पोखरा, १ माघ
पोखरामा बुधबारदेखि ‘पाँचौ पोखरा महोत्सव’ शुरु भएको छ । पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ शुरु भएको महोत्सवको प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले उद्घाटन गरे ।
महोत्सव उद्घाटन गर्दै महानिरीक्षक अर्यालले नेपाल प्रहरीको मुख्य जिम्मेवारी शान्ति सुरक्षा कायम गराउनु रहेको बताउँदै शान्ति सुरक्षालाई प्रभावकारी बनाउन सबैको सहयोग आवश्यक रहने बताए । शान्ति सुरक्षा कायम गर्ने क्रममा कहिल्यै कसैसँग पनि सम्झौता नगर्ने उनले प्रतिबद्धता जनाए । अन्नपूर्ण संरक्षण क्षेत्र परियोजनाका जुद्ध गुरुङले संविधानमा चिडियाखाना सम्बन्धी प्रावधानलाई स्पष्ट गनए माग गरे । पर्यटनविद् झलक थापाले पोखरामा चिडियाखाना आवश्यक रहेको बताउँदै चिडियाखाना निर्माण गर्ने उद्देश्यले क्लवले महोत्सव आयोजना गर्नु सकारात्मक भएको बताए ।
एबिसी टेलिभिजनका प्रबन्ध निर्देशक शुभ शंकर कँडेलले युनाइटेड क्लव यहाँ चिडियाखाना निर्माण गर्ने उद्देश्य साथ अगाडी बढेको र यसले पोखराको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने बताए । क्लवका अध्यक्ष हिमालय बख्रेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा अमरसिंह नमुना उच्च माविका ब्यवस्थापन समितिका अध्यक्ष विश्व प्रकाश लामिछाने, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष बिन्दु कुमार थापा लगाययतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
पोखराको अमरसिंह चौरमा आयोजना भएको महोत्सव माघ ८ गतेसम्म जारी रहनेछ । महोत्सवबाट भएको आम्दानी विगतका वर्षहरुमा जस्तै सामाजिक क्षेत्रमा खर्च गरिने भएको छ । महोत्सवबाट संकलित आम्दानी मध्ये शिक्षा, स्वास्थ्य, खेलकुद र चिडियाखाना निर्माणका लागि २०÷२० प्रतिशत रकम छुट्याइने भएको छ । महोत्सवमा विभिन्न उत्पादनका करिव २ सय ओटा स्टल छन् । यसैबीच, महोत्सवको अवसरमा आयोजित ¥याली तथा झाँकीमा बाँझापाटन तमु समाज प्रथम, ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय पोखरा पार्दी दोश्रो, दैविक शक्ति केन्द्र तृतिय र नेवाः खल सुन्धारा तनहुँले सान्त्वना स्थान हासिल गरेको छ । महोत्सवमा बिहीबार लाइभ ब्याण्डमा रविन एण्ड न्यु रेभुलेसन, हास्य व्यङग्यमा मनोज गजुरेल, लोक दोहोरीतर्फ रमिला न्यौपाने, पुरुषोत्तम न्यौपाने, रामजी पौडेल लगायतका स्थानिय कलाकारको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।
Comments are closed.