पोखरा महोत्सवलाई सफल बनाउन सुरक्षा निकायले आयोजक संग सहकार्य गर्ने


पोखरा २६ पुस ।
सातौ पोखरा महोत्सवलाई सुरक्षित ढंगले सफल बनाउन कास्कीका सवै सुरक्षा निकाय एकजुट भएर लाग्ने वताएका छन । पोखरा महोत्सव अन्य मेला महोत्सव भन्दा भिन्न उद्देश्यका साथ आयोजना गरिएको भएकाले यसलाई सुरक्षित रुपमा सफल बनाउन सम्पूर्ण पोखरेलीबासीको दायित्व रहेको समेत उनीहरुको भनाइ रहेको थियो ।
महोत्सवको सुरक्षा ब्यवस्था सम्बन्धी आयोजना गरेको सुरक्षा भेलामा सहभागी नेपाल आर्मी , शसस्त्र प्रहरी बल र जन पद प्रहरीका पदाधिकारीहरुले पोखरा महोत्सवलाई सुरक्षित तवरले सम्पन्न गराउने प्रतिवद्धता जनाएका हुन । भेलामा वोल्दै जिल्ला प्रशासन कार्यालयका प्रशासन अधिकृत अनिल कुमार शाहीले पोखरा महोत्सवलाई सफल वनाउन सवै पोखरेलीले साथ दिनुपर्ने र सुरक्षाको हिसावले कुनै कसुर बाकी नराख्ने वताए ।
त्यस्तै वडा प्रहरी कार्यालय रामबजारका प्रमुख प्रहरी निरीक्षक वेद प्रसाद जोशीले पोखरा महोत्सवलाई अघिल्लो वर्षजस्तै यो वर्षपनि जनपद प्रहरीले अन्य सुरक्षा निकाय र आयोजक संग समन्वय गरी सुरक्षित तवरले सम्पन्न गराउने प्रतिवद्धता ब्यक्त गरे । महोत्सवमा राख्ने सीसी क्यामेराले प्रहरीलाई निकै सहयोग पु¥याउने भएकाले सीसी क्यामेरा संग सहकार्य गरेर सुरक्षा ब्यवस्थालाई मजबुत बनाउने वताए ।

त्यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक विश्वराज अधिकारीले महोत्सवको समयमा ट्राफिक ब्यवस्थापनमा आयोजक संग मिलेर सहकार्य गर्ने वताए ।
त्यस्तै महोत्सव स्थलमा महोत्सव अवधिभर सिसी क्यामेराबाट समेत निगरानी गर्ने भएकाले भित्री सुरक्षामा आफुहरुले सुरक्षा निकाय संग सहकार्य गरी अगाडी वढ्ने बिद्युतिय सुरक्षा संयोजक रावत गोम्जा लामाले वताए । महोत्सव सुरक्षा ब्यवस्थापन संयोजक लोक बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वयंसेवक परिचालन उपसमिती संयोजक शिव थापा, चेकमेटका प्रोपाइटर बिरेन्द्र केसी लगायतले वोलेका थिएभने कार्यक्रमको सञ्चालन महोत्सव प्रचारप्रसार संयोजक राजु श्रेष्ठले गरेका थिए ।

Comments are closed.