पोखरा महोत्सवमा ठाडोभाका सर्जक भेडीखर्के साइला लाई सम्मान गरिने

पोखरा २६ पुस ।
सातौ पोखरा महोत्सवमा ठाडो भाकाका सर्जक भेडीखर्के साइला दीर्घराज अधिकारीलाई सम्मान गरिने भएको छ । युनाइटेड क्लवको आयोजनामा पुस २९ देखि माघ १० सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने सातौ संस्करणको पोखरा महोत्सवमा नेपाली लोक संस्कृतिमा योगदान पु¥याएको भन्दै लम्जुङ जिल्लामा प्रचलित ठाडो भाकाका सर्जक दीर्घराज अधिकारी भेडिखर्के साइलालाई सम्मान गर्ने भएको हो ।
महोत्सवको सातौ दिन माघ ६ गते बिहीबारको दिन अधिकारीले पोखरा महोत्सवमा ठाडोे भाका बाट दर्शकलाई मनोरन्जन प्रदान गर्ने र सोही अवसरमा अधिकारीको ठाडो भाका प्रति पु¥याएको योगदानलाई कदर गर्दै सम्मान गरिने क्लवका अध्यक्ष सुक बहादुर गुरुङले जानकारी दिए ।
त्यसैगरी महोत्सवमा एक खुट्टे नृत्य कलाकार निलम ढुंगानाको नृत्य प्रस्तुती रहने महोत्सवका कलाकार ब्यवस्थापन उपसमितीका संयोजक दिनेश सुनारले जानकारी दिए । त्यस्तै ह्वीलचियर डान्सर चेत प्रकाश अधिकारी र मञ्जु सापकोटाले पनि महोत्सवमा आफ्नो प्रस्तुतीबाट दर्शकलाई मनोरन्जन प्रदान गर्नेछन ।
महोत्सवमा राष्ट्रिय स्तरको ख्याती प्राप्त ब्याण्डहरुद्धारा लाइभ कन्सर्ट सविन राइ एण्ड द फारोह, लाहुरे, प्रयत्न एण्ड द ज्यामर्स, मन्त्र, नविन के भट्टराई एण्ड अत्रिप्त, टम्बलवीड आइ. एन. सी., जी एक्सोल, सी.ओ.डी., डी मोर्चा , सुगम पोख्रेल एण्ड द भीक्ट्री, द स्याडोज नेपाल र राजु लामा एण्ड मङगोलियन हर्ट र स्थानिय तर्फ द वेभ, प्राङगन, ड्रिमर्ज, मिस्टीकल गु्रभर्स, र आर के स्क्वायर (यु.के.)को प्रस्तुती रहने संयोजक सुनारले वताए ।
लोक दोहोरी तर्फ राष्ट्रियमा बद्री पंगेनी, प्रीती आले, देवी घर्ती मगर, पशुपति शर्मा, राधिका हमाल, राजन गुरुङ, रामजी खांड, कोमल ओली, विष्णु खत्री, भीमु गुरुङ र ज्योती मगर र स्थानिय तर्फ चोलेन्द्र पौडेल, प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, जीवन दाहाल लगायत अन्य कलाकारहरुको प्रस्तुती रहने छ । हास्य ब्यङग्य तर्फ चम्सुरी र दारी बा, कक्रोज र बले, नृत्यमा शंकर बिसी र पार्वती राइको प्रस्तुती र सांस्कृतिक नृत्य तर्फ प्राचीन नेपाल र डांफे मुनालको प्रस्तुती रहने छ ।

Comments are closed.