलाई नेपाल सरकारले प्रदान गरेको सामाजिक सुरक्षा भत्तामा थप गरी
प्रदान गरिने रकमलाई निरन्तरता प्रदान गरिनेछ । ज्येष्ठ नागरिकहरुको लागि दिवा सेवा
केन्द्र स्थापना गर्ने नीति लिइने छ ।
६८.सडक बालबालिकाहरुको पुनस्र्थापनाको लागि निर्माणाधीन संरचनालाई सम्पन्न गरी
आगामी आर्थिक वर्षबाट संचालनमा ल्याइनेछ । मानव सेवा आश्रम जस्ता परोपकारी
संस्थाहरुसँग भइरहेको सहकार्यलाई निरन्तरता प्रदान गरिनेछ ।
६९.स्थानीय न्यायिक समितिलाई थप स्रोत साधनले युक्त बनाइनेछ । पर्याप्त जनशक्तिको
व्यवस्थापन गरी इजलास तथा मेलमिलापका कार्यलाई प्रभावकारी बनाइनेछ । वडा वडामा
स्थापना भएका मेलमिलाप समितिहरुलाई लक्षित गरी क्षमता विकासका कार्यक्रमहरु
कार्यान्वयन गरिनेछ ।
७०.निर्मित पूर्वाधार संरचना मर्मत गरी वा नयाँ निर्माण हुने संरचनालाई अपांगमैत्री
बनाउने, विभिन्न प्रकारका अपांगता भएका लक्षित वर्गको लागि सहायता सामग्री
हस्तान्तरण कार्यहरुलाई निरन्तरता दिइएकोछ ।
वातावरण तथा विपद् व्यवस्थापन क्षेत्र
७१.आगामी आर्थिक वर्षमा ल्यान्डफिल साइटको व्यवस्थापनको लागि जमिन खरिद गरी,
ल्यान्डफिल निर्माणको कार्य आरम्भ गरिनेछ । स्थायी स्यानिटरी ल्यान्डफिल व्यवस्थापन
नभए सम्म अस्थायी ल्यान्डफिलको व्यवस्थापन गरेर विमानस्थल सञ्चालनमा सहजीकरण
गरिनेछ ।
७२.विपद् व्यवस्थापन गर्ने क्रममा उपलब्ध गराउने राहत रकमलाई समसामयिक बनाई
निरन्तरता प्रदान गरिनेछ । विपद्को कारणले सडक, खानेपानी, सिँचाई, भवन जस्ता
पूर्वाधारमा पुग्न सक्ने क्षति रोक्न वा भइसकेको क्षतिको पुनर्निर्माण गर्न चालु आर्थिक वर्षमा
अवलम्बन गरिएको नीतिलाई निरन्तरता दिइनेछ । भौतिक पूर्वाधार निर्माण गर्दा
वातावरणमा परेको क्षति बारे अध्ययन गरी न्यूनीकरणका कार्यक्रम सञ्चालन गरिने छ ।
७३. निजी सवारी साधन खरिद गर्दा पार्किब स्थल एकिन गर्नुपर्ने र यस्तो सवारी साधनले
घर कम्पाउन्डबाट हिलो सडकमा ल्याउन नसक्ने गरी पार्किब स्थलको निर्माण तथा मर्मत
गर्नुपर्ने नीति निर्धारण गरी आम पोखराबासीलाई यो नीति अनुसरण गर्न आह्वान गरिनेछ ।

द्दद्ध

७४. पोखरामा संचालित साना ठूला वर्कसपहरुले सडक पेटीमा सवारी साधन धनु नपाउने
तथा सावरी साधनमा प्रयोग हुने मोबिल बगाई सडक वा नाली प्रदुषित गर्न नपाउने र
गरेमा जरिवाना गर्ने नीति अवलम्बन गद
र्
ै वर्कसपकोमापदण्ड परिमाजर्न गरिनेछ ।

७५.अग्नी नियन्त्रण तथा प्रकोप व्यवस्थापनमा खटिने कर्मचारीहरुको संख्या पुनरावलोकन
गरिनेछ भनेउक्त कार्यमा खटिनेजनशक्तिलाई तालिमकोव्यवस्था गरिनेछ ।
७६.अग्नी नियन्त्रण, वर्कशप, ल्यान्डफिल, नगर प्रहरी तथा महाशाखाहरुको लागि
आवश्यकताको आधारमा प्राथमिकता तय गरी सवारी साधनहरु खरिद गरिनेछ ।
७७.प्रकोप व्यवस्थापन कोषमा आवश्यक रकम विनियोजन गरी प्रकोप पश्चातको प्रतिकार्य
तथा निर्मित संरचनाको मर्मत संभारलाई निरन्तरता प्रदान गरिनेछ ।
७८. पोखरा २८ ठलू ाकोटमा एस्टोनोमी पार्क निर्माण तथा पोखरा ६ वसुन्धरा पार्कमा थप
पूवार्धार निर्माण गरिने छ ।
आर्थिक विकास क्षेत्र
पर्यटन
७९.पोखरालाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्य बनाउन पोखराको पर्यटकीय ब्रान्डिब र
बजारीकरण गरिने छ । पोखरा महानगरको लक्ष्य पर्यटकको सेवा, सुविधा र सुरक्षा
प्रत्याभूति गराउनका साथै स्वदेशी तथ विदेशी पर्यटकको आगमनमा वृद्धि गर्न आवश्यक
पहल गरिने छ ।
८०.पोखरास्थित प्राकृतिक सम्पदा ताल, नदी नाला, गुफा, धार्मिक स्थल, कोटहरुको संरक्षण
गर्दै पर्यटकीय गन्तव्य सूचना केन्द्र स्थापना गर्नुका साथै निजी क्षेत्रको साझेदारीमा पोखरा
बहुउद्देश्यीय टावर निर्माणको अध्ययन गरिने छ ।
८१.पर्यटन पूर्वाधारहरुको निर्माण, पर्यटन प्रवद्र्धन, पर्यटन क्षेत्रमा क्रियाशील जनशक्तिको
क्षमता विकास तथा होम स्टेहरुको क्षमता विकास एवं प्रचार प्रसार गरी पर्यटन क्षेत्रलाई
पुर्नउत्थानको नीति लिइनेछ ।
८२. पोखरा पर्यटन विश्वविद्यालय स्थापनाको लागि नेपाल एकेडेमी अफ टुरिजम एन्ड
होटेल म्यानेजमेन्ट (नाथुम)सँग सहकार्य गरिने छ ।

द्दछ

८३. निजी क्षेत्रको सहकार्यमा पोखरा कोसेली घर सञ्चालन गरिने र पोखरा घण्टाघर
निर्माणलाई अगाडि बढाइने छ ।
सहकारी
८४. महानगरपालिकामा संचालित सहकारीहरुलाई एक सहकारी एक उत्पादनका
कार्यक्रममा थप प्रोत्साहनका साथ परिचालन गरिनेछ । सहकारीहरुको अनुगमन तथा
वित्तीय स्वस्थता निगरानी गर्ने कार्यलाई निरन्तरता दिइनेछ । सीमान्तकृत समुदायको
सहकारीमा प्रतिनिधित्वकोलागि सहकारी संस्थाहरुलाई प्रोत्साहित गरिनेछ ।
८५. सहकारीहरुलाई विकासको साझेदारको रुपमा विकास गरिने छ । एक सहकारी एक
युवा उद्यम कार्यक्रमलाई अगाडि बढाउँदै युवा उद्यमी सहकारी सञ्चालनसहित रोजगारीका
अवसर सिजर्न ा गरिनेछ । विपन्न वर्गकोलागि उत्पादन मूलक व्यवसायमा व्याज अनुदान
उपलब्ध गराउने नीति लिइनेछ ।
कृषि ( उत्पादनमा वृद्धि, महानगरको समृद्धि)
८६. कृषि तथा पशु जन्य उत्पादनमा आधुनिक प्रविधि प्रयोगमा ल्याई व्यावसायिक कृषि
तथा पशु पालनमा प्राथमिकता दिँदै उत्पादनमा वृद्धि गरी आत्म निर्भर बनाउँदै लगिने छ ।
८७. समावेशी स्थानीय आर्थिक विकासको रणनीतिपत्रलाई कार्यान्वयन गरिनेछ । स्थानीय
कृषि तथा अन्य उत्पादनलाई ब्रान्डिब गर्ने, मौलिक कृषि उत्पादनहरुको समर्थन मूल्य तोक्ने,
स्वरोजगार तथा उद्यमशीलता प्रवद्र्धनका कार्यक्रमहरु संचालन गर्ने तथा कृषि उत्पादनलाई
पर्यटन स्तरीय होटल एवं रेस्टुरासँग आवद्ध गर्ने नीति निर्धारण गरिएको छ ।
८८. ।।।खते ी योग्य गह्रा, बनाआ

ैं हराभरा’ अभियानका रुपमा सञ्चालन गरिने छ । जसका
लागि अनुदानमा बिउ उपलब्ध, सिँचाइ सुविधा विस्तार, गुणस्तरीय कृषि उत्पादनको
सामग्रीको सहज उपलब्धता गराउनका साथै कृषि स्रोत केन्द्र र कस्टम हायरिब केन्द्र क्षमता
विकास गरिने छ ।
८९. मत्स्य पोखरी निर्माणमा जोड दिँदै पोखरा १९ लाई ट्राउट माछा उत्पादन पकेट क्षेत्र
घोषणा गरी ट्राउट माछा फर्म विस्तार तथा प्रवद्र्धन गरिने छ ।

द्दट

९०. सब

पशुहरुको आधारभूत स्वास्थ्य सेवा, कृत्रिम गर्भाधान कार्य निशल्ुक उपलब्ध
गराइने छ । मासु प्रजातिलाई मध्य नजर गर्दै साझेदारीमा वधशाला तथा वध स्थल निर्माण
कार्य अगाडि बढाइने छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति
९१. निर्यात जन्य बस्तुहरुको पहिचान गरी उत्पादन वृद्धि गरिने छ । ती सामग्रीको ब्रान्डिब
गरी अन्तर्राष्ट्रिय बजारमा पु¥याउनको लागि पहल गरिने छ ।
९२.स्थानीय कच्चा पदार्थमा आधारित उद्योगलाई विस्तार विकास र आधुनिकीकरण गरिने
छ । जडिबुटी जन्य उत्पादनहरुलाई प्रसोधन तथा बजारीकरणमा जोड दिइने छ । बजार
अनुगमनलाई प्रभावकारी बनाउन शाखा स्थापनाको नीति लिइने छ ।
राजश्व प्रशासन सुधार सम्बन्धी
९३. सार्वजनिक निजी साझेदारी मार्फत फेवा ताल संरक्षण, सेती नदी तथा रामघाट क्षेत्रको
संरक्षण र विकास, पोखरामा पर्यटकीय गन्तव्यको विस्तार गर्ने जस्ता नीति निर्धारण गरिनेछ
। सानिसा अवधारणा मार्फत्स्थानीय आर्थिक विकास गर्ने, रोजगारीका अवसर सिजर्न ा गर्ने
तथा महानगरपालिकाको लागि दिगो आय व्यवस्थापन गर्ने जस्ता कार्य गरिने छ ।
९४. कोभिडको महामारीले पिल्सिएका आम पोखरावासीलाई करको भार नपार्न आगामी
आर्थिक वर्षमा करका दरहरुमा वृद्धि गर्ने प्रस्ताव गरिएको छैन, तर सब

प्रकारका कर दस्तुर

तथा शल्ुकहरुलाई वज्ञ

ानिक बनाउनेतथा प्राविधिक त्रुटिहरु सच्याउनेप्रयास गरिनेछ ।
९५.सम्पत्तिको मूल्यांकनको आधारमा सम्पत्ति करलाई प्रगतिशील करको रुपमा परिचालन
गरिने छ । अत्यावश्यक नभई सम्पत्ति कर नतिर्ने (नन्फाइलर) हरुलाई सालवसाली सम्पत्ति
कर तिर्न प्रोत्साहन गर्ने उद्देश्यले सम्पत्ति करको मूल्यांकन प्रक्रियालाई थप वैज्ञानिक
बनाइनेछ ।
९६.व्यवसाय करको दायरा विस्तार गर्न अभियानहरु संचालन गरिनेछ । वहाल करलाई
करदाताले तिर्न सक्ने क्षमतामा आधारित भई दरहरु निर्धारण गरिनेछ ।
९७. करदाता शिक्षा कार्यक्रम मार्फत प्रत्येक घर घरमा करको दायित्व तथा नागरिकको
कर्तव्यको विषयमा जानकारी प्रवाह गरिनेछ ।

द्दठ

करलाई दायित्व वा बोझको रुपमा नभई सम्मानीत जीवनयापनको एउटा अनिवार्य शर्तको
रुपमा स्थापित गर्न आवश्यक पहल गरिनेछ ।
९८.सरसफाइ शुल्कलाई विगतमा गरिएको अभ्यासहरुको तुलनात्मक अध्ययन गरी सेवा
प्रदायक तथा सेवाग्राही दुब

लाई सहज हनु े गरी परिमार्जन गरिनेछ । ल्यान्डफिड साइटको
वैकल्पिक व्यवस्थापन गर्नुपर्ने भएकोले सरसफाइ कार्यमा हाल गरिएको प्रबन्ध आवश्यक
परिमाजर्न सहित थप केही समय निरन्तरता प्रदान गरिनेछ ।
९९. महानगरपालिकाबाट समेत कर चुक्ताको प्रमाण पत्र जारी गर्ने कार्यको संभाव्यता
अध्ययन गरिने छ । राजश्व शाखा, ठूला करदाता शाखा तथा आय ठेक्का व्यवस्थापन
शाखाको रुपमा विकास गरिएको राजश्व प्रशासनलाई क्रमशः महाशाखाको रुपमा विकास
गरी राजश्व प्रशासन, कर निर्धारण, कर परीक्षण वक्यौता असूली लगायतका कार्यमा
स्वायत्त हुने गरी परिचालन गरिनेछ । कर निर्धारणमा एक जना कर्मचारीको मात्रै भूमिकाको
पुनरावलोकन गरी कम्तिमा २ जना कर्मचारी संलग्न हुने प्रणाली विकास गरिनेछ ।
१००. आन्तरिक आम्दानीको ठूलो हिस्साको रुपमा रहेको नदी जन्य सामग्रीको उत्खनन् गर्ने
क्रममा नदी क्षेत्र सम्म जाने बाटोको मर्मत संभार, प्रारम्भिक वातावरणीय मूल्यांकन
प्रतिवेदनले आंैल्याएका प्रभाव न्यूनीकरणका उपायहरुको कार्यान्वयन जस्ता कार्यमा बजेट
व्यवस्था गरी कार्यान्वयन गरिनेछ ।
विविध
१०१.सुकुम्वासी, अव्यवस्थित बसोवासी तथा भूमिहीन दलितको समस्या नेपाल सरकारको
सम्बन्धित निकायको सहयोगमा समाधान गरिनेछ । उक्त समस्याको स्थायी समाधान
पश्चात जोखिमपूर्ण स्थानहरुमा कोही कसैलाई पनि जमीन अतिक्रमण गरी बस्न दिइने छैन

१०२.विश्व मञ्चमा महानगरको उपस्थिति बढाउन भगिनी सम्बन्ध स्थापना गर्ने तथा
सम्बन्ध भएका सहरहरुसँगको सहकार्यलाई सघन बनाउने कार्य सम्पन्न गरिनेछ ।
१०३.फेवाताल लगायत पोखराका अन्य ७ तालहरुको सिमांकन सम्पन्न भई सकेकोले उक्त
तालहरुको मापदण्ड निर्धारण गरिनेछ ।

द्दड

उक्त सबै ताल क्षेत्रलाई पर्यावरण, पर्यटन तथा स्थानीयवासीको जीवनयापनसँग सामाञ्जस्य
गरी विकास तथा संरक्षणको गुरुयोजना तर्जुमा गरिनेछ । ताल संरक्षणको लागि प्राविधिक
रुपमा सम्भव भएको स्थानमा जग्गा एकीकरण आयोजना कार्यान्वयन गरिनेछ ।
१०४.सञ्चारकर्मीहरुको सामाजिक सुरक्षाको लागि स्थापना गरेको कल्याणकारी उपचार
कार्यक्रमको मूल कोष अक्षय रहने गरी पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघ
कस्की शाखाले सञ्चालन र व्यवस्थापन गर्ने प्रबन्ध मिलाइने छ ।
अन्तमा, प्रस्तुत नीति तथा कार्यक्रम तर्जुमा गर्ने कार्यमा प्रत्यक्ष तथा परोक्षरुपमा सहयोग
पु¥याउनुहुने सम्पूर्ण कार्यपालिका सदस्यज्यूहरु, सभासदज्युहरु, नगरस्थित क्रियाशील
राजनीतिक दलहरु, नगरबासी दाजभु ाइ तथा दिदीबहिनीहरु, कर्मचारी मित्रहरुलाई पुनः
धन्यवाद दिन चाहन्छु । पोखराको विकास प्रक्रियामा सहयोग उपलब्ध गराउने नेपाल
सरकार,गण्डकी प्रदेश सरकार, दातृ निकाय, सहयोगी संघ संस्था तथा निकायहरु, निजी क्षेत्र
प्रति म, पोखरा महानगरपालिकाको तर्फबाट हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि
सहयोग निरन्तर रुपमा प्राप्त हुने नै छ भन्ने विश्वास गर्दछु । धन्यवाद ।

जय पोखरा नगरबासी !
जय पोखरा महानगरपालिका !!

मानबहादुर जिसी
प्रमुख

Comments are closed.