हुम तमु
पोखरा महानगरपालिकाको विपद व्यवस्थापन कोषमा धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिले १५हजार १५ रुपैया सहयोग गरेको छ। समितिका कार्यवाहक सचिव पुर्ण लामा र सदस्य हुमबहादुर गुरुङले पोखरा महानगरका प्रमुख मानबहादुर जिसी र उपप्रमुख मञ्जुदेवि गुरुङलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको हो।
कोभिड १९ कोरोना महामारीबाट विश्व नै समस्यामा परेको बेला धर्मकाया बुद्धमण्डलाले संस्थागत सामाजिक उत्तरदायित्व महसुस गरी पोखरा महानगरको विपद कोषमा थोरै रकम भए पनि सहयोग गरेको धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिकी अध्यक्ष रुद्रकुमारी गुरुङ मैनाले बताउनुभयो।
पोखरा ११ काहुँडाडालाई पर्यटकीय एवम समृद्धिको केन्द्र बनाउने उद्धेश्यका साथ बिशाल बुद्धको मुर्तिसहित धर्मकाया बुद्ध मण्डला निर्माणका लागि क्रियाशील समितिका सदस्यहरुबाट संकलन गरी यस अघि प्रदेश सरकारलाई कोरोना नियन्त्रणका लागि १ लाख र वडा नं.११ लाई ५० हजार रुपैया सहयोग गरिसकेको छ।
Comments are closed.