पोखरा ०८ पुस/ पोखरा महोत्सवको पाचौं संस्करण यहि पुष अन्तिम साता सुरु हुँदैछ । शिक्षा, स्वास्थ्य खेलकुद र पोखरामा नयाँ पर्यटकीय गन्तव्य चिडियाखाना निर्माणको अवधारणा स्वरुप अगाडी बढेको युनाइटेड क्लव पोखराको आयोजनामा पुस ३० देखि माघ ८ गतेसम्म महोत्सव हुन लागेको हो ।
युवाको जाँगर राष्ट्र निर्माणको आधार भन्ने मूल नाराका साथ पोखराको अमरसिंह चौरमा महोत्सव आयोजना हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा क्लवका अध्यक्ष हिमालय बख्रेलले जानकारी दिए । उनले शिक्षा, स्वास्थ्य, खेलकुद र पोखरामा नयाँ पर्यटकीय गन्तव्य चिडियाखाना निर्माणको पहल गर्दै आइरहेको क्लवले यसवर्षपनि आफ्नो महोत्सवलाई निरन्तरता दिन लागेको बताए । पोखरा महोत्सवबाट प्रत्येक वर्ष शिक्षा, स्वास्थ्य, खेलकुद र चिडियाखाना निर्माणका लागि खर्च गर्दै आइरहेको र यस बर्षपनि महोत्सवबाट संकलित आम्दानी मध्ये शिक्षामा २० प्रतिशत, स्वास्थ्यमा, २०, खेलकुदमा २० र चिडियाखाना निर्माणका लागी २० प्रतिशत रकम छुट्याइने समेत अध्यक्षले जानकारी दिए ।
९ दिनसम्म सञ्चालन हुने महोत्सवको तयारी समेत तिव्र पारिएको छ । महोत्सवमा २ सय स्टल रहने आयोजकले जनाएको छ । महोत्सवमा औद्योगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामाग्रीको प्रदर्शनी एवं बिक्री, सुचना प्रविधीको प्रदर्शनी एवं जानकारी,ब्यवशायी संघ संस्थाहरुको सेवा वारेमा जानकारी, स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य वस्तुहरुको उचित मूल्यमा बिक्री वितरण, पर्यटन प्रवद्र्धनका सामाग्रीको प्रदर्शनी एवं जानकारी, पोखरा लगायत विभिन्न पर्यटकीय स्थलको होटलहरुको पूर्ण जानकारी, सामाजिक संघ सस्थाको पहिचान तथा जानकारी, पर्यटकीय गन्तब्यको जानकारी, विभिन्न जातजातीका सांस्कृतिक झांकी प्रतियोगिता रहने प्रचारप्रसार समितिका संयोजक लालकाजी गुरुङले जानकारी दिए ।
Comments are closed.