पोखरा महानगरपालिकाको मेयर पदका लागि आशिष थापा(श्याम )को उम्मेदवारी दर्ता

पोखरा ,

गण्डकी प्रदेशको राजधानी पोखरा महानगरपालिकाको मेयर पदका लागि आशिष थापा(श्याम )ले उम्मेदवारी दर्ता गराएका छन् । उन्नत लोकतन्त्र पार्टीबाट थापाले प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेका हुन् । उन्नत लोकतन्त्र पार्टीको जिल्ला अध्यक्ष थापाले पोखरा महानगरपालिका को नगर प्रमुख पदमा उमेदवारी दिएका हुन। उहाँको प्रस्तावकको रूपमा पोखरा १२ माटेपानी शितलादेबी परिषदका अध्यक्ष बिनोद बहादुर कार्की र समर्थक मा पोखरा मालेपाटन ५ निवासी क्षेत्री समाज कास्की नगर कमिटी सदस्य निर्मला बराल हुनुहुन्छ । उन्नत लोकतन्त्र पार्टी नेपालले नेपाल साथै बिश्व इतिहासमै पहिलोपटक नयाँ युग शुरुआत का लागि कानुनी बैधानिकता प्राप्त तमसुक पत्र सार्वजनिक गरेको छ,यस्को पुष्टि निर्वाचन आयोगका कानुनी सल्लाहकारले गरिसकेको अवस्था छ। यस पार्टीको तमसुक पत्र भनिन्छ भने अन्य दलहरूले घोषणा पत्र भन्नेमा गर्दछन । सो पार्टीका उम्मेदवारहरु ले तमसुक पत्र मा मन्जुरी को औठाछाप लगाइ नगद रु १ रुपैयाँ लिएर आफ्नोे मतदाताहरु लाई बिक्रि बितरण गरिरहेका छ्न। आजसम्मको भोट खेर गयो अब भोट खेर जाँदैन पोखरा महानगरवासीले बत्ती पानी, स्वास्थ्य शिक्षा र भूमिहीनले आवास निःशुल्क प्राप्त गर्नु हुनेछ ।सोही पार्टीको तर्फबाट वडा नम्बर ८ ,९ र २६ बाट क्रमश सरिता कुवर ,हरि भुजेल र पवन ढुंगाना समेतको उम्मेदवारी आज दर्ता गरेका छन् ।

Comments are closed.