पोखरा महानगरपालिका वडा १ मा एमाले, २ मा कांग्रेस विजयी

पोखरा हटलाइन,

पोखरा महानगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा नेकपा एमालेका सहारा प्रधान बिजयी भएका छन् ।
आज सोमवार विहान सम्पन्न मतगणनामा निकटम प्रतिष्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार सीता गुरुङलाई ४१ मतले पराजित गर्दै प्रधान बिजयी भएका हुन् ।
बिजयी प्रधानले १ हजार १ सय ४५ मत प्राप्त गरे भने पराजित गुरुङले १ हजार १ सय ४ मत प्राप्त गरिन् ।
वडा सदस्यमा ३ सदस्य नेकपा एमाले र एक खुल्ला सदस्यमा कांग्रेस बिजयी भएका छन् । खुल्ला सदस्तर्फ एमाले ऋषिराम पौडेल र कांग्रेसका रामजीप्रसाद पौडेल बिजयी भएका छन् । यसैगरी महिला सदस्यमा शोभा गुरुङ र दलित महिला सदस्यमा सुकमाया दमाई निर्वाचित भएका छन् ।
यस्तै,पोखरा महानगरपालिका वडा नम्बर-२ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार दीवसमान प्रधानाङ्गसहित नेपाली कांग्रेसको प्यानल नै बिजयी भएको छ । प्रधानाङ्ग आफ्ना निकटम प्रतिष्पर्धी नेकपा एमालेका दीपक शाहलाई २ सय ७८ मतले पछि पार्दै बिजयी भएका हुन् ।बिजयी प्रधानाङ्गले ९३९ मत प्राप्त गरेका छन् भने उनका निकटम प्रतिष्पर्धी दीपक शाहले ६६१ मत प्राप्त गरेका छन् ।खुल्ला सदस्यमा नेपाली कांग्रेसका गौतम बिछुक्छे र भीमकुमारी आले, महिला सदस्यमा गोमा सुवेदी र दलित महिला सदस्यमा सुनिता विश्वकर्मा बिजयी भएका छन् ।

Comments are closed.